सैनिक उत्कृष्ट दृश्य हेर्न चाहन्थे, ज्वालामुखीको ७० फिट गहिरो खाल्डोमा खसे
एक ३२ वर्षका सैनिक ज्वालामुखीको उत्कृष्ट दृश्य हेर्ने चक्करमा ७० फिट गहिरो खाल्डोमा खसेका छन् । बुधबार भएको यो घटना हवाईको किलोइआ भोल्क्यानोको हो । अधिकारीका अनुसार उनी उत्कृष्ट दृश्य हेर्नका लागि रेलिङमा चढेका थिए । सैनिक नराम्रोसँग घाइते भए तर उनलाई ७० फिट गहिरो खाल्डोबाट निकालिएको छ ।
सैनिकको नाम सार्वजनिक गरिएको छैन तर उनी ओहूको स्कोफिल्ड बराक्सको बासिन्दा बताइएको छ । उनी हवाई आइल्याण्डमा एक अभ्यासमा भाग लिइरहेका थिए । स्थानीय अधिकारीका अनुसार घटना करिब साढे ६ बजेको हो ।
एक प्रत्यक्षदर्शीले अधिकारीलाई यसबारे जानकारी दिएपछि जवानको उद्दार कार्य तत्काल सुरु गरिएको थियो । सैनिकलाई उक्त खाल्डोबाट राती ९ बजेर ४० मिनेट जाँदा निकालिएको जानकारी दिइएको छ । ती व्यक्तिलाई खाल्डोबाट निकालेपछि हवाई यात्रा गराएर हिलो मेडिकल सेन्टर पुर्याइयो ।
हवाई भोल्क्यानोज नेशनल पार्कका प्रमुख रेन्जर जोन ब्रोवार्डले एक वक्तव्य जारी गरेका छन् ।
यसमा उनले भनेका छन्, ‘पर्यटकहरुले कहिले पनि सुरक्षाका लागि बनाइएका बार पार गर्ने कोसिस गर्नुहुँदैन । यस्तो गर्नु खतरनाक हुनसक्छ र मानिसको मृत्यु पनि हुनसक्छ । ’
किलोइआ भोल्क्यानो अहिले बिस्फोट भइरहेको छैन तर यो एक सक्रिय ज्वालामुखी हो । यो ज्वालामुखीले एक वर्षअघि करिब सात सय घर विनास गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एकीकृत समाजवादीको राष्ट्रिय महाधिवेशन सर्यो
-
इलाममा सुहाङलाई भोट माग्दै ओलीले भने– जिताउनुस्, विकासको जिम्मा म लिन्छु
-
इलाम र बझाङमा कसरी गर्दैछ निर्वाचन आयोगले आचारसंहिता अनुगमन ?
-
जीबी राईलाई सुपुर्दगी गर्न मलेसियन सरकारलाई कूटनीतिक पत्र
-
अमेरिकी जहाज निर्माण अनुसन्धान ‘झुटो आरोपले भरिएको छ’– चीन
-
दोलखामा पूर्वसुरक्षाकर्मी परिषद् बिस्तार अभियान