महाकालीमा डुबेर सहायक लेखापाल बेपत्ता
शनिबार, २१ वैशाख २०७६, २२ : ४६
डडेल्धुरा–डडेल्धुरा भागेश्वर गाउँपालिकाका सहायक लेखापाल डम्बर पाल महाकाली नदीमा नुहाउने क्रममा डुबेर आज बेपत्ता भएका छन् ।
गाउँपालिका जनप्रतिनिधि र कर्मचारी भागेश्वर गाउँपालिका–१ रुपालस्थित महाकाली नदी किनारमा वनभोज खान गएका समयमा महाकाली नदीमा नुहाउने क्रममा सहायक लेखापाल पाल बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायब उपरीक्षक डम्बर केसीले बताए ।
बेपत्ता भएका लेखापालको खोजी भइरहेको प्रहरीले बताएको छ । गाउँपालिका जनप्रतिनिधिसहितका कर्मचारी वनभोज खान महाकाली नदी किनारमा गएका थिए । आज दिउँसो कीरब ३ बजेतिर सहायक लेखापाल पाल बेपत्ता भएका वनभोज खान महाकाली पुगेका कर्मचारीको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिल्पी थिएटरमा आजबाट नाटक ‘ए आई’
-
कहिलेदेखि पाइन्छ धरहरा चढ्न ? थपिँदै विवादमाथि विवाद
-
कोरला नाकामा नेपाल र चीनका प्रहरीले गरे पैदल गस्ती (तस्बिरमा हेर्नुहोस्)
-
१० वर्ष कैद तोकिएका फरार प्रतिवादी पक्राउ
-
७.३ प्रतिशत आर्थिक विकासको लक्ष्य पूरा हुँदैन: प्रकाशशरण महत
-
प्रचण्डविरुद्ध खनिए बाबुराम–'चुनाव क्षेत्र छोडेर निस्वार्थ सहयोग गरेँ,अहिले मविरुद्ध अशोभनीय हर्कत गर्दै छन्'