शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सान्जेन र रसुवागढीको सेयर आज बाँडफाँट

बिहीबार, १९ वैशाख २०७६, ११ : २०
बिहीबार, १९ वैशाख २०७६

काठमाडौं–सान्जेन र रसुवागढी हाइड्रोपावरको आइपिओ बिहीबार बाँडफाँट हुँदैछ । 

आइपिओ उर्जा मन्त्रालयको सभाहलमा दिउँसो ३ बजे उर्जामन्त्री वर्षमान पुनको उपस्थितीमा हुनेछ । सान्जेन जलविद्युत कम्पनीले कुल ५४ लाख  ७५ हजार कित्ता आइपिओ निष्काशन गरेको हो । कम्पनीका कर्मचारी र मयुचुअल फण्डलाई छुट्याएर सर्वसाधारणको लागि भने ४९ लाख ८२ हजार २ सय ५०  कित्ता आइपिओ निष्काशन गरेको हो । सान्जेनमा ३ लाख ४ हजार जनाले १ करोड ४१ लाख कित्ताका लागि आवेदन दिएका छन् । 

यता रसुवागढीको आइपिओमा १ करोड ७१ लाख ३१ हजार ५१० कित्ताका लागि आवेदन परेको छ । यसले कुल १ करोड २ लाख ६३ हजार १५० कित्ता सेयर निष्काशन गरेकोमा कम्पनीका कर्मचारी र म्युचुअल फण्डलाई छुट्याएर बाँकी रहेको ९३ लाख ३९ हजार ४६७ कित्ता सेयर सर्वसाधारणका लागि बिक्रि गरिएको हो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप