मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

पिउने पानी पनि कसरी हानीकारक हुन सक्छ ?

शनिबार, १४ वैशाख २०७६, ०८ : २५
शनिबार, १४ वैशाख २०७६

धरै मानिसहरुले विभिन्न आपत विपतबाट बच्नका लागि पानी जम्मा गरेर राख्ने गर्छन् । सुख्खायाममा पानीको हाहाकारबाट बच्नका लागि धेरैले यसो गर्ने गरेको पाइएको छ । अझ ग्रामीण भेगमा यस्तो गर्ने गरेको पाइएको छ । तपाईंले पनि यसरी नै पानी जोगाएर राख्नु भएको छ भने एकपटक होसियार हुनुहोस् किनभने यसरी जम्मा गरेर राखेको पानी हनिकारक हुन सक्छ ।

विभिन्न अध्ययनपछि थाहा लागेको तथ्य के हो भने जम्मा गरेर राखेको पानी मुख्य गरेर दुई तरिकाले हानीकारक हुन सक्छ । जसमध्ये पहिलो त तपाईं आफैले पनि परीक्षण गरेर हेर्न सक्नु हुन्छ । एउटा भाँडोमा धाराबाट पानी थापेर राख्नु होस् अनि धेरै दिनको लागि त्यसलाई त्यतिकै छाडी दिनु होस् । केही दिनपछि त्यहाँ तपाइँ लामखुट्टेको लार्भा, लेउ आदि पाउन सक्नुहुन्छ । सायद कोही पनि यस्तो पानी पिउन चाहँदैन होला ।

यो परीक्षणबाट के थाहा हुन्छ भने खुल्ला रुपमा पानीलाई सङ्कलन गरेर राख्दा त्यहाँ विभिन्न व्याक्टेरिया र एल्गी जीवहरु पैदा हुन्छन् । त्यसैले तपाईंसँग त्यस्तो पानीलाई सफा गर्ने कुनै साधन छैन भने त्यसरी पानी संकलन गर्नुको कुनै फाइदा नै छैन । यस्तो पानीलाई सफा र शुद्ध बनाउन विभिन्न तरिकाहरु प्रयोग गर्न सकिन्छ । जसमा चुनाऽ क्लोरिन वा आयोडिनको प्रयोग आदि हुन सक्छन् ।

अर्को कारणले पनि यसरी संकलन गरेर राखिएको पानी हानिकारक हुन सक्छ । कुनै भुलवस त्यो पानीमा कुनै विषालु पदार्थ पर्‍यो भने वा कुनै फोहोर वस्तु पर्‍यो भने त्यसले पुरै पानीलााई विषालु र फोहोर बनाइदिन्छ । त्यस्तो कुरा हाम्रो नाङ्गो आँखाले नदेख्न पनि सक्छ । हामीले त्यस्तो पनी खायौँ भने हामीलाई विभिन्न रोगहरु लाग्न सक्छ । कहिलेकाहीँ यसले हाम्रो ज्यान पनि लिन सक्छ । कहिलेकाहीँ भाडाँ आफै पनि विषालु हुनसक्छ । विशेष गरेर लिड अर्थात् सिसाबाट बनेको भाँडा विषालु हुन्छन् । त्यसैले पानी संकलन गर्दा काँच, स्टेन्लेस स्टील र प्लास्टिकको प्रयोग गर्नुपर्छ ।

यसरी फोहोर पानीबाट हुने हानीबाट बच्ने उपाय हो पानीलाई उमालेर खाने । यो सबैभन्दा सजिलो सस्तो उपाय पनि हो । फिल्टर आदिको प्रयोग गरेर पनि पानीलाई शुद्ध बनाउन सकिन्छ । पानी संकलन गरेर राख्दा पनि सफा भाँडामा बिर्को लाएर राख्नु पर्छ । यसो गर्‍यौँ भने हामी विभिन्न हानीकारक रोगहरुबाट बच्न सक्छौँ ।

Photo: https://apexwaterfilters.com

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप