शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

‘शंखधर’ उपन्यास सार्वजनिक

शुक्रबार, १३ वैशाख २०७६, १८ : २४
शुक्रबार, १३ वैशाख २०७६

काठमाडौं– नेपाल संवतका प्रवर्तक शंखधर साख्वाः मा आधारित उपन्यास ‘शंखधर’ सार्वजनिक गरिएको छ ।  नेपाल संवत आन्दोलनका अगुवा मल्ल के सुन्दरद्वारा लिखित सो उपन्यासको शुक्रबार संस्कृतिविद् सत्यमोहन जोशीले काठमाडौंमा एक कार्यक्रमका बीच सार्वजनिक गरेका हुन् ।

उपन्यासमाथि प्रकाश पार्दै प्राध्यापक अभि सुवेदीले राष्ट्रिय विभूति शंखधर साख्वाःको ऐतिहासिक व्यक्तित्वलाई उपन्यासमा चित्रण गरिएको स्पष्ट पारे । उनले उपन्यासमा शंखधर साख्वाःले तत्कालीन अवस्थाका काठमाडौंका जनताको ऋण तिरिदिएर गर्नु भएको सेवाभावलाई उजागर गरिएको पनि बताए ।

राष्ट्रिय विभूति शंखधर साख्वाः तत्कालीन अवस्थामा लासामा सुनको व्यापार गर्थे । सो व्यापारबाट आर्जन भएको सम्पत्ति उहाँले काठमाडौं उपत्यकाका जनतालाई ऋणबाट मुक्त बनाउन खर्च गरिएको ऐतिहासिक तथ्यलाई उपन्यासमा समावेश गरिएको छ ।

उपन्यासमा राष्ट्रिय विभूति शंखधर साख्वाःले आगलागीमा परेका तत्कालीन काठमाडौं उपत्यकाका जनतालाई गर्नु भएको सेवा भावको पनि चर्चा गरिएको छ । नेपाल संवतका प्रवर्तक राष्ट्रिय विभूति शंखधर साख्वाःको व्यक्तित्वमाथि प्रकाश पारिएको सो उपन्यासको प्रकाशन राष्ट्रिय विभूति शंखधर साख्वाः प्रतिष्ठानले प्रकाशन गरेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप