शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सामसङको प्रिमियम स्मार्ट फोन ग्यालेक्सी ए७० नेपालमा, यस्ता छन् विशेषता

मङ्गलबार, १७ वैशाख २०७६, १९ : ०१
मङ्गलबार, १७ वैशाख २०७६

काठमाडौं– सामसङ नेपालले ग्यालेक्सी ए७० नेपाली बजारमा प्रस्तुत गरेको छ । यो ग्यालेक्सी एहरु मध्येको पाँचौं स्मार्टफोन हो । 

सामसङ इलेक्ट्रोनिक्स नेपालका मोबाइल डिभिजन प्रमुख प्रणय रत्न स्थापितले भने, “हाम्रो हालै लन्च भएको ग्यालेक्सी ए सिरिजको सफलता पछि ४० दिनको अन्तरालमा ५० करोड डलरको बिक्री गर्न सफल भएको आँकडा प्रस्तुत गरेको छ । हामीलाई विश्वास छ कि २०१९ को अन्त्यसम्म ग्यालेक्सी ए सिरिज ४ अरब अमेरिकी डलरको ब्राण्ड बन्न सफल हुने छ ।” 

ग्यालेक्सी ए७०मा अनेकौं फिचर्सहरु रहेका छन्, यसमा ३२ मेगापिक्सल सहितको शक्तिशाली ट्रिपल रेयर क्यामरा रहेको छ, जसले शानदार सुपर स्लो मो भिडियो शुट गर्न सक्षम छ । ग्यालेक्सी ए७०मा २५ डब्ल्यूको सुपर फास्ट चार्जिङ्ग फिचर पनि रहेको छ, यसमा ४५०० एमएएचको व्याट्रि रहेको छ । यसमा भएको शक्तिशाली व्याट्रिले पूरै दिन शेयर, भिडियो स्ट्रिमिङ्गको लागि स्वतन्त्रता प्रदान गर्दछ । 

 ट्रिपल रियर शक्तिशाली क्यामरा

क्यामराका पारखी व्यक्तिहरुको आवश्यकतालाई मध्यनजर गरी तयार पारिएको ग्यालेक्सी ए७०मा शक्तिशाली ३२ मेगापिक्सल ट्रिपल रियर क्यामरा राखिएको छ, जसले स्लोमो तथा अल्ट्रा वाइड भिडियो खिच्न सक्षम छ । यसमा एफ–१.७को साथ ३२ मेगापिक्सल लो लाईट लेन्स पनि छ ।

यसबाट जस्तोसुकै कम उज्यालोको अवस्थामा पनि उच्च गुणस्तरीय फोटो खिच्न सकिन्छ । १२३ डिग्रीको कोणमा फोटो खिच्न सकिने हुँदा यस फोनबाट प्रयोग कार्ताहरुले अल्ट्रा वाइड तस्वीर तथा भिडियो लिन सक्नेछन् । ५ मेगापिक्सलको डेप्थ लेन्सले प्रयोगकर्तालाई प्रभावशाली तस्वीर लिने क्षमता प्रदान गर्दछ ।

यसमा भएको लाइभ फोकस फिचरले फोटो खिच्दै गर्दा वा फोटो खिचिसकेपछि फिल्डको डेप्थलाई मिलाउन सकिने क्षमता प्रदान गर्दछ । 

ग्यालेक्सी ए७०मा सामसङको इन्टेलिजेन्ट् सीन अप्टिमाइजर पनि रहेको छ जसले २० मोडहरुमा एक सिनको विश्लेषण गरी इमेज क्वालिटिलाई तुरुन्त अप्टिमाइज गरी कलर, कन्ट्रास्ट तथा ब्राइटनेसलाई स्वतः मिलाउने छ ।

सेल्फी लिन रुचाउनेहरुका लागि यस फोनमा ३२ मेगापिक्सलको फ्रन्ट क्यामरा रहेको छ । यसमा प्रयोगकर्ताले एआर इमोजी तथा सेल्फी फोकस जस्तो फिचरको उपयोग गरी आफैले जीवन्त रुपमा साथीभाइहरु माझ कनेक्ट गर्ने मौका प्रदान गर्दछ । 

इमरसिव भ्यूइङ एक्स्पेरियन्स

अझ धेरै मनोरञ्जन प्रदान गर्ने उद्देश्यले तयार पारिएको ग्यालेक्सी ए७०मा प्रिमियम ६.७ इन्चको एफएचडी + इन्फिनिटी यू डिस्प्ले तथा वाईडभाइन एल१ सर्टिफिकेसनले प्रयोगकर्तालाई टू एचडी कन्टेन्ट स्ट्रिमिङको अवसर प्रदान गर्दछ ।

सामसङको आफ्नै सुपर एमोलेड प्रविधिले डिस्प्लेलाई जीवन्त बनाई स्ट्रिमिङको वेग्लै मजा प्रदान गर्दछ ।  ग्यालेक्सी ए७०मा रहेको डल्वी एटमोसले ३६० डिग्रीको सराउण्ड साउन्डको अनुभव प्रदान गर्दछ । 

प्रणय रत्न स्थापितले भने, “ग्राहकलाई एउटा नयाँ अनुभव प्रदान गर्न हामी सदैव प्रयासरत छौं । हामीले स्थिर जमानालाई लाइभमा परिणत भएको अनुभव गरिरहेका छौं, यो लाइभ जमानाको लागि भनेरै हामीले ग्यालेक्सी ए७० प्रस्तुत गरेका छौं । यसले वास्तविक समयमा आफ्ना जीवन्त अनुभवहरुलाई क्याप्चर गरी संसारसामु पु¥याउने सुविधा प्रदान गर्दछ ।” 

मूल्य तथा अफरहरु

ग्यालेक्सी ए७०को मूल्य नेपाली बजारमा ४७ हजार ९ सय ९० रहेको छ । यो फोन अप्रिल २६ तारिखदेखि प्रि–बुकिङ्गको लागि उपलब्ध रहेको छ ।  प्रि बुकिङ्ग गर्ने ग्राहकहरुले ३ हजार ८ सय बराबरको एङ्कर कम्पनीको १०४०० एमएएचको पावर बैंक निःशुल्क प्राप्त गर्न सक्नेछन् । यो योजना स्टक रहुञ्जेलसम्म मात्र लागू हुने छ । 

 ग्यालेक्सी ए७० मे १ देखि नेपाल अधिराज्यभर रहेका सामसङका आधिकारिक रिटेल स्टोर्सहरु तथा सामसङ ब्राण्ड सपहरुबाट उपलब्ध हुनेछ । यो फोन नीलो र कालो रंगमा उपलब्ध हुने छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप