शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

एनआरएन यूएईका अध्यक्ष रमेश श्रेष्ठ रिहा

आइतबार, १५ वैशाख २०७६, २० : ११
आइतबार, १५ वैशाख २०७६

काठमाडौं । गैरआवसीय नेपाली संघ (एनआरएन) यूएईका अध्यक्ष रमेश श्रेष्ठ रिहा भएका छन । 

गत शुक्रबार दुबईमा ‘गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माण सहयोगार्थ’ धुर्मुस–सुन्तली साँझ भइरहेका बेला श्रेष्ठलाई स्थानीय प्रहरीले पक्राउ गरेको थियो । 

आज रिहा भएलगत्तै उनले फेसबुकमार्फत आफ्नो चरित्र हत्या गर्ने नियतले नियोजित रुपमा आफूलाई गिरफ्तारी गरिएको बताएका छन् । 

व्यक्तिगत चरित्र हत्याको कोसिस गर्दै प्रहरीमा उजुरी गरिएको भन्दै गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् युएईका अध्यक्ष रमेश श्रेष्ठले खेद प्रकट गरेका हुन् ।

‘आपसी सहमति भैसकेर पैसा लिन बोलाउँदा पनि नआएर योजनाबद्ध ढंगमा कार्यक्रमस्थलमै बोलाएर पक्राउ गरिने काम भयो । यदी नियत सफा भएको भए जुनसुकै समयमा पनि छलफलका लागि म तयार नै थिए । तर नेपाली समूदायको कार्यक्रमकै बीचमा यस्तो गर्ने प्रयास किन गरियो ? श्रेष्ठले प्रश्न गरे । 

‘यस्ता कार्यले भोलीका दिनमा युएईमा सामाजिक कार्यमा सक्रिय जो कोहीलाई दुःख दिने परिपार्टी मौलाउँदै जानेछ, यस्ता नियतीलाई परास्त गर्न सबै एकजुट हुनुको विकल्प छैन,’ उनले भने । 

आफूविरुद्व उजुरी दिएका झापाका शंकर श्रेष्ठलाई गत मंगलबार नै पैसा लिन बोलाउँदा पैसा लिन नआई प्रहरीमा उजुरी दिएको श्रेष्ठले बताए । 

व्यक्तिगत लेनदेनका कारण कार्यक्रमस्थलबाट पक्राउ परेका श्रेष्ठले रिहा भएलगत्तै दुःख दिने तथा चरित्रहत्या गर्ने प्रयास गरिएकोमा अब कानुनी रुपमै यसको जवाफ दिने बताएका छन् ।

उता शखर श्रेष्ठले भने आफूलार्इ रमेशले बारम्बार पैसा दिन्छु भनी झुक्याएको बताए । आफू मिडिया गएको थाहा पाएलगतै गत शनिबार पैसा लिन बोलाएका शेखरले बताए ।

शेखरले आफूले पाउनुपर्ने रकम समयमा नपाएपछि रमेशविरुद्ध  दुबई र अजमानको अदालतमा मुद्दा दायर गरेका थिए । 

व्यवसायिक साझेदारी गरिरहेका युएईका अध्यक्ष  रमेश श्रेष्ठ र  शंकर श्रेष्ठबीच लामो समयदेखि  व्यवसायी विषयमा विवाद रहेको थियो ।

दुबै जनाले यूएईमा म्यानपावर व्यवसाय सञ्चालन गर्दै आएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप