शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

लोकतन्त्र : बच्चासहित आमा पक्राउ, कसैलाई छाड्दै पक्रिँदै

बुधबार, ११ वैशाख २०७६, २० : १५
बुधबार, ११ वैशाख २०७६

बुटवल । संयोग बुधवार लोकतन्त्र दिवसकै दिन रुपन्देहीमा राजनैतिक आस्थाका आधारमा ५ वर्षीया बालिकासहित एक महिला पक्राउ परेकी छन् । 

त्यस्तै गुल्मी हिरासतमा रहेकी विप्लव माओवादीका जिल्ला सेक्रेटरी खिम खड्का ५३ दिनपछि आज १५ हजार धरौटीमा छुटेलगत्तै उनलाई प्रहरीले पक्राउ गरि फेरी हिरासतमा लिएको छ ।

उता रुपन्देही घरमा रहेकी ५ वर्षीया बालिका छोरीसहित विप्लव माओवादीकी जिल्ला सदस्य तथा महिला संगठनकी केन्द्रिय सदस्य कल्पना सुवेदीलाई पनि मध्यरातमा पक्राउ गरि आज लोकतन्त्र दिवसकै दिन म्याद थपेर हिरासतमा ल्याइएको छ ।

सो पार्टीको रुपन्देही जिल्ला कमिटीले विज्ञप्तीमार्फत लोकतन्त्रमा राजनैतिक आस्थाकै आधारमा ५ बर्षको सन्तानसहित रातको समयमा रुपन्देहीकी महिला नेतृ सुवेदी पक्राउ गरिएकोप्रति खेद प्रकट गरेको छ । 

पक्राउ परेका नेता कार्यकर्ताहरु तत्काल रिहा नगरे सरकारविरुद्व कडा संघर्षमा उत्रने चेतावनी समेत दिएको छ । गुल्मीका सेक्रेटरी खिम खड्का पक्राउ परेको फागुन १९ गते हो । जबकी पार्टीमाथि प्रतिबन्ध समेत लगाइएको थिएन ।  

पक्राउ परेको २६ दिनमा उनलाई १० हजार धरौटीमा छाड्ने प्रमुख जिल्ला अधिकारी यदुनाथ पौड्लले फैसला गरे । प्रहरीले फेरी उनलाई पक्राउ ग¥यो । त्यसको २७ दिनपछि आज बुधबार १५ हजार धरौटी बुझेर छाडियो । तर  प्र.जि.अ.को कार्यकक्षबाट बाहिर निस्कनसाथ उनलाई फेरी पक्राउ गरि प्रहरीले हिरासतमा राखेको छ ।

पछिल्लो अवधीमा विप्लप माओवादीका नेता कार्यकर्ताहरुमध्ये प्रदेश ५ मा ख्डका सबैभन्दा लामो समय प्रहरी कस्टडीमा रहने कार्यकर्ता हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप