बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

६ करोड रुपैयाँ लागतमा अत्याधुनिक विद्यालय भवन निर्माण

शनिबार, २१ वैशाख २०७६, १५ : ०८
शनिबार, २१ वैशाख २०७६

काठमाडौं–आईएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले बागलुङमा करीब ६ करोडको लागतमा विद्यालय भवन निर्माण गरेका छन् । 

आफ्ना बुबा स्वर्गीय समाजसेवी हिरण्यप्रसाद ढकालको स्मृतिमा चन्द्र ढकाल र हेमराज ढकालले बाग्लुङ नगरपालिका वडा नम्बर १२ अमलाचौरमा रहेको पृथ्वी हिरण्य माध्यमिक विद्यालयको अत्याधुनिक भवन निर्माण गरेका हुन् । 

विद्यालय भवनको हस्तान्तरण सोमबार एक कार्यक्रमका बीच राष्ट्रपति विद्यादेवी भण्डारीले गर्ने तय भएको छ । 

सोही विद्यालयका पूर्वविद्यार्थीहरुको सकृयतामा स्थापना गरिएको मल्टिमिडिया सेन्टरको उद्धघाटन गर्ने कार्यक्रम पनि तय भएको  विद्यालयले जनाएको छ ।

कार्यक्रममा राष्ट्रिय सभामा सत्तारुढ दलका नेता दिनानाथ शर्मा, सांसदद्धय डा सूर्य पाठक र देवेन्द्र पौडेल लगायत पनि सहभागि हुने बताइएको छ । 
सांसद डा  पाठकका अनुसार राष्ट्रपति भण्डारीले सोही दिन अमलाचौरस्थित भैरव मन्दिरको  दर्शन गर्ने कार्यक्रम रहेको छ । 

यसैबीच अमलाचौर स्कुल अलुमनाईका अध्यक्ष डा हेमराज शर्माले पूर्वविद्यार्थी तथा गैरआवासीय नेपालीहरुबाट संकलित ५० लाख रुपैयाँको अक्षयकोषको चेक राष्ट्रिपति भण्डारीको उपस्थितिमा विद्यालयलाई हस्तान्तरण गरिने कार्यक्रम रहेको जानकारी दिए । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप