बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

बेलायती सेनामा भर्ना खुल्यो

आइतबार, १५ वैशाख २०७६, १३ : १५
आइतबार, १५ वैशाख २०७६

काठमाडौं–बेलायती गोर्खा सैनिकमा भर्ना खुल्ला गरिएको छ । यसवर्ष ब्रिटीस गोर्खाले ४३२ जना नेपाली युवाको लागि भर्ना खुला गराएको हो । 

आइतबार प्रकाशित एक सूचना अनुसार भर्तिको लागि दर्ता, ब्रिटिश गोर्खा पोखरा, ब्रिटिश गोर्खा धरानमा आगामी २७ मे देखि जुलाई ७ सम्म एकसाथ आवेदन खुल्ला गरिनेछ । 

ब्रिटिश सेनामा भर्ना हुनेको लागि कुनै शुल्क नलाग्ने र कसैले प्रलोभनमा पारेर रकम मागेमा नदिन पनि सूचनामा उल्लेख गरिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप