शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

मे दिवसको अवसरमा ‘पसिना’को र्‍याली

बिहीबार, १९ वैशाख २०७६, ०९ : २८
बिहीबार, १९ वैशाख २०७६

काठमाडौं – २७ गते शुक्रबारबाट प्रदर्शनमा आउने फिल्म ‘पसिना’ले मजदुर दिवसको अवसर पारेर र्याली निकालेको छ । मजदुरको कथामा बनेको फिल्म बनेको भएकोले यो दिवसमा फिल्म युनिटले र्याली निकालेको हो । 

उपत्यकाको बिभिन्न स्थानमा घुमेको र्याली माइतीघर मण्डलामा पुगेर सम्पन्न भएको थियो । र्यालीमा फिल्मका कलाकार निर्माता निर्देशकसँगै सर्वसाधारणको पनि उपस्थिति रहेको थियो । र्यालीमा मजदुरको आवाज बुलन्द पारिएको थियो । 

फिल्म आर बि खत्री ‘शरद’ले निर्देशन गरेका हुन् । ‘जबसम्म मजदुरको आवाज बुलन्द हुँदैन । उनीहरुको समस्या समाधान हुँदैन । तबसम्म देश सबृद्ध बन्न सक्दैन’ निर्देशक खत्रीले भने ‘गरौ सत्कर्म, बगाउ पसिना’ भन्ने नारा बोकेको फिल्ममा गौरव पहारी, अनु शाह, सरोज खनाल, सरोज अर्याल, रवि गिरी, धुर्ब कोइराला, शारदा गिरी, सुरजनी केसी लगायतका कलाकारको मुख्य भूमिका रहेको छ । 

फिल्मको प्रदर्शन मिति नजिकिदै गर्दा मुख्य कलाकार गौरव र अनुले प्रचारमा साथ नदिएको आरोप निर्माता शान्ता ढकालले लगाएकी छन् । ‘आफुले मेहनत गरेर पसिना बगाएर बनाएको फिल्ममा कलाकारले साथ दिएन्’ निर्माता ढकालले भनिन् ‘ कलाकार धर्म के हो मैले बुझ्न सकिन ।’

फिल्मले आजै ‘हावा चल्यो सिरिरी’ बोलको गति समेत सार्बजनिक  गरेको छ ।  गीतमा राजनराज शिवाकोटीको शब्द तथा संगीत छ  ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप