शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

काष्ठमण्डपको खटमा चढेर प्रधानमन्त्री ओलीको अभिवादन (फोटोफिचर)

बिहीबार, १२ वैशाख २०७६, १५ : २९
बिहीबार, १२ वैशाख २०७६

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली बिहीबार दिनभरजसो २०७२ मा गएको भूकम्पपछिको पुनर्निर्माणसँग सम्बन्धित कार्यक्रममा व्यस्त बने ।

त्यहीँ क्रममा उनले पुनर्निमाण भइरहेको त्रिपुरेश्वरको त्रिपुरासुन्दरी मन्दिर, बसन्तपुर क्षेत्रको काष्ठमण्डप लगायतका विभिन्न मन्दिरहरुको निरीक्षण गरे ।

बिहीबारै प्रधानमन्त्री ओलीले बसन्तपुर दरबार क्षेत्रमा रहेको शिव मन्दिरको उद्घाटन गर्नुका साथै पुनर्निर्माण भइरहेको काष्ठमण्डपमै पुगेर अभिवादन गरेका थिए । त्यसपछि उनले पुनर्निर्माणमा भइरहेको प्रगतिप्रति खुशी व्यक्त गरे ।

‘पुनर्निमाणमा संलग्न नेतृत्व र समग्र टीमको उत्साह र विश्वास हेर्दा खुशी लाग्यो । आगामी १८ महिनामा विशेष कार्यसम्पन्न गर्ने अठोट धेरै खुशी लाग्यो’ प्रधानमन्त्री ओलीले काष्ठमण्डप निर्माण समितिको उपस्थिति पुस्तिकामा लेखेका छन् । त्यस्तै उनले काष्ठमण्डप निर्माणमा प्रयोग भएका पाँचौ शताव्दीका काठ आज पनि प्रयोग हुन सक्ने अवस्थामा रहेको र उपयोग भएको पाउँदा आफुलाई आश्चार्यमिश्रित खुशी लागेको पुस्तिकामा लेखेका छन् ।

यसअघि उनले गोरखा भूकम्पको चौथो स्मृति सभाको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै केही सम्पदाबाहेक निजी आवास र सरकारी भवनहरु २० महिनाभित्र पुनर्निर्माण भइसक्ने बताएका थिए । 


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप