शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

चिट चोर्न नपाएपछि १ सय ६५ विद्यालयका सबै विद्यार्थी फेल

सोमबार, १६ वैशाख २०७६, १० : ५२
सोमबार, १६ वैशाख २०७६

भारतको युपी बार्डका विद्यार्थीले कलेज र प्लस टुको परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्ने गरेको समाचार भारतीय मिडियामा आइरहन्छन् तर हालै यसको नतिजाबारे अचम्मको खुलासा भएको छ ।

यो बोर्डमा सूचीकृत एक सय ६५ विद्यालय एवं कलेजका एकजना विद्यार्थीले पनि परीक्षा पास गर्न सकेनन् । यस्तै, ३ सय ८८ विद्यालयको नतिजा २० प्रतिशत मुनी छ ।

‘बोर्ड परीक्षामा चिट चोर्न नपाउने कडा नियम लागू गरेपछि यस्तो नतिजा देखा परेको हो,’ युपी बोर्डका अध्यक्ष विनय कुमार पाण्डेले भने ।

२० प्रतिशतभन्दा कम नतिजा ल्याउने ३ सय ८८ विद्यालयमध्ये १ सय ३९ प्लस टु विद्यालय थिए भने २ सय ४९ कलेज थिए ।

कुनै पनि विद्यार्थी पास नहुने स्कूलमध्ये ५० सरकारी, पाँच अर्धसरकारी र ८४ नीजि विद्यालय थिए भने १५ सरकारी, ५८ अर्धसरकारी र १७६ वटा नीजि कलेज समावेश छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप