बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

वस्तुगत प्रश्नोत्तरः नेपाली स्याटेलाइट अन्तरिक्षमा कहिले प्रक्षेपण गरियो ?

आइतबार, १५ वैशाख २०७६, १० : ५५
आइतबार, १५ वैशाख २०७६

१. नेपालको राष्ट्रिय झन्डा अङ्कित स्याटेलाइट पहिलो पटक अन्तरिक्षमा कहिले प्रक्षेपण गरियो ?
- विसं २०७६ वैशाख ५
–    नेपाली युवा वैज्ञानिकको महिनौँको प्रयासपछि वैशाख ५ गतेको बिहान करिब २ बजे संयुक्त राज्य अमेरिकाको भर्जिनिया राज्यबाट उक्त स्याटेलाइट प्रक्षेपण गरिएको ।
–    करिब डेढ किलोग्राम तौलको उक्त स्याटेलाइट रकेटमार्फत चार सय किलोमिटर दूरीमा रहेको ‘इन्टरनेसनल स्पेस’ मा पु¥याइएको । करिब एक महिनाको परीक्षणपछि उक्त स्याटेलाइट पृथ्वीको कक्षमा घुम्ने छ ।
–    नेपाली स्याटेलाइट–१ नाम दिएइको उक्त स्याटेलाइटसँगै श्रीलङ्का र जापानका पनि सोही आकारका स्याटेलाइट अन्तरिक्षमा पुगेका ।
–    आफ्नै स्याटेलाइट नहुने मुलुकका लागि जापानको क्युटेक इन्स्टिच्युट अफ टेक्नोलोजीले संयुक्त राष्ट्रसङ्घसँगको सहकार्यमा सुरु गरेको ‘बड्र्स’ परियोजनाअन्तर्गत नेपालले यो स्याटेलाइट निर्माण गरेको । जापानको सोही इन्स्टिच्युटमा अध्ययनरत नेपाली विद्यार्थी आभास मास्के र हरिराम श्रेष्ठले उक्त स्याटेलाइट तयार गर्नुभएको हो । बडर््स परियोजनाअन्तर्गत उक्त कार्यक्रमको संयोजन नेपालमा नास्टले गर्दै आएको छ । यो परियोजना विगत ६ वर्षदेखि सञ्चालन हुँदै आएको छ । 
–    अन्तरिक्षमा पठाइएको उक्त स्याटेलाइटको प्रयोगबाट सहरी विकास योजना, जलवायु परिवर्तनसम्बन्धी अध्ययन र रिमोट सेन्सिङमार्फत जोखिम न्यूनीकरणका लागि अध्ययन गर्न प्रयोग हुने जनाइएको छ । बर्ड्स परियोजना अन्तर्गत अन्तरिक्षमा पठाइने अन्य स्याटेलाइटको सुविधा समेत नेपालले लिनसक्ने छ ।
–    सो स्याटेलाइटले उपलब्ध गराउने सूचना प्राप्त गर्न नास्टले आफ्नो परिसरमा ‘ग्राउन्ड स्टेसन’ निर्माणको प्रक्रियासमेत अघि बढाइएको छ ।
–    नेपाललाई अन्तर्राष्ट्रिय दूरसञ्चार सङ्गठनले सन् १९८४ मा अन्तरिक्षमा स्याटेलाइट राख्न छुट्टै ‘स्लट’ पनि उपलब्ध गराएको छ जसमा सम्पूर्ण अधिकार नेपालको रहने छ । सरकारले पछिल्लो पटक उक्त स्लटमा स्याटेलाइट राख्ने प्रक्रिया पनि अघि बढाएको छ ।
–    करिब एक महिनाअघि मात्रै सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाको फ्रान्स भ्रमणका क्रममा स्याटेलाइट राख्ने सन्दर्भमा नेपाल र फ्रान्सबीच समझदारीपत्रमा हस्ताक्षर भएको थियो । उक्त समझदारीअनुसार तीन महिनाभित्र स्याटेलाइटका आधारभूत प्रक्रिया टुङ्गो लगाउने र बढीमा तीस महिनाभित्र स्याटेलाइट राख्ने तयारी छ । नेपालले अन्तरिक्षमा राख्ने उक्त स्याटेलाइटमार्फत खासगरी सञ्चार तथा प्रसारणका लागि आवश्यक ब्यान्डविथ प्राप्त गर्ने छ ।
२.    सरकारले ज्येष्ठ नागरिकका लागि स्वास्थ्य बिमा अभियानको शुभारम्भ कहिले गरेको हो ?
