शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

आर्थिक वृद्धिदर कायमै हुने गरी बजेट निर्माण गर्न राष्ट्र बैंकको आग्रह

बुधबार, ११ वैशाख २०७६, १९ : ४२
बुधबार, ११ वैशाख २०७६

काठमाडौं– नेपाल राष्ट्र बैंकले उच्च आर्थिक वृद्धिदर कायमै हुने गरी बजेट निर्माण गर्न आवश्यक सुझाव दिन सरोकारवाला निकायलाई आग्रह गरेको छ । 

नेपाल राष्ट्र बैंकका गभर्नर डा.चिरञ्जीवी नेपालले तीन वर्षयता लगातार कायम हुँदै आएको उच्च आर्थिक वृद्धिदरलाई कायमै हुने गरी सरकारलाई आगामी आर्थिक वर्षको बजेट निर्माणमा आवश्यक सुझाव दिन सरोकारवाला निकायलाई आग्रह गरेका हुन् ।

बुधबार काठमाडौंमा आगामी आर्थिक वर्षको बजेटका लागि आयोजना गरिएको ‘प्रि बजेट’ छलफल कार्यक्रममा बोल्दै उनले व्यापार घाटा कम गराउने विषयमा पनि सरकारलाई सुझाव दिन सम्बन्धित पक्षहरुको ध्यानाकर्षण गराए ।

गभर्नर नेपालले विपद व्यवस्थापनका लागि आवश्यक बजेटको व्यवस्था गर्ने विषयमा पनि सरकारलाई परामर्श दिनुपर्ने खाँचो पनि औंल्याउनु भयो । सरकारले आगामी आर्थिक वर्षको बजेट आगामी जेठ १५ गते सार्वजनिक गर्दैछ । नेपाल राष्ट्र बैंकले बजेट ल्याउन सरकारको प्रमुख सल्लाहकारको भूमिका निर्वाह गर्ने गर्दछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप