शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

बानेश्वरमा जलाइयो नागरिकतासम्बन्धी गृहमन्त्रालयको परिपत्र, प्रहरी र प्रदर्शनकारीबीच झडप

सोमबार, १६ वैशाख २०७६, १५ : ५६
सोमबार, १६ वैशाख २०७६

विभिन्न राजनीतिक दलको अगुवाइमा नागरिकता विधेयककाविरूद्ध काठमाडौँमा भएको प्रदर्शनमा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ ।

काठमाडौको माइतीघर मण्डलामा भेला भएर प्रदर्शनसहित बानेश्वरतर्फ जाने क्रममा प्रहरीले हस्तक्षेप गर्न खोज्दा झडप भएको राष्ट्रिय जनमोर्चाका नेता चित्र बहादुर केसीले जानकारी दिए ।

उनले विदेशीलाई खुला रुपमा वंशजको नागरिकता दिनेगरी विधेयक बनाएकाले आन्दोलन गर्नुपरेको भन्दै तत्काल विधेयक खारेज नगरे थप आन्दोलनका कार्यक्रम घोषणा गर्ने बताए ।

प्रदर्शनमा राष्ट्रिय जनमोर्चा, नेकपा मसाल, नेकपा माले, जनसमाजवादी पार्टी नेपाल, माथिल्लो कर्णाली बचाऔँ राष्ट्रिय अभियान, राष्ट्रिय जागरण परिषद नेपाल लगायतका राजनैतिक पार्टी र संघसस्थाको नेता कार्याकर्ता सहभागी थिए ।

त्यसैक्रममा उनीहरुले नयाँबानेश्वर चोकमा गत चैत्र १९ गते जन्मसिद्ध नागिरकका सन्तानलाई वंशजको आधारमा नागरिकता दिनु भनि गृहमन्त्रालयबाट जारी परिपत्र जलाएका छन् ।

विधेयककाविरूद्ध प्रदर्शन गरेका ती दलले गृहको परिपत्र जलाएपछि नयाँबानेश्वर चोकमा कोणसभा गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप