शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

गजलः छेकिन्न घाम हत्केलाले छेकेर

शनिबार, २१ वैशाख २०७६, ११ : ३२
शनिबार, २१ वैशाख २०७६

भुवन रोका ‘मित्रजी’

जसरी छेकिन्न घाम हत्केलाले छेकेर
छेकिन्न त्यो बदनाम हत्केलाले छेकेर 

दरबार छिरेका ती सर्वहारा नेताले
कसैले देख्दैनन् अछाम हत्केलाले छेकेर 

ऊ समाजसेवी भयो ठूलै सम्मान पायो 
विगतको ठगी काम हत्केलाले छेकेर 

भ्रष्टमुक्त भयो देश सरकार भन्दैछ 
भ्रष्टचारीको त्यो लाम हत्केलाले छेकेर

आँगनको जमिन नै लगे लुट्नेहरुले
देशै लुटे खुलेआम हत्केलाले छेकेर ।

खोटाङ, नेपाल
हाल : टोकियो, जापान
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप