केन्द्रीय संस्करण
सन्दर्भ : मे दिवस

मे दिवसमा सहभागी बनेको अभियोगमा अठार महिना जेल सजाय भोग्दा

हामीले अन्तर्राष्ट्रिय गीत गाइरह्यौं : मार्था एच फोली

person explore access_timeबैशाख १८, २०७६ chat_bubble_outline0

मार्था एच फोली

रातो–मेरो हातमा, मेरो लुगामा, मेरा कमरेडहरूमा र मेरो हृदयमा ।

रगत– निहत्था पुरुष, महिला अनि केटाकेटीमाथि सरकारी गुण्डा र बोस्टन प्रहरीका निर्दयी लाठी र क्रुर गोली डाग्दा पोखिएको रगत ।

बन्द, धुलौटे सानो कोठाभित्र डरले पानी पानी बनेका सात जना महिलाहरूसँगै म एक पछि अर्को दिनहरू बिताइरहेको छु । अर्को कोठामा आफ्नो श्रीमानलाई मरणासन्न गरी पिटेको प्रत्यक्ष देखेकी महिला समय अगावै बच्चा जन्मनुको पीडामा चिच्याइरहेकी छिन् । उनको पीडा शान्त पार्न हामीले चिकित्सक बोलाउन याचना गर्‍यौं । प्रत्युत्तरमा प्रहरी अधिकारीहरू हामीमाथि आगो सरि खनिंदै बोले,“तिमीहरूलाई चित्त नबुझे तिमीहरू रुसमा जाऊ ।” एक जना महिलाको पीडामाथि त्यसरी च्याँठिने मानिसहरू कुनै महिलाको कोखबाट जन्मेको कुरा विश्वास गर्न समेत मलाई गाह्रो भइरहेको थियो । बाहिर हुल्लडबाजहरूको चर्को हल्ला सुनिंदैछ । उनीहरूमध्ये कोही त मजदुरहरू छन् जसका लागि हामीले आफ्नो सबै कुरा त्यागेका छौं, समर्पण गरिरहेको छौं । आज उनीहरू हाम्रो रगत पिउने आतुर छन् ।

म चौबीस घण्टाअघिको समय सम्झन्छु । मे दिवसको दिन थियो । आकाश निकै सफा थियो, गाढा निलो । वरपरका पात र घाँस हरिया तरुण थिए । न्यानो हावामा हरियाली ठोकिरहेको थियो । हावामा बसन्तको सुवास मिसिएको थियो । बसन्तको हावाले जो कोहीको मन सुवासित बनाएको थियो ।


यो वर्षको मे दिवस यसअघिका मे दिवसको तुलनामा हजारौं गुणाले महत्वपूर्ण थियो । किनभने रुसमा मजदुरहरूले विजय हासिल गरेका थिए । जर्मनी, हंगेरी, अष्ट्रियामा मजदुरहरू जितिरहेका थिए । युरोपका मजदुरहरू एक पछि अर्को सफलता हासिल गरिरहेका थिए । अमेरिकामा पनि मजदुरहरू उठिरहेका थिए ।


डब्ली स्ट्रिट अपेरा हाउस खुशीले भरिएका उर्जाशील मानिसहरूले बिस्तारै भरिंदै थियो । उनीहरू त्यो दिन आफ्ना सबै बिदामध्ये पनि सबभन्दा उल्लेख्य महत्व बोकेको बिदा–अन्तर्राष्ट्रिय श्रमिक दिवस बनाउन त्यहाँ भेला भएका थिए । यो वर्षको मे दिवस यसअघिका मे दिवसको तुलनामा हजारौं गुणाले महत्वपूर्ण थियो । किनभने रुसमा मजदुरहरूले विजय हासिल गरेका थिए । जर्मनी, हंगेरी, अष्ट्रियामा मजदुरहरू जितिरहेका थिए । युरोपका मजदुरहरू एक पछि अर्को सफलता हासिल गरिरहेका थिए । अमेरिकामा पनि मजदुरहरू उठिरहेका थिए । हलमा भेला भइरहेका सबै मजदुरहरूले रातो र·को कपडा बेरेका थिए । आफ्नै वर्गका मानिसहरूको रक्तनलीमा बगिरहेको रातो रगतको चिह्नको रुपमा उनीहरूले त्यो कपडाको टुक्रा बाँधेका थिए । केटाकेटीहरू समेत रमाइरहेका थिए । उनीहरूको हाँसो र खेलले उनीहरूभित्र पनि हामीभित्रकै जस्तो भावना समेटिएको महसुस हुँदैथ्यो । सभामा भाषण दिने कार्यक्रम भए । हरेक भाषणसँगै उत्साहजनक तालीको पर्रा छुट्थ्यो । गीतहरू प्रस्तुत गरिएका थिए । अन्तर्राष्ट्रिय गीत गाउने क्रममा विभिन्न भाषा मिसिएको आवाज सुन्दा मेरो आँखाभित्रको पानी थामिएन । त्यो समूह गानमा मैले युगौंदेखि जनता विरुद्धको अत्याचारमा दलिएका मानिसहरूको रोदन सुनें । मालिकलाई मोटाउन दिन उनीहरूलाई एक आपसमा लडाएर शोषक वर्गले फाइदा उठाइएको सचेत भावना त्यो आवाजमा गुञ्जायमान थियो ।

सभाको अन्त्यमा कार्यक्रमका सभापतिले प्रशासनको अनुमति प्राप्त नभएको हुँदा पूर्वघोषित जुलुस स्थागित गरिएको जानकारी दिए । तथापि हामीलाई रोक्सबरीस्थित नयाँ समाजवादी गृहको उद्घाटन कार्यक्रममा सहभागी बन्न आमन्त्रण गरियो । त्यो घरको नाम राखिएको थियो–नयाँ अन्तर्राष्ट्रिय हल । त्यो ठाउँ कार्यक्रमस्थलभन्दा त्यस्तै आधा माइल जतिको दुरीमा थियो । बिस्तारै हामी कार्यक्रमस्थलबाट समूह समूहमा मिलेर त्यत्तातिर लाग्यौं । त्यो एक प्रकारले जुलुसजस्तै बनेको थियो । केही युवाहरूले राता झण्डा पनि बोकेका थिए । हामी सबै ज्यादै खुशी थियौं । हामीलाई हामी जस्तै सबै खुशी होलान् भन्ने लागेको थियो । तर, के थाहा समस्या हाम्रो मुखै सामु आइसकेको थियो ।

एउटा प्रहरीको गाडी पछाडिबाट आएर सडकै ढाकिने गरी रोकियो । प्रहरीको गाडीबाट हातमा लाठी बोकेर प्रहरीहरू झरे । अनि बिना कुनै पूर्वचेतावनी भकाभकसँग सडकमा हिडिरहेका सहभागीहरूमाथि लाठी प्रहार गर्न थाले । प्रहरीको लाठी प्रहारबाट रन्थनिंदै मानिसहरू भुईमा पछारिए । समाजवादीविरोधी मानिसहरूको समूह अघि बढेर प्रहरीको निर्ममतामाथि घ्यु थप्ने काम गर्न थाले ।

हामी हिंड्दै गर्दा सडकको अर्को छेउमा ठूलो सङ्ख्यामा हुल्लडबाजहरू हामीलाई पछ्याउन थालेका थिए । हामीमाथि गालीको वर्षा भइरहेको थियो । एक जना प्रहरी आएर सबभन्दा अघि रहनुभएका एक जना कमरेडसँग कुराकानी गर्नुभयो । त्यसपछि उनी पछि हटे । त्यत्तिकैमा एउटा प्रहरीको गाडी पछाडिबाट आएर सडकै ढाकिने गरी रोकियो । प्रहरीको गाडीबाट हातमा लाठी बोकेर प्रहरीहरू झरे । अनि बिना कुनै पूर्वचेतावनी भकाभकसँग सडकमा हिडिरहेका सहभागीहरूमाथि लाठी प्रहार गर्न थाले । प्रहरीको लाठी प्रहारबाट रन्थनिंदै मानिसहरू भुईमा पछारिए । समाजवादीविरोधी मानिसहरूको समूह अघि बढेर प्रहरीको निर्ममतामाथि घ्यु थप्ने काम गर्न थाले । उनीहरूले हातमा भाटा बोकेका थिए । कसैसँग सिसा र फलामका पाइप थिए । मजदुर सभाबाट बाहिर निस्केका पुरुषहरूमाथि अन्धाधुन्ध निर्ममतापूर्वक कुटपिट गरियो । लछारपछार गरियो । महिला र केटाकेटीलाई पनि छोडिएन । उनीहरूमाथि पनि लगातार हमला भइरह्यो ।