- विसं २०७६ वैशाख १ 
–    ज्येष्ठ नागरिकका लागि एक लाख रुपियाँसम्मको स्वास्थ्य बिमा घोषणा गरिएको छ र बिमाको प्रिमियम नेपाल सरकारले तिर्ने व्यवस्था छ ।
३. नेपाल सरकारद्वारा इन्टरनेटमा आधारित पब्जी खेलमाथि प्रतिबन्ध कहिले लगाइएको हो ?
- विसं २०७५ चैत २८
–    पब्जी प्रतिबन्ध लगाउन प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले काठमाडौँ जिल्ला अदालतबाट स्वीकृति माग गरेको थियो भने अदालतले मनोचिकित्सकसँग परामर्श लिई खेल बन्द गर्न स्वीकृति दिएको ब्युरोले जनाएको छ ।
४. शैक्षिक सत्र २०७६ का लागि सञ्चालन गरिएको विद्यार्थी भर्ना अभियानको आदर्श वाक्य के रहेको छ ?
-  हाम्रो नगर हाम्रो गाउँ, सबै बालबालिकालाई विद्यालय पु¥याऔँ ।
–    यस शैक्षिक सत्रका लागि वैशाख २ देखि भर्ना अभियान सञ्चालन गरिएको छ ।
–    विगत २०६१ सालदेखि विद्यालय उमेर समूहका विद्यालयबाहिर रहेका बालबालिकालाई अभियानकै रूपमा विद्यालय प्रवेश गराउने कार्यक्रमका रूपमा विद्यार्थी भर्ना अभियान प्रत्येक वर्ष वैशाखदेखि सञ्चालन गरिँदै आएको छ ।
–    शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट १० बुँदे मार्गचित्र, २२ बुँदे कार्ययोजनासँगै हरित विद्यालय, नमुना विद्यालय, प्राविधिक विद्यालय लक्षित छात्रवृत्ति, निःशुल्क पाठ्यपुस्तक, शिक्षक तालिम, अभिभावक सचेतनाजस्ता कार्यक्रम तथा अवधारणा कार्यान्वयनसँगै साक्षर नेपाल घोषणाको तयारीसमेत भइरहेको छ ।
५. “यो आत्मविश्वास राख्नू, तिमी पृथ्वीको सबैभन्दा बढी आवश्यक मनुष्य हौ ।” भन्ने विचारक को हुन् ?
- म्याक्सिम गोर्की 
६. ‘समृद्धिसँग जोडौँ नाता, हरेक नेपालीको बैङ्क खाता’ नाराका साथ देशभर ‘खोलौँ बैङ्क खाता’ अभियान कहिलेदेखि सुरुवात भएको हो ?
- विसं २०७६ वैशाख १
(वित्तीय समावेशिता, वित्तीय पहुँच र वित्तीय साक्षरता ‘समृद्ध नेपाल सुखी नेपाली’ को आधार स्तम्भ रहेको र सोको पहिलो खुड्किलो बैङ्क खाता हुने ठहर गर्दै नयाँ वर्षको पहिलो दिन प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा यस अभियानको शुभारम्भ गरिएको हो ।)
७. “विश्वासघात विषभन्दा पनि घातक हुन्छ” भन्ने भनाइ कसको हो ?
- प्रेमचन्द 
८. उभिएर सितार बजाई गिनिज बुकमा नाम लेखाउन सफल विश्वकै पहिलो महिला को हुन् ?
- सीतामैयाँ राजचल (सितारवादक एवं सांस्कृतिक संस्थानकी कलाकार)
–    उहाँले विश्वकै पहिलो उभिएर सितार बजाउने महिला सितारवादकको रेकर्ड कायम गर्नुभयो ।
 ९. प्रसिद्ध सलहेस फूलबारी कहाँ रहेको छ ?
- सिरहा
(नयाँ वर्षको पहिलो दिन अर्थात् वैशाख १ गते मात्र फुल्ने दुर्लभ र अनौठो पूmल सिरहा जिल्लाको लहान बजारनजिकै रहेको प्रसिद्ध धार्मिक एवं ऐतिहासिक सलहेस पूmलबारीमा फुल्ने गर्छ । फूलबारीमा रहेको हारमको रुखमा सुनाखरी आकारको फूल फुल्छ । त्यो फूल हेर्न देश–विदेशबाट हजारौँ दर्शनार्थी आउने गर्छन् । 
१०. प्राचीन कालको ‘रामचरित्र मानस’ र आधुनिक कालको ‘कृष्णायन’ कुन भाषाका प्रसिद्ध महाकाव्य हुन् ?
- अवधि 
११. काठमाडौँ उपत्यकामा सबैभन्दा बढी कुन शैलीका मन्दिर छन् ?
- प्यागोडा 
१२. काठको प्रयोग गरी विभिन्न मूर्ति, भाँडा, एवं झ्यालढोका, टँुडाल, फर्निचर आदि निर्माणसम्बन्धी कलालाई के भनिन्छ ?
- काष्ठकला 
१३. “घर नै अनुशासनको सबैभन्दा उत्तम विद्यालय हो ।” भन्ने भनाइ कसको हो ?
- एम स्माइन्स 
१४. विसं २०७५ चैत २४ मा काठमाडौँ महानगरद्वारा पारित सवारी तथा यातायात व्यवस्थापन ऐनअनुसार महानगर क्षेत्रभित्र सञ्चालन हुने सबै सार्वजनिक सवारीमा टिकट सम्बन्धमा के व्यवस्था गरिएको छ ?
- कागजी वा विद्युतीय यात्रु टिकट अनिवार्य गर्नुपर्ने । 
–    ऐनले कागजी टिकटको प्रयोगलाई क्रमशः विद्युतीय टिकटले विस्थापित गर्नुपर्नेमा जोड दिएको छ । । पहिलो चरणमा महानगर क्षेत्रभित्र सञ्चालन हुने ठूला बसमा स्मार्ट यात्रु कार्डको व्यवस्था गर्न लागिएको महानगरले जनाएको छ ।
– स्मार्ट यात्रु कार्ड डेबिट कार्डजस्तै हुन्छ । दुई सय रुपियाँ तिरेर किन्न सकिने कार्डबाट दुई सय रुपियाँ बराबरकै भाडा तिर्न मिल्छ । कन्डक्टरसँगै कार्ड रिड गर्ने मेसिन हुन्छ । यात्रुले बस चढेर आफ्नो गन्तव्य बताएपछि कन्डक्टरले कार्ड मेसिनमा घोट्छन र भुक्तानी लिन्छन् ।
–    हाल साझा यातायातले यही प्रकृतिको स्मार्ट कार्ड सुरु गरेको छ । 
१५. विसं २०७६ वैशाख २ मा वल्र्ड बुक अफ रेकडर््स लन्डनले जारी गरेको प्रमाणपत्र प्राप्त गर्ने शैक्षिक संस्था कुन हो ?
- समता स्कुल, काठमाडौँ
१६.     सन् २०१९ अप्रिलमा प्रसिद्ध पुलित्जर पुरस्कारबाट सम्मानित संस्था कुन हो ?
- क्यापिटल ग्याजेट (अमेरिकी स्थानीय अखबार)
–    आफ्नै समाचार कक्षमा भएको आम नरसंहारको खबर सम्प्रेषण गरेबापत क्यापिटल ग्याजेटले विश्वकै प्रतिष्ठित पुलित्जर पुरस्कार जित्न सफल भएको हो ।
–    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबारे अनुसन्धान गरेबापत न्युयोर्क टाइम्स र वाल स्ट्रिट जर्नल एवं म्यानमारका अल्पसङ्ख्यक मुस्लिम समुदाय रोहिङ्ग्यामाथि सरकारी फौजबाट भएको ज्यादतीबारे समाचार सङ्कलन गर्ने क्रममा पक्राउमा परेका रोयटर्सका दुई पत्रकारलाई पनि पुलित्जर पुरस्कार दिने घोषणा गरिएको ।
१७. हालै समलिङ्गी यौन सम्बन्ध राख्नेलाई ढुङ्गाले हिर्काएर मार्ने कडा व्यवस्था समेटिएको नयाँ इस्लामिक (सरिया) कानुन लागू गर्ने राष्ट्र कुन हो ?
- बुनाई (सन् २०१९ अप्रिल ३) ।
१८. नेपाल संवत्का प्रणेता एवं संस्थापक को हुन् ?
-शङ्खधर साख्वा ।
१९.    तामाङ जातिको संस्कृति, परम्परा आदिको संरक्षण गर्ने उद्देश्यले तामाङ सङ्ग्रहालयको स्थापना कहाँ गरिएको छ ?
-रसुवा ।
२०.    अब्राहम लिङ्कन आफ्नो कठिन तथा लामो सङ्घर्षपछि कहिले अमेरिकाको १६ औँ राष्ट्रपति बन्न सफल भए ?
-सन् १८६१ ।
२१.     सुशासनको पृष्ठभूिममा आएको आर्थिक सुधारसम्बन्धी संरचनात्मक समायोजन कार्यक्रम सञ्चालन गर्ने संस्था कुन हो ?
- विश्व बैङ्क  
२२. एसआई प्रणालीअनुसार धाराविद्युत्लाई कुन एकाइमा मापन गरिन्छ ?
- एम्पियर
२३. विद्युत् विच्छेदन क्रियाद्वारा कुनै एउटा धातुको बाहिरी सतहमा अर्को धातुको जलप लगाउने प्रक्रियालाई के भनिन्छ ?
-विद्युत् लेपन 
२४. ब्लु टुथ भन्नाले के बुझिन्छ ?
- छोटो दूरीको वायरलेस फाइल आदान–प्रदान गर्ने प्रविधि 
२५. विश्व खेलकुद महोत्सव ओलम्पिकको आयोजना गर्ने पहिलो एसियाली सहर कुन हो ?
- जापानको टोकियो 
(जापानको टोकियामा सन् १९६४ मा ओलम्पिक खेलकुद प्रतियोगिता आयोजना गरिएको ।)
२६. सार्क राष्ट्रका कुन व्यक्तित्वलाई गुरुदेव भनी चिनिन्छ ? 
- रवीन्द्रनाथ टैगोर (भारत) 
२७.  विश्वकै सानो मुद्रा कुन हो ?
- जावा
(विश्वकै  सबैभन्दा सानो मुद्राको रेकर्ड कायम गर्दै गिनिज बुकमा दर्ता भएको यो मुद्रा जयप्रकाश मल्लद्वारा निकालिएको थियो ।)
२८. नेपाल प्रहरी र उसका आश्रित परिवारलाई मात्र उपाचार सेवा दिँदै आएको नेपाल प्रहरी अस्पतालले कहिलेदेखि सर्वसाधारणलाई पनि सेवा दिन सुरु गरेको हो ? 
- विसं २०७४ कात्तिक २६
२९. नेपाल राष्ट्र बैङ्कद्वारा विसं २०७६ वैशाख ३ मा सार्वजनिक आव २०७५÷७६ को पहिलो आठ महिनाको आर्थिक तथा वित्तीय अवस्थाअनुसार नेपालमा रेमिटेन्सबापत कति रकम भित्रिएको छ ?
- रु. ५ खर्ब ८२ अर्ब
–    यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा २३ दशमलव ४ प्रतिशतले बढी हो । तर, अन्तिम श्रम स्वीकृतिका आधारमा वैदेशिक रोजगारमा जानेको सङ्ख्या भने आठ महिनाको अवधिमा ३८ दशमलव ३ प्रतिशतले घटेको राष्ट्र बैङ्कले जनाएको छ ।
३०. राष्ट्र बैङ्कद्वारा २०७६ वैशाख ३ मा सार्वजनिक आर्थिक तथा वित्तीय अवस्थासम्बन्धी विवरणअनुसार आव २०७५÷७६ को पहिलो आठ महिना अवधिमा व्यापार घाटा कति प्रतिशत वृद्धि भएको छ ?
- २४ दशमलव ५ प्रतिशत
–    २०७५ फागुन मसान्तसम्म नेपालको अन्तर्राष्ट्रिय व्यापार घाटा ८ खर्ब ८७ अर्ब रुपियाँ पुगेको । 
–    यसबीच नेपालबाट कुल वस्तु निर्यात १४ दशमलव ६ प्रतिशतले बढेर ६१ अर्ब २२ करोड पुगेको । आयात २३ दशमलव ८ प्रतिशतले बढेर ९ खर्ब ४९ अर्ब रुपियाँ पुगेको छ ।
–    गोरखापत्रबाट
  

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप