सदरमुकामकै बासिन्दा दूषित पानी पिउन बाध्य
डडेल्धुरा - डडेल्धुरा जिल्ला सदरमुकामका बासिन्दा दूषित पानी पिउन बाध्य भएका छन् ।
जिल्ला सदरमुकामस्थित सडक छेउमा गाडिएका खानेपानीका नाला उप्काइएसँगै सदरमुकाम क्षेत्रका बासिन्दा दूषित पानी पिउन बाध्य भएका हुन् । शाखा सडक छेउका नालीलाई व्यवस्थित पार्न नाली खोलिएपछि बजार क्षेत्रका प्रायः घरमा धमिलो पानी गइरहेको स्थानीयको गुनासो छ । खानेपानीका शाखा लाइनका पाइप व्यवस्थित नहुनाले पनि सर्वसाधारण दूषित फोहर पानी पिउन बाध्य बनेको स्थानीय उपभोक्ताको भनाइ रहेको छ ।
भाँडामा भरेको पानीको पिँधमा केही समयमा नै कालोमाटो र फोहर वस्तु थिग्रने गरेको थोफानडाँडा बस्दै आएको किशोर अवस्थीले बताउनुभयो । सडक छेउमा रहेको नालीमा गाडिएका पाइप फुटेपछि खानेपानीका लाइनमा सडक छेउको भल बगेर जान थालेको हो ।
वर्षौंदेखि अस्तव्यस्त रुपमा रहेका नालीलाई बर्खायाममा व्यवस्थित बनाउन अमरगढी नगरपालिका कार्यालयले पहल चाले पनि त्यसको खानेपानीमा असर पुगेको छ । नालीलाई व्यवस्थित बनाउन अमरसिंह राजमार्ग, प्रशासन सडक, शिक्षा सडकलगायतका क्षेत्रमा कार्य थालनी गरिएको हो ।
तर तिनै छेउमा रहेका अधिकांश होटल र घरपरिवारका खानेपानीका पाइप लाइनबाट दूषित पानी गइरहेको हो । अमरगढी नगरपालिकाले थालेको नाली खोल्ने काम सराहनीय भए पनि खलङ्गा खानेपानी उपभोक्ता समितिको लापर्बाहीले भने यस्तो समस्या आएको उपभोक्ताको गुनासो छ ।
बर्खायामको समय भएकाले ठाउँठाउँमा फुटेका खानेपानीका पाइप लाइनलाई सक्दो चाँडो व्यवस्थित बनाउन उपभोक्ताको माग रहेको छ । अधिकांश घरमा दूषित पानी गए पनि कतिपय घरमा खानेपानी नै नजाने समस्या रहेको छ ।
साथै खानेपानी समस्या समाधानका लागि सरोकारवालालाई आग्रहसमेत गरिएको छ । दूषित पानीका कारण स्वास्थ्यमा समस्या आउनसक्ने खतरातर्फ सबैले सचेत रहन स्वास्थ्यकर्मीले जानकारी गराएका छन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजा चार्ल्सले अर्को सातादेखि सार्वजनिक जिम्मेवारी निभाउन सुरु गर्ने
-
जसपाको केन्द्रीय कार्यकारिणी समिति बैठक बस्दै
-
बझाङ उपनिर्वाचन : कांग्रेस उम्मेदवार सिंहले गरे मतदान
-
राप्रपा नेतामाथि कुटपिट आरोपमा पक्राउ परेका बम रिहा
-
उपनिर्वाचन : इलाम–२ का चार उम्मेदवारले गरे मतदान
-
देशमा लगानीको वातावरण बन्दै गएको छ : अध्यक्ष अग्रवाल