शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

स्वास्थ्यमा समस्या देखिएपछि आजै स्वदेश फर्कदैँ राष्ट्रपति

बुधबार, १८ वैशाख २०७६, ०६ : ५०
बुधबार, १८ वैशाख २०७६

काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारी स्वास्थ्यमा समस्या देखिएपछि स्वदेश फर्किदैँछिन् । चीनको साताव्यापी औपचारिक भ्रमणमा रहेकी भण्डारी बुधबार स्वदेश फर्किन लागेकी हुन् । 
 
भण्डारी गत बुधबार चीनको राजधानी बेइजिङमा भएको बेल्ट एन्ड रोड (बिआरआई) फोरमअन्तर्गत गोलमेच सम्मेलनमा सहभागी हुन चीन गएकी थिइन् । 

साताव्यापी भ्रमणमा गएकी भण्डारी स्वास्थ्यमा समस्या देखिएपछि भ्रमण तालिकाभन्दा एक दिन अगाडि स्वदेश फर्किन लागकोे राष्ट्रपतिको सचिवालयले जनाएको छ ।

 राष्ट्रपति भण्डारी सिचुवान एयरलाइन्सको विमानबाट आज बिहान साढे १० बजे स्वदेश आइपुग्नुहुने सचिवालयले जनाएको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप