हाइटीमा नेपाल प्रहरीका हबल्दारमाथि कुटपिट, एसएसपी यादवले मिल्न दिए दवाव
काठमाडौं । क्यारेबियन मुलुक हाइटीस्थित राष्ट्रसंघीय शान्ति मिसनमा गएका नेपाल प्रहरीका हबल्दारमाथि प्रहरी जवानले कुटपिट गरेका छन् । कुटपिटबाट प्रहरी हबल्दार प्रविण मोक्तान गम्भीर घाइते भएका छन् ।
नेपाल प्रहरीका जवान ब्यास प्रसाद कानुले मंगलबार (अप्रिल २३) मा नेपाल एफयू पुलिस २३ औं कन्टीजेनर कमाण्डरको आडमा रहेर मोक्तानमाथि कुटपिट गरेको बताइएको छ । मोक्तानको आँखा सुनिएको छ भने टाउकोमा गम्भीर चोट लागेको छ ।
आउँदो मे को फस्टमा मिसन सकिँदैछ । उक्त मिसनको कमाण्ड एसएसपी सुशील कुमार यादवले गरेका छन् । नेपाल एफयू पुलिस २३ औं कन्टीजेनर कमाण्डर यादवले घटनाबारे दोषीलाई कारबाही गर्नुको साट्टो मिल्नको लागि दवाव दिएको बताइएको छ ।
उक्त ठाउँमा लेभल अन अस्पताल मात्र छ । त्यहाँ सिटी स्क्यान र एमआरआई गर्ने सुविधा छैन । त्यसैले अहिलेसम्म गम्भीर घाइते भएका मोक्तानको उपचार हुन सकेको छैन । न त, एसएसपी यादवले नै चासो दिएका छन् ?
एसएसपी सुशील कुमार यादव ।
ब्यास प्रसाद कानुको विगत कोट्याउँदा...
द्वन्द्वकालमा ब्यास प्रसादले नेपाल प्रहरीमा जागिर खाएका थिए । नैतिक आचरण ठिक नभएका कानु जागिर खाएको केही वर्षमै निलम्बनमा परे । पछि जागिरबाटै बर्खास्त भए ।
प्रहरीको जागिरबाट बर्खास्त भएका कानु विदेश गए । विदेश गएर केही रकम बचत गरेर फर्किएका कानु फेरी प्रहरीको जागिरमा नै जोडिए । जागिरमा जोडिएका कानुलाई प्रहरी संगठले मिसनमा पठायो ।
मोक्तानमाथि हातपात गरेपछि उनीसँगै संगठनमाथि विभिन्न प्रश्नहरु उठ्न थालेको छ । त्यस्तो मान्छे पछि मिसनमा कसरी चयन भयो ?, पैसा खुवाएर मिसनमा गएको जस्तो तर्कहरु बाहिर आएका छन् ।
कुटपिटको कारण यस्तो हुनसक्छ ?
एसएसपी यादवको कमाण्डरमा १४० जनाको टोली छ । १४० जनालाई रासनभत्ता ल्याइदिने इन्डियन ठेकेदार छ । ब्यास प्रसाद हाकिमको नजिकको भएपछि सबै कुरा हस्तक्षेप गर्ने गरेको मिसनमा गएका एक प्रहरीले बताए ।
स्रोतका अनुसार हाकिमले पनि ब्यासले गर्ने गरेको हस्तक्षेपबारे केही भन्दैनथे । सोही आधारमा रासनभत्तामा चलखेल भएको मोक्तानले थाहा पाएपछि ब्यासले कुटपिट गरेको हुनसक्ने बताइएको छ । ब्यासले हाकिमको नाम लिँदै अरुलाई थर्काउने गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
राप्रपाका पूर्वकेन्द्रीय सदस्य बलबहादुर केसीको निधन
-
दुई जनालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश
-
औलोका ८० प्रतिशत बिरामी भारतबाट भित्रिन्छन्
-
विशिष्ट व्यक्तिलाई उपलब्ध गराइएका सुरक्षाकर्मीहरू बाहेक अन्यलाई फिर्ता बोलाउन गृहको निर्देशन
-
श्रीलङ्काका लागि बीआरआई परियोजना सेतो हात्ती : तलाल रफी
-
मलामी जाँदा भेरीमा डुबेका व्यक्तिको खोजीमा गोताखोर परिचालन