हातमा लाठी बोकेको एक जना मानिस म नजिकैको एक जना प्रहरी अधिकारीको छेउमा आएर आफुसँग ती ‘...बोल्शेविकहरू’ मार्न पुग्दो मान्छे नभएको भन्दै दुःख पोख्दै थिए । आश्चर्य ¤ ती प्रहरी अधिकारीले छरिएका आफ्ना सबै मानिसलाई जम्मा गर्न ती मानिसलाई आदेश दिए ।  मैले प्रहरी अधिकारीसमक्ष भीडलाई हिंसात्मक बनाउन उक्साइरहेको भन्दै विरोध जनाए । “बढ्ता नबोल । मर्न नसकेकी आइमाई ।”, उसको उत्तर यस्तो थियो । मैले उसको बारेमा त्यहाँ खटिएको प्रमुख प्रहरी अधिकारीसमक्ष गुनासो पोखें । उनले मलाई ती विदेशीहरूसँग म पनि सामेल हो कि भनी प्रश्न गरे । “तपाईलाई त आफ्नो संगतप्रति गौरव लागिरहेको होला” भन्ने उनको भनाइको जवाफमा मैले भने,“ हो मलाई गौरव लाग्छ ।”

प्रहरीले हामीमाथि गोली चलाउने धम्की दियो । एक जना मानिसले आफ्नो कोट खोलेर छातीमा पिट्दै भन्यो,“आऊ मार मलाई ।” प्रहरीले उनको छातीमा निशाना साँध्यो । सर्वत्र अलमल छायो । हामी वरपरका ढोकाभित्र आश्रयको लागि भाग्यौं । तर, हुल्लडबाजहरूले हामीलाई तानेर फेरि पनि सडकमा हुत्यायो । ढु·ामुढा भयो । केही गोली पनि चले । थप मानिसहरूमाथि कुटपिट भयो । प्रहरीको सङ्ख्या नाटकीय रुपमा बढ्यो । प्रहरीका थप गाडीहरू आइपुगे । मानिसहरूले आफूसँग जे छ, त्यसैले प्रतिकार गरे । दुई जना प्रहरीले मलाई घिसारेर प्रहरीको गाडीमा कोचे । दर्जनौं मानिसलाई त्यसै गरी घिसार्दै भित्र कोच्दै थिए । गिरफ्तार गरिएका मानिसको जीउभरि निलदाम थियो । कसैको शरीरबाट रगत बगिरहेको थियो । कुनै प्रकारको प्रतिकार गर्न उनीहरू असमर्थ बनिसकेका थिए । प्रहरीको गाडीको चौकीतिर हुँइकिने क्रममा बाटोमा कुनै जोल्टिनमा उफ्रिंदा प्रहरीका लाठी प्रदर्शनकारीका टाउकामा बजार्थे । तपाईको टाउकोमा लाठी बज्रिंदा कानमा अझै गुञ्जिरहेको आवाजले के कुनै पनि मीठो संगीतलाई भुलाउन सक्छ ?

चौकीमा हामीलाई घचेटियो र पछारियो । हामीलाई चौकीमा ल्याउनु अघि नै ठूलो सङ्ख्यामा मानिसहरूलाई पक्राउ गरी त्यहाँ भेला गरिसकेका थिए । प्रहरीले सबैलाई भित्र हुले । सबैको नाम र अन्य जानकारी टिपिसके पछि हामीलाई स–साना कोठामा कोचे । पूरै रात हामी कुँजिएर बितायौं ।

चौकीमा हामीलाई घचेटियो र पछारियो । हामीलाई चौकीमा ल्याउनु अघि नै ठूलो सङ्ख्यामा मानिसहरूलाई पक्राउ गरी त्यहाँ भेला गरिसकेका थिए । प्रहरीले सबैलाई भित्र हुले । सबैको नाम र अन्य जानकारी टिपिसके पछि हामीलाई स–साना कोठामा कोचे । पूरै रात हामी कुँजिएर बितायौं । बाहिरबाट समाजवादविरोधीहरूको  हुलका निकै अभद्र गाली सुनिरह्यौं । भित्र कानुनका पालकहरूका गाली ती गालीभन्दा फरक थिएनन् । गर्भवती महिला चिच्याइरहेकी थिइन् । मसँगैकी एक जना महिला सुकसुक सुकसुकाइरहेकी थिइन् । रातभर उनको बच्चाको हेरचाह गरिदिने कोही भएन ।

रातभर अनिंदो रह्यौं । रातभर अर्धनिद्रामा बित्यो ¤ दिनभर हामीले जे भोग्यौं, त्यस्तो भएको हुनसक्दैन भन्ने तन्द्रामै रात बित्यो । त्यत्तिबेला कताबाट हो, सबै मानिसप्रति ममा एक प्रकारको विरक्तिभाव जन्मियो । यदि कोही मानिस अर्को मानिसप्रति यति क्रुर हुनसक्छ भने अरु मानिस पनि ऊ जत्तिकै क्रुर हुन सक्छ भन्ने विचारले मेरो दिमाग भरियो । यस्तो परिस्थितिमा परिवर्तनको चाहना राखेरै नै के अर्थ हुन्छ र ? तर– अहँ जे भयो, त्यो सत्य हुनसक्दैन । अर्कोतिर एक जना प्रहरी हामीले सुन्ने गरी चिच्यारहेको थियो,“यो रुस होइन भनेर हामी देखाइदिन्छौं । यस्ता काम तिमीहरूले अमेरिकामा गर्न पाउँदैनौं ।”

प्रहरीहरू त्यहाँ कोही बसेनन् । सबै गए । सबैतिर मौनता छायो । मात्र मौनता । त्यही बेला पुरुषहरू थुनिएको कोठाबाट इटाली भाषाबाट सुनियो–अन्तर्राष्ट्रिय गीत । मौनता तोड्दै सबैले आ–आफ्नो भाषामा अन्तर्राष्ट्रिय गीत गाउन थाले । हामीले गायौं विजय र उत्साहभावका साथ । हामी अझै पराजीत भएका थिएनौं । अन्तर्राष्ट्रिय गीतपछि हामीले गायौं–‘रातो झण्डा’ को गीत । अनि रुसी गीतहरू । ती गीतहरूले हामीलाई उत्साह र नयाँ जीवन दिइरहेका थिए ।

बिहान हामीलाई एउटा बन्द भ्यानमा कोचेर अदालत लगियो । त्यहाँ ‘न्याय’ प्रशासन हामीलाई न्याय दिन कुरिरहेको थियो । अझै सम्म पनि स्वास्थ्य उपचार नगराइएकी गर्भवती महिलालाई हामीसँगै लगिएको थियो । प्रहरी चौकीजस्तै अदालत पनि बालबालिका देखि सबै उमेरका बन्दीहरूले भरिएको थियो । जर्मनीका विद्यालयमा केटाकेटीलाई घृणाका गीत सिकाएको घटनाभन्दा कम खराब थिएन रोक्सबरीका केटाकेटीलाई हामीमाथिको हमलाको प्रत्यक्षदर्शी बनाउनु । एक जना यहुदी महिला मेरो कानमा आएर आफूले बालबालिकाको प्रेम जस्तो ज्यादै बहुमूल्य कुरा गुमाएको महसुस गरिरहेको भनी फुसफुसाइन् । मैले उनको भावना बुझेकी थिएँ । हामी अदालतको फलामे गेट लगाएको कोठाभित्र कुरिरह्यौं, अनि धेरै बेर कुरिरह्यौं ।

एक जना रुसीले भने,“म रुसको जारसँग भागेर अमेरिका आएको हुँ किनभने उनीहरूले मलाई अमेरिका स्वतन्त्रताको भूमि (ल्यान्ड अफ लिबर्टी) भनेका थिए । अहिले म पक्राउ परेको छु । ममाथि कुटपिट भएको छ । अब मेरो परिवारले के गर्ला खोई ?”

तल बाटोछेउ बसेर एक जना युवक सुकसुकाइरहेको थियो । मैले उनलाई रुनुको कारण सोध्दा उनलाई चोरीको आरोपमा पक्राउ गरिएको सुनाए । भर्खरै शल्यक्रिया भएकोले उनले शारीरिक रुपमा मिहिनेत पर्ने कुनै पनि काम गर्न सकिरहेका थिएनन् । तर, समयले लिएको परीक्षा उनको लागि अझै बढी कठिन बनेको थियो ।

तल बाटोछेउ बसेर एक जना युवक सुकसुकाइरहेको थियो । मैले उनलाई रुनुको कारण सोध्दा उनलाई चोरीको आरोपमा पक्राउ गरिएको सुनाए । भर्खरै शल्यक्रिया भएकोले उनले शारीरिक रुपमा मिहिनेत पर्ने कुनै पनि काम गर्न सकिरहेका थिएनन् । तर, समयले लिएको परीक्षा उनको लागि अझै बढी कठिन बनेको थियो । फरासिलो त्यो केटोको प्रत्येक रोदनसँगै उनको मुटु फुट्ला जस्तो हुन्थ्यो । पुस्तक च्यापेर विद्यालय जानुपर्ने अथवा घमाइलो दिनमा भकुण्डो खेल्नुपर्ने केटो अदालत धाउनुपर्ने बाध्यता भोगिरहेको छ । तर, समय सधैं यस्तै रहँदैन । कुनै दिन विस्फोटन हुनेछ । अनि मालिकको सपनामा ढावा बोल्नेछन् । मजदुर र उत्पीडित वर्ग फुल्नेछन् र फल्नेछन् ।

यसैबीच मैले अर्को कोठाबाट एउटा अखबार पाएँ । अखबारको लागि मैले यति छटपटी कहिल्यै पनि भोग्नुपरेको थिएन । मलाई अखबार स–स्वर वाचन गर्न भनियो । मैले स–स्वर बिस्तारै प्रष्ट रुपमा अरु कमरेडहरूको लागि पनि पढें । अखबारबाट क्लिभल्यान्ड, डेट्रोट, सिकागो, न्यु योर्क, पेरिसमा पनि मजदुरहरूको जुलुस भएको थाहा पायौं । ती सबै समाचारले हाम्रो ओठमा मुस्कान फुलाएको थियो । हामी एक्लै पक्कै छैनौं, अरु पनि हाम्रा धेरै साथीहरू छन् । धेरै धेरै साथीहरू । हामी पक्कै जित्नेछौं ।

फेरि हामीले गायौं–रातो झण्डाको गीत र अन्तर्राष्ट्रिय गीत ।

बाहिर हुलज्जतबाजहरू चिच्यारहेका थिए । बन्द झ्यालमाथि मुठ्की हान्दै थिए । उनीहरू आफूलाई स्वतन्त्र र हामीलाई बन्दी भएको सोच्छन् । तर, ‘बोल्शेविक मुर्दावाद ।’, ‘फोहोरी बोल्शेविकहरूलाई मार ।’ जस्ता उनीहरूका हल्लाको जवाफमा हामी गाइरहेका थियौं गीत–‘भोकका कैदीहरू उठ । चाउरिएको पृथ्वी उठ ।”

(सो लेख सन् १९१९  मे १७ शनिबारको दिन प्रकाशित ‘द रिभोल्युसनरी एज’ पत्रिकामा प्रकाशित गरिएको थियो । लेखिका फोलीलाई मे दिवस कार्यक्रममा सहभागी बनेको अभियोगमा अठार महिना जेलमा थुनिएको थियो । प्रस्तुत लेख मार्क्सिस.ओआरजीबाट नेपाली भाषामा नीरज लवजूले अनुवाद गर्नुभएको हो ।)

Photo source: https://i.ytimg.com

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...