शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

भारतीय नेता हार्दिक पटेलले दिएको अभिव्यक्तिविरुद्ध नेपालीहरुले गरे प्रदर्शन

बुधबार, ११ वैशाख २०७६, १९ : २८
बुधबार, ११ वैशाख २०७६

काठमाडौं– भारतको प्रमुख प्रतिपक्षी दल काँग्रेस आइका नेता हार्दिक पटेलको विरोधमा नेपालीहरुर्ले  प्रदर्शन गरेका छन् ।  हिजो भारत गुजरातको भिरामगाममा भोट हालेलगत्तै नेता पटेलले दिएको अभिव्यक्तिले नेपालीहरुको बेइज्जत भएको भन्दै उनको विरुद्धमा प्रदर्शन भएको हो ।

मतदान गरेलगत्तै नेता पटेलले भनेका थिए, ‘चौकिदार चाहिए म नेपालमा गएर खोज्न सक्छु, मलाई देशमा प्रधानमन्त्री चाहिएको छ जसले अर्थव्यवस्था, शिक्षा तथा युवा जवानलाई मजबुत बनाउन सकोस् । मलाई चौकिदार होइन प्रधानमन्त्री चाहिन्छ ।’ 

उनको यो अभिव्यक्तिपछि भारत र नेपालमा उनको चौतर्फी विरोध भइरहेको छ । भारतमा रहेका नेपालीहरुले उनको विरोधमा प्लेकार्डसहित प्रदर्शन गरेका छन् । गत शुक्रवार उनलाई एक सर्वसाधारणले झापड समेथ हानेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप