मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

‘पश्चिम सेती जलविद्युत र बूढीगण्डकीमा लगानी अभाव’

आइतबार, १५ वैशाख २०७६, १६ : ५१
आइतबार, १५ वैशाख २०७६

काठमाडौँ– सरकारले लगानीको अभावमा पश्चिम सेती जलविद्युत आयोजना र बुढिगण्डकी जलविद्युत आयोजनाको कामलाई अघि बढाउन नसकिएको स्पष्ट पारेको छ । 

उर्जा, जलस्रोत तथा सिँचाई मन्त्री वर्षमान पुनले लगानीको अभावमा राष्ट्रिय गौरवको पश्चिम सेती जलविद्युत आयोजना र बुढिगण्डकी जलविद्युत आयोजनाको कामलाई अघि बढाउन नसकिएको प्रष्टयाएको हो । उनले स्थानीय जनतालाई विश्वासमा लिएर मात्रै कुनै पनि जलविद्युत आयोजनाको कामलाई अघि बढाउने प्रतिवद्धता समेत व्यक्त गरेको हो ।

आईतबार उत्तरगंगा जलविद्युत आयोजना नदीको बहाव क्षेत्रमा नै निर्माण गर्न माग गर्दै पुगेका सरोकारवाला निकायसँगको छलफलमा मन्त्री पुनले स्थानीय जनता र राजनीतिक दलहरुको सहमतिमा मात्रै सो आयोजनाको कामलाई अघि बढाउने गरी अहिले त्यसको विस्तृत अध्ययनको कामलाई अघि बढाइएको पनि स्पष्ट पारे ।

बाग्लुङ र रुकुम जिल्लाको सीमामा पर्ने सो आयोजनाको विस्तृत अध्ययनका लागि नेपाल विद्युत प्राधिकरणले आफ्नो काम अघि बढाएको छ । तर त्यो आयोजनाको काम अघि बढाउँदा नदीको बहाव अनुसार नै अघि बढाउनुपर्ने त्यस क्षेत्रका सांसदलगायतका जनप्रतिनिधिहरुको माग छ । मन्त्री पुनले प्राविधिकहरुले अध्ययन गरेपछि त्यसैको आधारमा छलफल गरेर सो आयोजनाको कामलाई अघि बढाउने सरकारको योजना रहेको पनि स्पष्ट पारे ।

वर्षाको पानी संकलन गरेर हिउँदमा विद्युत उत्पादन गर्ने गरी सरकारले सो आयोजनाको विस्तृत अध्ययनको कामलाई अघि बढाउने योजना बनाएको छ । त्यसका लागि नदीको बहाव अनुकूल हुने गरी सो आयोजनाको कामलाई अघि बढाउन सरोकारवाला निकायको सरकारसँग माग छ ।

नदीको बहाव क्षेत्रमै सो आयोजनाको कामलाई अघि बढाउन उपयुक्त हुने सुझाव सरकारलाई दिइएको पूर्व मन्त्री गणेशमान पुनले जानकारी दिए । सरोकारवाला निकायले सो आयोजनाको कामलाई अघि बढाउँदा स्थानीय जनताको हित हुने गरी अघि बढाउन मन्त्री पुनलाई ज्ञापन –पत्रसहितको सुझाव पनि दिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी डेस्क
रातोपाटी डेस्क

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो  । 

लेखकबाट थप