शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

‘दोषी को ?’ को रोमान्टिक गीत ‘परेली बन्द गर’ सार्वजनिक

सोमबार, १६ वैशाख २०७६, १२ : ४१
सोमबार, १६ वैशाख २०७६

काठमाडौं – करण फिल्मस् प्रोडक्सनको प्रस्तुतिमा गोपी अधिकारीको प्रस्तुति रहेको फिल्म ‘दोषी को ?’ पहिलो गीत सार्वजनिक भएको छ । ‘परेली बन्द गर’ रोमान्टिक गीतमा गायिका अन्जु पन्त र गायक गोपी अधिकारीको स्वर रहेको छ ।
गीतमा माया र प्रेमको सम्वाद रोमान्टिक रुपमा प्रस्तुत गरिएको छ । गोपी अधिकारीको शब्द तथा संगीत सो गीतलाई सन्तोष सुनामले एरेन्ज गरेका हुन् । 

निमा लामा तामाङले निर्देशन गरेको फिल्मले प्रेमकथा बिषय बनाएको छ । विश्वास भण्डारीको छायाँकन तथा सम्पादन रहेको फिल्ममा करण थापा, मिठ्ठु आले, रमेश रेग्मी, रविना थापा, नेहा गौत्तम, विजयराहु मगर, सुवास नेपाली र सपना लामाको अभिनय देख्न सकिन्छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप