शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

टाटा ‘नेक्सन : १ वर्षमा १ हजार बिक्री

कम्पनीको दाबी : आमाको काखजस्तै सुरक्षित छ ‘नेक्सन’
बिहीबार, १९ वैशाख २०७६, १२ : १६
बिहीबार, १९ वैशाख २०७६

कार आज सबैको आवश्यकता बनेको छ । नेपाली बजारमा कारको माग ह्वात्तै बढ्दै गएसँगै कार निर्माता कम्पनीहरूले नेपालमा विभिन्न मोडल र भेरियन्टमा कारहरू भित्र्याइरहेका छन् ।

नेपालका सडक सुहाउँदो र नेपालीले अफोर्ड गर्न सक्ने कारहरूको मागलाई मध्यनजर गरेर अटो कम्पनीहरूले कारहरू भित्र्याइरहेका छन् । नेपाल जस्तो मुलुक जहाँ दिनहुँ सडक दुर्घटना भइरहन्छ, यस्तोमा सुरक्षित कार प्रमुख चुनौतीको रूपमा खडा भएको छ ।

नेपालमा ९० प्रतिशतको हाराहारीमा भारतमा निर्मित कारको खपत हुने गरेको छ । सामान्यत नेपालमा कार चढ्नेहरूले पनि कारको खरिद मूल्य, रिसेल भ्यालु र इन्सुरेन्सलगायतका विषयमा धेरै चासो राख्ने गरेको पाइन्छ । तर कारको अन्य पक्ष जस्तोः सुरक्षाका विभिन्न पक्षहरू, आरामदायी छ कि छैन अनि कतिको भरपर्दो र किफायती छ भन्ने बारे भने त्यति चासो दिएको पाइँदैन ।

गाडीको सुरक्षाको पक्षभन्दा पनि मोडेल र अफरलाई मात्रै बढी प्राथमिकता दिनेभन्दा पनि गाडीको सुरक्षालगायतको पक्ष सबैभन्दा महत्त्वपूर्ण हो भन्नेबारे आम नागरिक सचेत हुनु जरुरी छ ।

बढ्दो सडक दुर्घटनाको पछाडिको कारण सवारी साधन पनि एक हो । त्यसैले पनि कम्पनीहरूले यात्रुको सुरक्षामा ध्यान दिन थालेका छन् । बजारमा प्रतिस्पर्धा बढेसँगै कार निर्माता कम्पनीहरूले यात्रु सुरक्षाका पक्षमा ध्यान दिन थालेका हुन् ।

नेपालमा उपलब्ध धेरैजसो गाडीहरू सुरक्षाका दृष्टिले सफल छैनन् भन्ने दिनहुँजसो हुने दुर्घटना र यसले निम्त्याएको परिणामबाट नै प्रष्ट छ ।

तर नेपालमा अटोमोबाइलको क्षेत्रमा लामो समयदेखि राज गर्दै आएको भारतीय अटोमोबाइल कम्पनी टाटाले सुरक्षालाई मध्य नगर गरेर कारहरू उत्पादन गर्न थालेको छ ।

हुन त विभिन्न कार निर्माता कम्पनीहरूले सुरक्षा फिचर्सहरू देखाउँदै कारहरू बिक्री गरे पनि त्यसले सुरक्षाको उच्चतम मापदण्ड पार गरेको देखिँदैन । तर नेपालमा राम्रो बजार लिएको टाटा ‘नेक्सन’ले भने ‘ग्लोबल एनक्याप’को क्र्यास टेस्टमा ‘फाइभ स्टार’ रेटिङ नै पाउन सफल भएको छ ।

‘नेक्सन’लाई क्र्यास टेस्टमा ‘फाइभ स्टार’

‘नेक्सन’ले सुरुवाती चरणदेखि नै सुरक्षामा विशेष ध्यान दिँदै आएको पाइन्छ । चौथो संस्करणसम्म आउँदा नेक्सनले सुरक्षाको दृष्टिकोणबाट पाउनुपर्ने सबैभन्दा उत्कृष्ट ‘फाइभ स्टार’ नै पाउन सफल भयो । भारतीय गाडीमा ‘फाइभ स्टार’ रेटिङ पाउने ‘नेक्सन’ पहिलो गाडी हो ।

अन्तर्राष्ट्रिय स्तरको ‘ग्लोबल एनक्याप’ (ग्लोबल न्यू कार असेसमेन्ट प्रोग्राम) जसले भारतमा कारको सुरक्षा मापन गर्ने काम गर्छ र सुरक्षाको दृष्टिकोणबाटै रेटिङ दिने गर्छ ।

एनक्यापले टाटाको ‘नेक्सन’लाई क्र्यास टेस्टमा ‘फाइभ स्टार’ रेटिङ दिएको छ । यसको अर्थ हो नेक्सन सुरक्षाको दृष्टिकोणले उत्कृष्ट कार हो । ग्लोबल एनक्यापको र्याङ्किङमा ‘फाइभ स्टार’ सबैभन्दा उत्कृष्ट मानिन्छ । कारको क्र्यास टेस्टमा ‘फाइभ स्टार’ पाएसँगै टाटाले आफ्नो सुरक्षा क्षमता प्रमाणित गरेको छ ।

टाटा नेक्सनमा डुअल एयरब्याग, आईएसओफिक्स र कर्नर स्टेबिलिटी कन्ट्रोलको स्टान्डर्ड फिचर्स छ ।

नेक्सनको अर्को महत्त्वपूर्ण एबीएस (एन्टी लक ब्रेकिङ सिस्टम) हो । जसले गाडीलाई स्लिप हुनबाट जोगाउँछ । यात्रा गर्दा अगाडि र पछाडि बस्ने सबैको सुरक्षा पक्षमा ध्यान दिएर गाडीको बडी डिजाइन गरिएकाले पनि यसलाई फेमिली कारका रूपमा लिइएको छ ।

सिप्रदी ट्रेडिङले ‘नेक्सन’ कार आमाको काख जतिकै सुरक्षित र भरपर्दो छ भनी प्रचार गर्दै आएको छ । यसको पछाडिको कारण हो कारको बलियो सुरक्षा फिचर्स ।

चलाउन सजिलो, अफरोड यात्राका लागि पनि गाडी उत्कृष्ट मानिएको छ । फुल फेज एसयूभीमा हुने २०९ एमएमको ग्राउन्ड क्लेयरेन्स नेक्सनमा छ । उत्कृष्ट ग्राउन्ड क्लेयरेन्स र क्षमताका कारण यो गाडी नेपाली बाटोका लागि जस्तोः खाल्डो तथा स्पिड ब्रेकरहरूमा पनि सजिलै पार गर्न सक्ने खालको छ ।

यात्रको आत्मविश्वास बढाउन ‘नेक्सन’ले गाडीमा रेयर पार्किङ सेन्सरसहितको विशेष सुविधायुक्त क्यामेरा पनि राखेको छ ।

१ वर्षमा १ हजार यूनिट बिक्री

२०१८ को फेब्रुअरीमा नेपाली बजारमा भित्रिएको टाटा ‘नेक्सन’ले अटोको दुनियाँमा इतिहास रचेको छ । ‘नेक्सन’ नेपाली बजारमा भित्रिएको १ वर्षको अवधिमा १ हजारभन्दा बढी बिक्री भइसकेको छ ।

टाटा मोटर्सका लागि नेपालको आधिकारिक बिक्रेता सिप्रदी अटो ट्रडिङले १ वर्षको अवधिमा  १ हजारभन्दा बढी ‘नेक्सन’ कार बेचेको हो ।

स्पोर्टस् युटिलिटी भेइकल (एसयूभी) सेगमेन्टको टाटा ‘नेक्सन’ ग्राहकले रुचाउनुको पछाडिको मुख्य कारण हो सुरक्षा । बजारमा प्रतिस्पर्धी मूल्यमा आएको ‘नेक्सन’ टाटाको प्रभावशाली डिजाइनमा आधारित चौथो उत्पादन पनि हो ।

‘नेक्सनको एक्सई सुरुवाती कार हो । त्यसपछि एक्सएम, एक्सटी र एक्स टु प्लस मोडल हुँदै नेक्सनसम्म आइपग्दा यसको लोकप्रियता बढेको छ ।

सेफ्टी फिचर्सकै कारण टाटा ‘नेक्सन’को माग दिनप्रतिदिन बढ्दै गएको छ । २०१८ फेब्रुअरीमा नेपाल भित्रिएसँगै डिसेम्बरसम्म ४ हजार ३ सय ९३ युनिट बिक्री भएको टाटा नेक्सन जनवरी २०१९ मा ५ हजार ९५ युनिट बिक्री भएको थियो ।

एक वर्षको अवधिसम्म आउँदा सिप्रदी ट्रेडिङले १ हजार युनिटभन्दा धेरै टाटा ‘नेक्सन’ बिक्री गरिसकेको छ ।

अन्य फिचर्स

टाटा नेक्सनलाई मन पराउनुको पछाडिको अर्को कारण हो, यसको उत्कृष्ट डिजाइन । कर्भ डिजाइन अनि उत्कृष्ट स्टाइलसहित स्मार्ट फिचर्सले नेक्सन कम्प्याक्ट युटिलिटी भेइकलमा नयाँ आयाम ल्याएको छ ।

गाडीको फ्रन्ट र रेयर सिटमा पर्याप्त ठाउँ छ । ड्राइभर सिटको उचाइ व्यवस्थापन, अटोमेटिक क्लाइमेट कन्ट्रोल लगायत भित्री डिजाइनमा पनि विशेष ध्यान दिएको छ ।

ड्राइभिङमा सहजता थप्न नेक्सनमा विभिन्न मोडको विकल्प दिइएको छ । इको, सिटी र स्पोर्ट मोडमा गाडी चलाउन सकिनेछ भने सस्पेन्सन सिस्टम नेपाली बाटोका लागि उपयुक्त मानिएको छ ।

फ्रन्ट सिट बेल्ट, रेयर डेफोगर, रेयर एन्ड फ्रन्ट फग ल्याम्प जस्ता फिचर्स नेक्सनमा छन् । त्यसैगरी, किलेस इन्ट्रीको सुविधा पनि छ । एबीएस विद ईबीडीलगायतका फिचर्सले टाटा नेस्सनलाई अझ उत्कृष्ट बनाएको छ ।

टाटा ‘नेक्सन’ ७ वटा भेरियन्टमा उपलब्ध छ । जसमा डिजेल पेट्रोलमा म्यानुअल र एएमडी (अटोमेटिक म्यानुअल ट्रान्समिसन)मा उपलब्ध छ । ‘नेक्सन’ भर्मोन्ट रेड, मोरोक्कान ब्लु, सिटल सिल्भर, ग्लासगो ग्रे र कलगरी ह्वाइटमा उपलब्ध छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

टुना भट्ट
टुना भट्ट

टुना भट्ट रातोपाटी अनलाइन टिभीकी  संयोजक तथा समाचार प्रस्तोता हुन् ।

लेखकबाट थप