बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

हामीलाई ‘मजदुर दिवसको’ मतलबै छैन !

बुधबार, १८ वैशाख २०७६, १५ : ३३
बुधबार, १८ वैशाख २०७६

आज १३० औँ अन्तर्राष्ट्रिय मजदुर दिवस । यो दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरेर मनाइँदैछ । ‘विश्वका मजदुर एक हौँ’ भनेर मनाइने यो दिवसका अवसरमा काठमाडौ उपत्यका लगायतका स्थानमा भव्य कार्यक्रमहरु भइरहेका छन् ।

तिनै कार्यक्रममा मजदुर नेतादेखि विभिन्न राजनीतिक दलका नेताहरुले चर्का भाषण गरेका छन् ।

त्यस्ता भाषणमा मजदुरले गर्ने श्रमको उचित सम्मान, पारिश्रमिक र समान सेवा सुविधाका कुरा समेटिन्छन् । तर, खास मजदुर जो दिनभर काम नगरी बिहान बेलुका हातमुख जोर्न बाध्य छन् – उनीहरुलाई भने मजदुर दिवसको कुनै मतलब छैन ।

हामीले वास्तविक मजदुरलाई यो दिवसले छोएको छ या छैन भनेर काठमाडौको टेकु, कालिमाटी–विष्णुमति, न्युरोड र बसन्तपुरमा दैनिक ज्याला मजदुरी गर्ने मजदुरहरुलाई सोध्यौँ–‘तपाइलाई आज मजदुर दिवस भन्ने थाहा छ ?’ जवाफमा उनीहरुले भने, ‘दिवसको के मतलब, काम नगरी खान पाइन्छ ?’ भन्दै प्रतिपश्न गरे । उनीहरु प्रायः सबैको एउटै जवाफ थियो ‘काम नगरी खानेहरुमात्रै नारा जुलुसमा हिँड्छन्, दिवस मनाउँछन् । हामी जस्ता कामदार जुलसमा गएर भरे के खाने ? त्यही भएर जुलुस भन्दा काम नै प्यारो छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप