७३ महिला–बालबालिका भेटिएनन्
सल्यान - हराएका ७३ महिला तथा बालबालिका अझै भेटिएका छैनन् ।
गत आव २०७३÷७४ मा जिप्रका सल्यानको महिला सेलमा ९३ महिला तथा बालबालिका हराएको निवेदन परेको थियो । तिनमा ६६ महिला, १४ बालक र १३ बालिका छन् । हराएकामध्ये ५८ महिला, १० बालक र पाँच बालिका नभेटिएको जिप्रका सल्यानले जनाएको छ । हराएको निवेदन परेकामध्ये आठ महिला, चार बालक र आठ बालिका फेला परेको जिप्रकाका प्रहरी नायब उपरीक्षक श्यामबहादुर खत्रीले जानकारी दिनुभयो ।
गरिबी, सामाजिक विभेद, आर्थिक अभावलगायत विभिन्न कारणले गर्दा घर छाडेर जानेको संख्या जिल्लामा बढ्न थालेको छ । महिलाले प्रायः आर्थिक अवस्था कमजोर भएपछि धन कमाउन, श्रीमान्–श्रीमतीको सम्बन्ध राम्रो नभएर, परिवारका अन्य सदस्यसँगको बेमेल तथा घरेलु हिंसामा परेर पनि घर छाडेर जाने गरेको प्रनाउ खत्रीले वताउनुभयो ।
बालबालिका पढ्ने लेख्ने अवसरबाट वञ्चित हुनु, घरपरिवारको माया नपाउनु, साथीसंगीको लहलहै तथा बालविवाह गरेर पनि घर छाडेर जाने गरेका छन् । हराएकाहरुको खोजी प्रहरीले निरन्तर रुपमा गरिरहे पनि उनीहरु सम्पर्कमा आएका छैनन् । “हामीले खोजी कार्य निरन्तर गरिरहेका छौँ, निवेदन दिएका परिवारसँग पनि सम्पर्क गरेका छौँ तर उनीहरु अझै फेला पर्न सकेका छैनन्”, खत्रीले भन्नुभयो ।
हराएका महिलालाई देशका विभिन्न ठाउँबाट बेचबिखन, देहव्यापार, यौनधन्दालगायत क्रियाकलापमा देश बाहिर पठाउन लागेको भनेर कहीँ कतैबाट उद्धार गरेको सूचना तथा यस्तो कुनै पनि जानकारी प्राप्त नभएको खत्रीले बताउनुभयो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
असीऔँ जन्मदिनमा नोन्जोम कामीले पाइन् नागरिकता
-
इङ्लिस प्रिमियर लिगमा घरेलु टोली एभर्टनले लिभरपुरलाई हरायो
-
गुजरात टाइटन्समाथि दिल्लीको रोमाञ्चक जित
-
अर्थमन्त्रीले लिए बजेटबारे ७ पूर्व अर्थमन्त्रीसँग सुझाव
-
राहतको प्रतीक्षामा महोत्तरीका अग्निपीडित
-
कतारको चाहना ‘डोमेस्टिक वर्कर’, नेपालको चाहना ‘श्रम समझदारी रिभ्यू’