शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

‘प्रेम गीत–३’को यस्तो छ फष्टलुक, रिलिज २८ चैत्र

बुधबार, ११ वैशाख २०७६, १८ : ४५
बुधबार, ११ वैशाख २०७६

काठमाडौंं– पछिल्लो समय फिल्म निर्माण पहिले फष्टलुक र रिलिज मिति घोषणा गर्ने ट्रेन बढ्दो छ । यस्तै ट्रेन प्रेमकथामा बन्न लागेको फिल्म ‘प्रेम गीत–३’ ले पनि पछ्याएको छ । निर्माण ब्यानर आसुसेन फिल्मस्ले ‘प्रेम गीत–३’ को एक पोष्टर फष्टलुकको रुपमा सार्वजनिक गर्दै आगामी २८ चैत्र प्रदर्शन मिति समेत सार्वजनिक गरेको छ । 

‘चंखे शंखे पंखे’, ‘प्रेम गीत’, ‘प्रेम गीत २’, ‘मेरी मामु’ पछि आसुसेन फिल्मस्ले यो निर्माण गर्न लागेको हो । यो फिल्मलाई ‘प्रेम गीत’को तेस्रो सिरिज रुपमा निर्माण गर्न लागिएको हो । छेतेन गुरुङ र सन्तोष सेनले संयुक्त रुपमा यसको निर्देशन गर्दैछन् । 

फिल्मका लागि कलाकार छनोटदेखि मुख्य टिम फाइनलसम्मका कार्य भइसकेका छन् । तर चलचित्रको बारेमा सबै जानकारी छिट्टै एक कार्यक्रम गरेर गराउने दुई निर्देशक मध्यका एक सन्तोष सेनले बताए । ‘ प्रेम गीत–३ लाई बिगतमा हामीले निर्माण गरेका फिल्महरु जस्तै अझै धेरै मिहेनत गरेर ल्याउनेछौ’ सेनले भने ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप