शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कटुवा पेस्तोल र गोली बरामद

बुधबार, ११ वैशाख २०७६, १७ : ००
बुधबार, ११ वैशाख २०७६

रौतहट-पर्रोहवा नगरपालिका-८ नेपाल-भारत सीमा नजिकबाट कटुवा पेस्तोल १ थान र सोको गोली १ थान बुधबार बिहान प्रहरीले बरामद गरेको छ । 

जिल्ला प्रहरी कार्यालय र अस्थाई प्रहरी पोष्ट मोतीपुर नरकटियाबाट संयुक्त रुपमा खटिएको प्रहरीले चेकिङ गर्ने क्रममा प्रहरी टोलीलाई देख्नासाथ अपरिचित २ जना व्यक्तिहरु गम्छा छोडी भागेकोले गम्छाभित्र उक्त कटुवा पेस्तोल र सोको गोली फेला पारी बरामद गरेको हो । 
    
फरार व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाइएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप