शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

चीनबाट फर्किएलगत्तै किन बोलाए पराराष्ट्रमन्त्रीले एकाएक पत्रकार सम्मेलन ?

बिहीबार, १९ वैशाख २०७६, १४ : ३३
बिहीबार, १९ वैशाख २०७६

काठमाडौँ– परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली अन्तर्राष्ट्रिय सहयोगका लागि दोस्रो क्षेत्र तथा मार्ग मञ्चमा भाग लिई तथा तिब्बत स्वायत्त क्षेत्रको भ्रमण गरी आज स्वदेश फर्किएका  छन् ।  उनलाई ल्हासाको गोङ्गर विमानस्थलमा त्यहाँका उपमहासचिव छी दाङ हुले विदाइ गरे । 

परराष्ट्रमन्त्री ज्ञवालीले राष्ट्रपति विद्यादेवी भण्डारीले चिनियाँ समकक्षी सी चिनफिङको निमन्त्रणमा गर्नु भएको चीनको राजकीय भ्रमण समग्रमा ऐतिहासिक, निकै सफल र फलदायी तथा सार्थक भएको बताए । उनले दुई मुलुकबीचको प्रगाढ सम्बन्धलाई दुई पक्षीय वार्ताका क्रममा उठाइएका विषय, त्यसमा भएका छलफल, सहमति र सम्झौताले अझै मजबुत बनाउने बताए । 

उनले चीनसँग बहुपक्षीय छलफलमा नेपाली सरोकारका विषय समेटिएको र त्यसले आगामी दिनमा नेपालका विकास कार्य अझै अगाडि बढाउन सहयोग पुग्ने आफूले ठानेको बताए । 

परराष्ट्रमन्त्री ज्ञवालीका साथमा ३ नं प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल, सङ्घीय संसद्का सदस्य, नेपाल सरकारका उच्च अधिकारी, चीनका लागि नेपाली राजदूत लीलामणि पौडेल, नेपालका लागि चीनका राजदूत होउ याङची र सञ्चारकर्मी रहेका थिए ।

यसैबीच मन्त्री ज्ञवालीले बिहीबारै पत्रकार सम्मेलन बोलाएका छन् । परराष्ट्र मन्त्रालयमा बोलाइएको सो पत्रकार सम्मेलनमा राष्ट्रपतिको चीन भ्रमणको समीक्षा, दुई पक्षीय समझदारी, प्रधानमन्त्रीको आसन्न भियतना र कम्बोडिया भ्रमण लगायतका विषयमा जानकारी दिने बताइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप