शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

युएनए सम्मेलनः यस्तो छ तयारी, क–कसको हुँदैछ सहभागिता ?

सोमबार, १६ वैशाख २०७६, ११ : ५९
सोमबार, १६ वैशाख २०७६

अमेरिका– अकेरिकाको न्यूयोर्कमा आगामी मे २५ र २६ तारिखमा युनाइटेड नेप्लिज एशोसिएशन (युएनए) को चौथो सम्मेलन हुने भएको छ । 
सम्मेलनमा गैरआवासिय नेपाली संघ (एनआरएन) अध्यक्ष भवन भट्ट, पूर्व अध्यक्ष शेष घलेसहितका एनआरएनका नेताहरु सहभागी हुने आयोजकले जनाएको छ । 

यसैगरी संयुक्त राष्ट्र संघकी पूर्व युवा सम्मेलनकी सभापति तथा हाल मेजर ग्रुप फर चिल्ड्रेन एण्ड युथको सचिवालयमा कार्यरत जोली अमात्य, अमेरिकाका लागि नेपाली राजदूत अर्जुन कुमार कार्की , युएनएका संस्थापक तथा  ब्यबसायी पासांग लामा, बाणिज्य दुत एसी शेर्पालगायतको पनि सम्मेलनका सहभागिता रहने सहसंयोजक पवन योञ्जनले जानकारी दिए ।

यसैगरी प्रथम नेपाल आईडलका प्रथम बिजेता बुद्ध लामा ,इन्दिरा जोशी ,तेरिया मगर ,मिस नेपाल युनिभर्स मनिता देवकोटा तथा चर्चित गायक धिरज राई लगायतको कार्यक्रममा प्रस्तुती रहनेछ । 

आयोजकले कार्यक्रमका लागि आवश्यक सबै तयारी लगभग पूरा भइसकेको  जानकारी दिएको छ । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप