शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

नोबेलले ३२ करोडको लागतमा अन्तर्राष्ट्रियस्तरको बगैचा र पार्किङ बनाउने

मङ्गलबार, १७ वैशाख २०७६, ११ : ५८
मङ्गलबार, १७ वैशाख २०७६

बिराटनगर–नोबेल शिक्षण अस्पताल परिषरमा ठूलो लगानीमा अन्तर्राष्ट्रियस्तरको बगैचा र पार्किङ बनाइने भएको छ । अस्पताललाई व्यवस्थित, स्वच्छ एवम् मनमोहक वातावरण बनाउन नोबेलले ३२ करोडको लागतमा बगैचा र पार्किङ बनाउँन लागेको हो ।

       अस्पतालहरु मध्ये नेपालमै पहिलो पटक अत्याधुनिक रुपमा बनाउन लागिएको बगैंचा र पार्किङको काम आगामी २०७७ साउनसम्ममा पुरा हुँने अस्पताल सञ्चालक डा.सुनिल शमाको भनाई छ । ‘निर्माण कम्पनीसँग सम्झौता भईसकेको छ ।’ डा.शर्माले भने ‘अवको १५ महिना भित्र अन्तर्राष्ट्रिय स्तरको बगैंचा बनिसक्छ ।’ यसका लागि नमुना कन्ट्रक्सनसँग निर्माण सम्झौता भएको छ । टेक्नोक्य्राट कन्सल्टेन्ट प्रा.लि. र ड्रिम डेभलपर्स प्रा.लि.ले गार्डेन डिजाईन गरेका छन् । आगामी साताबाटै काम सुरु गरिने निर्माण कम्पनीले जनाएको छ ।

       अस्पताल भवन अगाडीको करिव ५ बिगाहा क्षेत्रफलमा बन्ने बगैंचा मनमोहक हुँनेछ । बगैंचामा बच्चाहरुका लागि बाल उद्यान, बिरामी र कुरुवाका लागि क्यान्टिन, मन्दिर, पानीको फोहोरा, बोटबिरुवा र बस्नका लागि आरामदायी कुर्सीहरु राखिनेछ । त्यस्तै सामाग्री खरिदका लागि सुपरमार्केट, कपाल÷दारी काट्नका लागि सैलुन, फार्मेसी, प्याराफिटसहितको स्टेज लगायत रहनेछ । त्यस्तै व्यवस्थित पार्किङ पनि बनाईने इन्जिनियर ढकेन्द्र बमले बताए ।     

व्यवस्थित रुपमा बन्ने बगैंचाको मनमोहक वातावरणका कारण बिरामी र कुरुवाको अस्पताल बसाई मनोरम हुने विश्वास गरिएको अस्पतालका प्रवन्ध निर्देशक इन्दिरा शर्माको भनाई छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप