१ अर्ब बढी कारोबार भएको सेयर बजारमा ४.२१ अंकको गिरावट
काठमाडौं–सेयर बजारमा आज १ अर्ब भन्दा बढीको कारोबार भएपनि नेप्से परिसूचकमा गिरावट आएको छ । बजार ४.२१ अंकले घटेको छ ।
सोमबारको कारोबारमा १७४ कम्पनी सामेल भएका छन् । बजार १३१०.३१ बिन्दुमा अडिएको छ । यसदिन निर्जिबन बिमा तर्फ १०२.४३ अंकको गिरावट आएको छ भने दोस्रोमा विकास बैंकको १४.३६ अंकको गिरावट आएको छ । बैंकिङ समुह, जलविद्युत, फाइनान्स र माइक्रोफाइनान्स समुह घटेको छ ।
यता, जीवन बिमा तर्फ भने १३०.७२ अंकले बढेको छ । उत्पादन तथा प्रशोधन तर्फ ९.७३ अंकले बढेको छ भने ट्रेडिङ, होटल र अन्य समुहमा पनि बढोत्तरी भएको छ ।
आज सबैभन्दा बढी नेपाल लाइफ इन्सुरेन्सको कारोबार भएको छ । यसको १४ करोड ६९ लाख ८२ हजार ४ सय ८८ रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । दोस्रो बढी कारोबार हुनेमा नेपाल बैंकरहेको छ । नेपाल बैंकको ११ करोड २९ लाख बराबरको सेयर कारोकार भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल सम्बन्धी अमेरिकी प्रतिवेदन: तिब्बती शरणार्थीको अधिकारदेखि न्यायालयमा घुससम्म प्रश्न
-
फेरि ह्वात्तै बढ्यो सुनको मूल्य
-
आईपीएलमा आज : बलियो कोलकातालाई उसैको घरमा पञ्जाबको चुनौती
-
जेठमा ‘नेपाल फेसन फेस्टिभल’ आयोजना हुने
-
सरकार टिकाउने तीन नेताको के छ रणनीति ?
-
ठुलो पर्दामा फर्किन लागेका हुन् गोविन्दा ?