समाजसेवी सम्मानित
काठमाडौँ - बालविवाह एवं दाइजो उन्मूलनका क्षेत्रमा अतुलनीय योगदान पु¥याएबापत विभिन्न व्यक्ति तथा संस्थालाई सम्मान गरिएको छ ।
बालविवाह एवं दाइजो उन्मूलन राष्ट्रिय अभियानद्वारा यहाँ आयोजित कार्यक्रममा सम्मानित हुनेमा कुन्ती भट्ट ९बैतडी०, प्रियंका हरिजन ९रुपन्देही०, सुनिताकहार ९कपिलवस्तु०, सीमा केएम ९प्युठान०, नागेन्द्र साह ९धनुषा०, विनोद जोशी ९कैलाली०, नन्दकिशोर यावद ९महोत्तरी०, सुशील कुशवाहा ९सर्लाही०, चन्द्रकुमार यादव ९सिरहा०, अहमद अन्सारी ९बारा० र सुनिलकुमार सरफी ९बारा०, सफल भण्डारी ९सिञ्धुपाल्चोक० लगायत रहेका छन् ।
यसैगरी संस्थागततर्फ नेपाल प्रहरी, राष्ट्रिय योजना आयोग, संयुक्त राष्ट्रसंघीय बालकोष९युनिसेफ०, बेलायती सहयोाग नियाग रहेका छन् । व्यवस्थापिका–संसद्, महिला बालबालिका, ज्येष्ठ नागरिक र समाज कल्याण समितिका सभापति रञ्जुकुमारी झा र प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव केदारबहादुर अधिकारी, महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयका सचिव खगराज बरालले संयुक्तरुपमा उहाँहरुलाई सम्मान गर्नुभएको थियो ।
अभियानका संयोजक राजकुमार महतोको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा बालविवाह एवं दाइजो उन्मूलन राष्ट्रिय अभियानका सद्भावनादूत नायिका श्वेता खड्का र डा सिके सिंहले बालविवाह रोक्न सामूहिक प्रयासको खाँचो औँल्याउनुभएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महोत्तरीको मटिहानीमा ६ घण्टापछि आगो नियन्त्रणमा
-
हमासद्वारा इजरायली–अमेरिकी बन्धकको नयाँ भिडियो सार्वजनिक
-
लण्डनको सडकमा घोडाले मच्चायो आतङ्क, ४ जना घाइते
-
१० बजे, १० समाचार
-
अमेरिकी राष्ट्रपतिद्वारा युक्रेनलाई नयाँ सहायता प्रदान गर्ने विधेयकमा हस्ताक्षर
-
ऊर्जा क्षेत्रमा महिला लगानीकर्तालाई आकर्षित गर्नुपर्छ : मन्त्री चौधरी