मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

आमा पासाङ ल्हामुको सपना पछ्याउदै छोरी

शुक्रबार, १३ वैशाख २०७६, १७ : ०७
शुक्रबार, १३ वैशाख २०७६

काठमाडौं –पासाङ ल्हामु शेर्पा पर्वतारोहण प्रतिष्ठानको जिम्मा शेर्पाकी जेठी छोरी दावाफुटी शेर्पाले लिएकी छिन् । बुधबार धुम्वारहीमा भएको प्रतिष्ठानको साधारणसभाबाट उनी अध्यक्षमा निर्वाचित भएकी हुन् । 

पर्वतारोहण क्षेत्रलाई सुधार गर्ने र महिलाको समानताकाका पक्षमा केही गर्नु पर्छ भन्ने अनेकन सपना अधुरै बनेपछि आमाको सपना पछ्याउन संस्थाको जिम्मेवारी सम्हालेको उनले बताइन् । अनेकन सपना बोकेर सर्वोच्च शिखर सगरमाथा (८,८४८ मि) को आरोहण गरी फर्कने क्रममा पासाङ ल्हामुको मृत्यू भएको थियो । जीवनको माया नगरी सामानताको पक्षमा अभियान चलाउने लक्ष्यले सगरमाथा आरोहण गर्ने उनी नेपालकै पहिलो आरोही महिला बनिन् तर जिवित फर्कन नसके पछि उनको इच्छाहरु पुरा हुन सकेनन् । 

पर्वतारोहण क्षेत्रका समस्याहरु, हिमाली क्षेत्रका यथार्थमा देखिने गरिवीसँगै शिक्षा, स्वास्थ्यलाई सहयोग गर्ने, आममहिलामा देखिएका समस्याहरु, समानताका आजाव, शिक्षा, रोजगारी जस्ता समस्यालाई सहयोग गर्न संस्था लागि पर्ने अध्यक्ष दावाले बताइन् । हिमाल आरोहण आफैमा मृत क्षेत्र भएकाले मृत्यू स्वभाविक थियो तर देखेको सपना र इच्छालाई पुरा गर्न संस्थाले अगुवा भूमिका खेल्ने छ, उनले भनिन् । 

३२ बर्षको उमेरमा २०५० बैसाख १० गते सगरमाथाबाट फर्कने क्रममा साउथकोलमा आरोही पासाङ ल्हामुको हिमपहिरोमा परी मृत्यू भएको थियो । 
साधारणसभाले प्रथम उपाध्यक्ष सिताराम सापकोटा, द्धितिय उपाध्यक्षमा नाम्गेल शेर्पा, महासचिवमा छेटु शेर्पा लगायत ११ सदस्सीय कार्यसमिति चयन गरेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप