शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

कविता : जिजीविषामा विरोधाभास

शनिबार, २१ वैशाख २०७६, ११ : ३६
शनिबार, २१ वैशाख २०७६

-साकारबाबु सुवेदी

घाम झुल्किन्छ, रापिन्छ 
अनि अस्ताउँछ
घाम व्यस्त छ
मन अझ व्यस्त छ
अर्थ केवल चितामा रापिएझैँ
घाम मनमा रापिन्छ
समिधा विस्तारै सल्किएझैँ 
मनमा डढेलो लाग्छ
घाम कहिल्यै मर्दैन, मन कहिल्यै मर्दैन 
शवभित्रको आत्मा विस्तारै उडेझैँ
घाम मनबाट अस्ताउँछ
अनि घामसँग के विरोधाभास ?
मन स्थायित्व कायम गर्दैन
समिधाको कोइला पानीमा बगैझैँ
मन घामबाट पलायन हुन्छ ।
अनि के द्वन्द्व ? के सहानुभूति ?
मन घामलाई स्पर्श कहिल्यै गर्दैन
घाम कहिल्यै मर्दैन
मन कहिल्यै मर्दैन ।
घाम त केवल झुिल्कन्छ, 
रापिन्छ,
अनि अस्ताउँछ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप