शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

जिप दुर्घटनाका मृतक नौ जनाको सनाखत

शनिबार, २१ साउन २०७४, ०९ : ५९
शनिबार, २१ साउन २०७४

डोटी - डोटीमा अबेर राति यात्रु बोकेको जिप दुर्घटना हुँदा मृत्यु भएका चालकसहित नौ जनाको सनाखत भएको छ । 
गाडीमा सवार सबै बोगटान गाउँपालिका–१ सिमचौर चपरर्तोलाका हुन् । अठ्ठाइसवर्षीय चालक विष्णु नेगी भने शिखर नगरपालिका–१ कपल्ले डोटीका स्थायी बासिन्दा हुन् । 

दुर्घटनामा परी बोगटान गाउँपालिका–१, सिमचौरका ३५ वर्षीय विष्णुबहादुर मगर, ५५ वर्षीय भीम घर्ती मगर, ५० वर्षीय बूढो घर्ती मगर र ४५ वर्षीय गोरख थापा मगरको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ । यस्तै ४८ वर्षीय शशिराम पुन मगर, ४५ वर्षीया ललितादेवी पुन, ४० वर्षीय टेकबहादुर पुन मगर र ३० वर्षीय चन्द्रबहादुर घर्ती मगरको मृत्यु भएको जिप्रका, डोटीका प्रहरी निरीक्षक राजेन्द्रबहादुर सिंहले जानकारी दिनुभयो । 

सात जना गम्भीर घाइते भएकामा चार जनाको अवस्था चिन्ताजनक छ । घाइतेलाई उपचारका लागि अहिले साढे ८ः३० बजे सदरमुकाम दिपायल लगिएको छ । सदरमुकाम पुग्न तीन घण्टा लाग्ने देखिएको छ । 
दिपायलदेखि चवरा चौताराका लागि हिँडेको से१ज ४९१ नंको जिप राति करिब १० बजेतिर बोगटान गाउँपालिका–६ गगुडाको कटैगाउँ धार भन्ने ठाउँमा दुर्घटनामा परेको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप