शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

स्पेसल व्यक्ति रोज्ने बेला बल्ल भयो– अभिनेत्री सुरजनी

शुक्रबार, २० वैशाख २०७६, १५ : ४३
शुक्रबार, २० वैशाख २०७६

काठमाडौँ– फिल्म ‘पसिना’की हिरोइन् हुन्–सुरजनी केसी । २७ गते शुक्रबारबाट प्रदर्शनमा आउने यो फिल्म उनको चौथो फिल्म हो । फिल्म ‘पसिना’को प्रदर्शन मिति नजिकिँदै गर्दा उनी पनि चर्चामा छाउन थालेकी छन् ।

फिल्मको प्रचार प्रसारले अहिले उनलाई असार पन्ध्र्र लागेको छ । ‘पसिना’ आफ्नो महत्त्वाकाङ्क्षी फिल्म भएको उनले बताइन् । आरबी खत्री ‘शरद’ निर्देशित फिल्ममा अनु शाह र गौरव पहाडीको पनि मुख्य भूमिका रहेको छ ।

यी दुवै कलाकारले प्रचारमा साथ नदिँदा उनलाई चटारो परेको हो । यसमा उनी खुसी पनि छिन् । किनभने सबैतिर मिडियामा छाउने अवसर जो मिलेको छ ।

‘सपना तिम्रो मेरो’, ‘सुन्तलीलाई भगाई लग्यो झिल्केले’ जस्ता फिल्ममा लभर गर्लको भूमिका निर्वाह गरेकी थिइन् । शान्ता ढकालको निर्माण रहेको ‘पसिना’मा साधारण युवतीको भूमिका निर्वाह गरेकी केसी रियल लाइफमा भने हट एन्ड बोल्ड भएर हिँड्न रुचाउँछिन् । यी नै अभिनेत्री सुरजनीसँग रातोपाटीको दस प्रश्न :

‘पसिना’ रिलिज हुँदैछ, खुसी त पक्कै लागेको होला ?

– यस अगाडिका तीन फिल्मभन्दा ‘पसिना’मा मेरो फरक भूमिका छ । पहिलो फिल्म अभिनय गर्दा म टेलिभिजन प्रस्तोता (भीजे) थिएँ । त्यति बेला खासै अभिनय गरेको फिल भएन । त्यसपछिका दुई फिल्ममा मैले प्रेमिकाको भूमिका निर्वाह गरे । यी तीन फिल्मभन्दा पसिनमा केही भिन्न कमेडी गरेर हसाउने भूमिका निर्वाह गरेकी छु । अहिलेसम्मकै फरक भूमिका भएकाले फिल्मको रिलिजलाई लिएर एक्साइटेड छु ।

हट एन्ड बोल्ड नायिकाको रूपमा चर्चा छ नि ?

–यो मिडिया तथा दर्शकले दिएको ट्याग हो । उहाँहरुले मलाई हट एन्ड बोल्ड देख्नुभयो होला । यो चर्चाबाट म खुसी छु ।

आफ्नो सौन्दर्यमा कति ध्यान दिनुहुन्छ ?

– आफ्नो सौन्दर्यमा त ध्यान त दिनुपर्छ नि । छालाको सुरक्षा गर्नुपर्छ । कार्यक्रम तथा पार्टी परेको समय विशेष मेकअप गर्छु । अन्य समय सन्ब्लक, मस्कराइजर, मस्कारा र लिपस्टिक जस्ता नर्मले मेकअप लगाउँछु ।

फिट्नेस गर्ने गरेको छ, छैन ?

– पहिले फिट्नेस गर्थें । केही समय भयो गरेको छैन । कामले गर्दा समय दिन नपाएको हो । त्यसैले अहिले मोटाएकी छु । पहिले एक घण्टा जुम्बा, एक घण्टा जिम गर्थंे । अहिले गर्मी लागेपछि पौडी खेल्न थालेकी छु । केही समयपछि जिम पनि जान्छु ।

फेसनतिर रुचि त पक्कै होला ?

– रुचि छ । हाइट कम भएकाले छोटो लुगा बढी लगाउँछु । फ्रक, वानपिस, स्कर्ट खालका ड्रेस मनपर्छ । यस्ता खालका पहिरनमा नै म हट एन्ड बोल्ड देखिन्छु ।

मन पर्ने सवारी साधन ?

– काठमाडौँमा सवारीको चाप धेरै छ । त्यसैले सही ठाउँमा भनेकै समयमा पुग्न सकिने स्कुटी र मोटरसाइकलले नै हो । मेरो मनपर्ने सवारी साधन पनि यही हो ।

कस्ती केटी ?

– म सिम्पल छु । सबैको ख्याल गर्न सक्छु । साथी बनाउनुपर्यो भने मनबाटै बनाउँछु । सबैसँग बोल्न, हाँस्न सजिलै सक्छु । एक पटक भेटेको मानिससँग घुलमिल गर्न गाह्रो पर्दैन । म फ्रेन्ड्ली छु ।

प्रेम ?

–कामसँग, साथीभाइसँग, आफन्तसँग प्रेम छ । स्पेसल व्यक्ति अहिलेसम्म कोही छैन । भर्खर उमेर भएको छ । स्पेसल व्यक्ति रोज्ने बेला बल्ल भयो । प्रेमका आफर त धेरै पहिलेदेखि आइरहेका छन् । त्यसका लागि भर्खर बुझ्न थालेको छु ।

मनपर्ने केटा ?

–हेर्दा राम्रो, समझदार, आफ्नो ख्याल गर्ने, धेरै माया गर्ने यही नै हो ।

रोजेको व्यक्तिसँग डेटको अफर दियो भने ?

– हलिउड हिरो लियोनार्दाे डिक्याप्रियोसँग जान चाहन्छु । मेरो मनपर्ने हिरो हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप