केन्द्रीय संस्करण

कथा: सपनामा सहयोग

person explore access_timeबैशाख १८, २०७६ chat_bubble_outline0

पुरानो चीनको कुरा हो । शाही परीक्षामा सम्मिलित भएर जाँच दिइरहेको एक परीक्षार्थीले एक पटक अनुशासनको उल्लङ्घन ग¥यो । सुइँको पाएर परीक्षकले उसलाई पक्राउ पठाएर आफ्नो कक्षमा उपस्थित गरायो र कडाभन्दा कडा दण्ड दिन खोज्यो ।

परीक्षक असाध्यै निठुरी छ भन्ने कुरा परीक्षार्थीलाई थाहा थियो । त्यहाँ गल्ती सकार्नु र क्षमा माग्नुको कुनै अर्थ नै थिएन । यसै भएर परीक्षार्थीले जुक्तिले काम लिने विचार गर्‍यो । परीक्षकका अगाडि घुँडा टेकेर बस्यो र नम्र भएर भन्यो, “गुरुजी, आफ्नो गल्ती थाहा पाएपछि हजुरले बोलाउनुभन्दा अगाडि नै म आफैं आउनु पथ्र्यो । के गरुँ रु सन्जोग त्यस्तै पर्‍यो । मैले त्यतिखेरै एक हजार किलो चाँदी भेटेँ । त्यो चाँदी के के काममा प्रयोग गर्ने भन्ने योजना बनाउनतिर लाग्दा अबेर भयो । म समयमा आइपुग्न सकिनँ !”

यति धेरै रकमका कुरा सुन्ने बित्तिकै परीक्षकको रिस शान्त भयो । “चाँदी कहाँबाट पाएको ?” उसले प्रश्न ग¥यो ।

“खेत जोत्नजाँदा पाएको !”

“यसलाई खर्च गर्ने तिम्रो योजना कस्तो छ त ?”

“मसँग धनका नाममा आजसम्म केही पनि थिएन । मनसल्लाह गरेँ । यो चाँदीको आधा रकमले एक कित्ता अब्बल खेत किन्ने निदो गरेँ । दुईशय किलो चाँदी खर्च गरेर एउटा  घर बनाउने विचार गरेँ । एकशय किलो चाँदी फर्निचर किन्नका लागि  छुट्ट्याएँ । एक शय किलो चाहिँ घरमा काम गर्नेलाई ज्याला दिन छुट्ट्याएँ ।”

केही चाँदी त मेरो लागि पनि छुट्ट्याएको होला भन्ने सोच्दै उत्सुक बनेर परीक्षकले भन्यो, “बाँकी एकशय किलो चाँदीचाहिँ के काममा खर्च गर्ने विचार गर्‍यौ त ?”

“पचास किलो चाँदी खर्च गरेर पुस्तकहरु किन्ने विचार गरेँ । अव लगनशील भएर पढ्ने सङ्कल्प पनि गरेँ ।”

“अनि बाँकी पचास किलो ?”

“त्यति रकम चाहिँ गुरुदक्षिणाका रुपमा हजुरलाई चढाउन छुट्ट्याएँ ।”

मेरो लागि किन दुःख गर्नुपर्थ्यो र? म त्यति सम्मान दिन लायक नै कहाँ छु र र? मक्ख पर्दै र मुसुमुसु हाँस्दै परीक्षकले नोकरलाई बोलायो र भन्यो, “खाजा तैयार छ हैन र? वहाँ बाबुलाई पनि लेराउ त !” नोकर खाजा लिन निस्क्यो । आफ्नो खुसी व्यक्त गर्दै परीक्षकले भन्यो, “जो भयो भयो । तिमीले अनुशासन उल्लङ्घन गर्छु भनेरै गरेका हैनौ क्यार ! अलि अलि भूल त जसबाट पनि भइहाल्छ ।”

खजाका परिकार आइपुग्यो । खान शुरु गरेपछि परीक्षकले झल्याँस्स हुँदै सोध्यो, “एः तिमी यता आउँदा त्यत्रोबिधि चाँदी राम्ररी सुरक्षित ठाउँमा थन्क्याएर त आएकाछौ र?”

“मैले चाँदी बाँड्ने योजना बनाएर काम पूरा गर्न भ्याएकै थिइनँ भाइले चिच्याएर ब्युँझाइदियो । आँखा खुलेपछि वरिपरि चारैतिर हेरेँ त्यहाँ कतै एक किलो चाँदी पनि थिएन । नभएको चाँदीलाई मैले कसरी सुरक्षित राख्ने गुरुजी ?”

”के अरे रु तिमी मलाई अहिले सपना सुनाइरहेका थियौ र?!” परीक्षकले झसङ्ग हुँदै भन्यो ।

“हो गुरुजी, मैले हजुरलाई आज गएरातिको सपना सुनाएको हूँ ।”

कुुरा सुनेर परीक्षकलाई नराम्ररी झोँक चल्यो । जति झोँक चले पनि तुरुन्तै व्यवहार फेर्नु कसरी रु एक्कैछिन आँखा चिम्म गर्‍यो । झोँकलाई मनभित्रै जबर्जस्ती दबायो र भन्यो, “तिमी सपनामा पनि मलाई सम्झँदारहेछौ । यसको लागि धेरै धेरै धन्यवाद १”

—श्वे थाओको कथाबाट

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...