शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

सर्वाधिक महङ्गो सेयर भएको यी पाँच कम्पनी

आइतबार, २२ वैशाख २०७६, १६ : २६
आइतबार, २२ वैशाख २०७६

सेयर बजारले पछिल्लो समय गति लिन थालेपनि आज भने अर्ब रुपैयाँभन्दा कमको सेयर कारोबार भएको छ । बजारमा ८० रुपैयाँ देखि २० हजार रुपैयाँ सम्मका सेयर खरिद बिक्री हुन्छन् ।

आइतबार सेयर कारोबार पछि बन्द भएको बजार र कायम रहेको सेयर मूल्यका आधारमा एक कित्ता सेयर किन्नै लागि २ हजार रुपैयाँँभन्दा बढी खर्चनुपर्ने कम्पनीका बारेका देखाउन खोजेका छौँ ।

युनिलिभर नेपालको सेयर सबैभन्दा महङ्गो छ । महङ्गो भएको कारण यसको सेयर कारोबार कम हुने गरेको छ ।

आइतबारकै बजारलाई आधार मान्ने हो भने १० कित्ता मात्र सेयर कारोबार भएको छ । नेपाल स्टक एक्सचेन्जमा सूचीकृत कम्पनीमध्ये युनिलिभर नेपालले आफ्नो चुक्ता पुँजीभन्दा धेरै कमाइ गरिरहेको छ । यसले लगानीकर्तालाई आकर्षक लाभांश पनि दिँदै आएको छ ।

यता राष्ट्रिय बीमा कम्पनीको  सेयर मूल्य पनि सर्वाधिक महङ्गो देखिएको छ ।

नेप्सेका अनुसार यसको सेयर प्रतिकित्ता ९ हजार ९ सय ५९ रुपैयाँ छ । राष्ट्रिय बीमा कमपनीको संस्थापक सेयरको मूल्य भने ८ हजार ६ सय ८० रुपैयाँ रहेको छ ।  यसको पछिल्लो कारोबारमा ३२० कित्ता सेयर कारोबार भएको छ । बोटलर्स नेपाल, सिटिजन्स इन्भेष्टमेन्ट ट्रष्ट र सामुदायिक लघुवित्तको सेयर पनि महंगो मूल्यमा कारोबार हुने गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एलिजा उप्रेती
एलिजा उप्रेती

एलिजा उप्रेती राताेपाटीका लागि आर्थिक बिटमा रिपोर्टिङ गर्छिन् । 

लेखकबाट थप