शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

दुर्व्यवसनीले लियो आफ्नै ज्यान

बुधबार, ११ वैशाख २०७६, १७ : २६
बुधबार, ११ वैशाख २०७६

जनकपुर । दुर्व्यवसनीमा फसेका एक युवकलाई सुधार केन्द्रमा भर्ती गरेको अर्को दिन नै आत्महत्या गरेको घटना सार्वजनिक भएको छ ।

जनकपुरस्थित रिलिफ नेपाल नामक सुधार केन्द्रमा सर्लाही ईश्वरपुर नगरपालिका – ५ फुलजोर बस्ने ४५ वर्षीय राजन घिमिरे सिलिङ पंखामा झुण्डिएर आत्माहत्या गरेपछि रिलिफ नेपालका सञ्चालक सुमित जलानले मृतकका परिवारजनलाई उक्त घटनाबारे जानकारी गराएका थिए ।

तर आक्रोशित पीडित परिवारले राजनको हत्याबारे जानकारी पाएलगत्तै आज सर्लाहीबाट जनकपुर आइपुगेका उनीहरुले जनकपुर जालान मेडिकलको औषधी पसल तोडफोड गर्दै कार्यरत कर्मचारीलाई समेत कुटपिट गरेका छन् ।

तनाव सिर्जना भएपछि अवस्थालाई नियन्त्रणमा लिन अहिले जालान मेडिकल हलमा नेपाल प्रहरी र सशस्त्र प्रहरी खटाइएको छ ।

जालान मेडिकल हलका सञ्चालक सुमित जलानले घटना भएको एक घण्टाभित्रै मृतक परिवारजन तथा प्रहरीलाई समेत खबर गरेको जानकारी दिए । 

उनले हिजो राति कोही नआएपछि हामीले शवलाई सुधार केन्द्रमै राख्यौं । र, आज बिहान परिवारका व्यक्ति र धनुषा प्रहरीको उपस्थितिमा शवको मुचुल्का उठाएर पोस्टमार्टमको लागि आज जनकपुर अञ्चल अस्पतालमा प्रहरीले लगेको उनले जनाए ।

जलान मेडिकल हलमा कार्यरत डा. शिरिष आर्याल, डा. नवीन साह, डा.सुरेन्द्र यादवले सञ्चालन गरेको सुधार गृहमा रहेको कोठामा रहेको सिलिङ पंखामा ओछ्याउने तन्नाले घाँटी बेरेर झुण्डिएको अवस्थामा मृत अवस्थामा फेला परेको थियो ।

यता धनुषा प्रहरीका प्रहरी नायब उपरीक्षक ज्ञानकुमार महतोले घटनाबारे थप अनुसन्धान भइरहेको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप