शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

धादिङमा पुस्तकालय स्थापना गर्न बेलायतमा च्यारिटी कार्यक्रम

शनिबार, १४ वैशाख २०७६, २३ : १६
शनिबार, १४ वैशाख २०७६

काठमाडौं– धादिङको नीलकण्ठ नगरपालिका १४ स्थित धुवाँकोटमा रहेको रातमाटे माध्यामिक विद्यालयमा पुस्तकालय स्थापनाको पहल थालिएको छ । 

सो क्षेत्रको लोकप्रिय मानिने रातमाटे माध्यामिक विद्यालयको पठन पाठन थप स्तरीय बनाउनुका साथै विद्यार्थीको पठन संस्कृतिलाई विकास गर्ने उद्देश्यका साथ पुस्तकालय स्थापनाको पहल थालिएको हो । 

त्यसका लागि बेलायतमा एक च्यारिटी कार्यक्रमको आयोजना गरिने भएको छ । नेप्लिज सेफ एशोसिएसन युकेको आयोजनामा आगामी मे १३ तारिखका दिन मिडल्याण्डमा च्यारिटी कार्यक्रमको आयोजना गर्न लागिएको हो । 

भूकम्पले ध्वस्त बनेको सो विद्यालय यसअघि पुनर्निर्माण सम्पन्न भइसकेपनि बजेट अभावमा पुस्तकालय निर्माणको उद्देश्य भने पुरा हुन सकेको छैन । 

भवन समेत बनिसकेर पनि रकम अभावले पुस्तकालय त्यसै अलपत्र रहेको पाइएपछि एशोसिएसनका संस्थापक अध्यक्ष तथा समाजसेवी कृष्ण तिमल्सिनाको पहलमा च्यारिटी कार्यक्रमको आयोजना गर्न लागिएको हो । 

एशोसिएसनमा तिमल्सिना नेतृत्व रहँदा नै सो स्कुलको पुस्तकालयलाई सहयोग गर्ने निर्णय भएको थियो । गत अप्रिल पहिलो साता एशोसिएसनमा दधि आचार्यको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएपछि पहिलो च्यारिटी गर्न लागिएको हो । 

संस्थापक अध्यक्ष तिमल्सिनाका अनुसार पुस्तकालयलाई करीब १० लाखको हाराहारीमा सहयोग गर्ने लक्ष्य लिइएको छ । जुन रकम पुस्तक खरिदलगायतका आन्तरिक व्यवस्थापनमा खर्च गरिनेछ । 

च्यारिटीमा नेपालबाट आउने राष्ट्रिय स्तरका कलाकारको भव्य प्रस्तुति समेत रहनेछ । बर्मिङहमको ओल्डवरीस्थित द स्यामसन ब्यांकेटिङ सुटमा हुने कार्यक्रममा चर्चित कलाकारहरु प्रिति आले, कुलेन्द्र बिक, अर्जुन काफ्ले, दीपाशा जलपरीलगायतको विशेष प्रस्तुती रहनेछ । कार्यक्रममा करीब ६ सय जनाको सहभागिता रहने अपेक्षा लिइएको छ । 

अहिले टिकट विक्रीका साथै विभिन्न सहयोगदाता र प्रयोजकहरुबाट समेत कोष संकलनको काम भइरहेको आयोजकले जनाएको छ । कार्यक्रममा १० पाउण्डको टिकट तय गरिएको छ भने ५ देखि १० वर्ष मुनीका बालबालिकाको हकमा ७ पाउण्डको तय गरिएको मिडल्याण्डका व्यवसायी कृष्ण ढकालले जानकारी दिए । उनले कार्यक्रमलाई सभ्व र भब्य ढंगले सम्पन्न गर्न आफूहरु लागिपरेको पनि जानकारी दिए । 

सेफ एशोसिएसन बेलायमा क्रियाशिल सबै नेपाली सेफहरुलाई संगठित गर्ने प्रमुख लक्ष्य बोकेको संस्था हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी डेस्क
रातोपाटी डेस्क

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो  । 

लेखकबाट थप