शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

जिब्रोमा मात्र ५० जना मानिसहरु उभिन सकिने विशाल प्राणी

बिहीबार, १२ वैशाख २०७६, ०१ : २७
बिहीबार, १२ वैशाख २०७६

संसारको सबैभन्दा ठुलो प्राणी कुन हो ?

यही प्रश्न तपाईंलाई गर्ने हो भने यसको उत्तरमा तपाईं हात्ती, डायनासोर, गोही आदि भन्नुहुन्छ होला । तर संसारको सबैभन्दा ठूलो प्राणी डायनासोर, हात्ती नभएर समुद्रमा पाइने ब्लु ह्वेल हो ।

वयस्क ब्लु ह्वेललाई टाउकोदेखि पुच्छरसम्म नाप्ने हो भने त्यसको लम्बाई ७५ फिट (२३ मिटर) देखि १०० फिट (३०.५ मिटर) सम्म पुग्छ । जुन ८ देखि १० तलाको घर जत्रो हुन्छ । यसको तौल भने करिब १५० टन (१३६ मेट्रिक टन) हुन्छ । यो करिब ११२ वटा ठूला जिराफहरुको तौल बाराबर हुन्छ ।

 तर आजभोली ब्लु व्हेलको औसत लम्बाई करिब ७५ देखि ८० फिटको मात्र हुन्छ । व्हेलको सिकार गर्नेहरुले १७६,७९२ के.जी. सम्मको ब्लु व्हेलको सिकार गरेका छन् ।

पोथी ब्लु व्हेलको तौल भाले ब्लु व्हेलको तौलभन्दा धेरै हुन्छ । पोथी ब्लु ह्वेलको टाउको निकै ठूलो हुन्छ । त्यसको जिब्रोमा मात्र ५० जना मानिसहरु उभिन सक्छन् । त्यसको मुटु पनि एउटा सानो कार जत्रो हुन्छ । त्यसको मुटुबाट रगत बोक्ने आटर्रीमा त हामी सजिलै अँट्न सक्छौँ । ब्लु व्हेलको बच्चा पनि अन्य प्राणीहरुको तुलनामा निकै ठूलो हुन्छ । जन्मदै त्यसको बच्चाको लम्बाई २५ फिटको हुन्छ । त्यसको वजन पनि जमिनमा पाइने हात्तीको भन्दा धेरै हुन्छ । तिनीहरु बढ्ने प्रक्रिया पनि निकै चाँडो हुन्छ । जन्मेको ७ महिनासम्म, ब्लु व्हेलको बच्चाले प्रति दिन त्यसको आमाको करिब १०० ग्यालन (३७९ लिटर) दुध पिउने गर्छ । जसले गर्दा प्रत्येक २४ घण्टामा त्यसको वजन २०० पाउण्ड (९१ केजी) ले वृद्धि भइरहेको हुन्छ ।

ब्लु व्हेलले आहाराको रुपमा मुख्यत: क्रिल नामक समुद्री प्राणीलाई खान्छ । एउटा व्यसक ब्लु व्ह्लेले प्रति दिन ४ टनसम्म क्रिल खान सक्छ ।

यसले गर्दा ब्लु व्हेल जमिनमा बस्ने अन्य प्राणीहरुभन्दा पनि ठूलो हुन्छ । धेरै मानिसहरु डायनासोरलाई अहिलेसम्मकै सबैभन्दा ठूलो प्राणी मान्छन् । तर डायनासोरको सबैभन्दा ठूलो प्रजाति, साउरोपोड अर्जेन्टिनोसोरसको वजन करिब ८१,६४७ के.जी मात्र हुन्छ । जुन वयस्क ब्लु व्हेलको वजनको आधा मात्र हो ।

एक पटक संसारमा दुई लाख ब्लु व्हेलहरु रहेको विश्वास गरिन्थ्यो । तर अहिले करिब १०,००० वटा ब्लु व्हेलहरु मात्र यस संसारमा रहेका छन् । सन् १९६० देखि ब्लु व्हेलको अत्याधिक रुपमा सिकार गर्न थालियो । त्यसै कारणले गर्दा तिनीहरुको संख्यामा धेरै कमी आउन पुग्यो ।

जनवार सम्बन्धी अन्य केही रोचक तथ्यहरु :

सबैभन्दा ठूलो प्राणी  : ब्लु व्हेल

सबैभन्दा ठूलो आवाज निकाल्ने प्राणी  : ब्लु व्हेल

जमिनमा बस्ने सबैभन्दा ठूलो प्राणी : अफ्रिकी हात्ती

सबैभन्दा अग्लो स्तनधारी :   जिराफ

सबैभन्दा छिटो कुद्ने प्राणी : चिता

सबैभन्दा चाँडो उड्ने : पेरेग्राइन फाल्कोन

सबैभन्दा सानो स्तनधारी : बम्बल बि चमेरो

 Photo: https://www.treehugger.com

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप