केन्द्रीय संस्करण
सन्दर्भ : लोकतन्त्र दिवस

‘अनुदारवादी र असक्षम नेतृत्वले ‘मुलुक’को गाडी भीरबाट खसाल्छ’

‘सरकार र प्रतिपक्षी प्रमुखको ‘स्टेटमेन्ट’ले नागरिक चिन्तित छन्’

person explore access_timeबैशाख ११, २०७६ chat_bubble_outline0

नेपालमा लोकतन्त्र स्थापनाको आज १३ वर्ष पूरा भएको छ । लोकतन्त्रको १३ वर्ष कस्तो रह्यो ? लोकतन्त्रपछि केके कुराको प्राप्ति भयो ? के हुन सकेन ? त्यसको कारण के हो ? लोकतन्त्रलाई अझै फराकिलो बनाउन आगामी दिनमा के गर्नु आवश्यक छ ? यी यस्तै प्रश्नमा केन्द्रित रहेर लोकतन्त्र स्थापनाको अग्रमोर्चामा रहेका नेपाली काँग्रेसका युवा नेता गगन थापासँग कुराकानी गरेका छौँ :

मुलुकमा लोकतन्त्र स्थापना भएको १३ वर्ष भयो । लोकतन्त्रका लागि तपाईंले पनि निर्णायक भूमिका खेल्नुभएको थियो । यो १३ वर्षलाई कसरी मूल्याङ्कन गर्नुभएको छ ?

आज लोकतन्त्र स्थापनाको १३ वर्षको मूल्याङ्कन गर्ने अवस्थामा दोस्रो संविधानसभाले संविधान नबनाएको भए वा संविधान बनाएर निर्वाचन नगराएको भए वा चुनाव गरेको तर मधेसको पार्टीले भाग नलिएर अहिले ठूलो आन्दोलन गरिरहेको भए वा त्यो भन्दाअघि काँग्रेस र एमालेले दुईतिहाइ बहुमत पुर्याएर संविधान बनाएको र माओवादीले मान्दिनँ भनेर अर्को विद्रोह गरिरहेकोको भए आज हाम्रो समीक्षाका लागि सबैभन्दा महत्त्वपूर्ण र पेचिलो विषय यही हुन्थ्यो । अरू सबै कुरा ठीक, हामी यहाँनिर चुक्यौँ भनिरहेका हुन्थ्यौँ । यी सबै कुरा भएको हुनाले आज हामी त्यसलाई आफै भएको हो, स्वतः भएको हो, यो कुनै अतिरिक्त उपलब्धि होइन् भनेर व्याख्य गरिरहेको छौँ ।

पहिला यहाँनिरबाट फरक ढङ्गले सोच्नुपर्छ भन्ने लाग्छ । हामीले वैशाख ११, २०६३ सालमा अब नेपालमा लोकतन्त्र भनेर घोषण गरौँ । त्यो बेलामा हाम्रो मनसिकतमा एउटा मार्गचित्र थियो । अब के हुन्छ ? माओवादीसँग शान्ति प्रक्रिया हुन्छ, त्यसपछि संविधानसभामा जान्छौँ, संविधान निर्माण गर्छाैँ । हामीबीच थुप्रै बाझिएका विषय छन्, तिनलाई टुङ्ग्याउनुपर्छ भन्ने थुप्रै कुरा थिए । । हामीले सोचोभन्दा पनि अप्ठ्यारो र पेचिलो बन्दै गयो । कुनै बेला हामी जातीय द्वन्द्वमा फस्ने हो कि भन्ने अवस्था आयो, धार्मिक द्वन्द्वमा फस्ने हो कि भन्ने अवस्था आयो । मधेसको विद्रोहलाई सम्हाल्नै सक्दैन कि भन्ने अवस्था आयो । यी सबै कुराका बीचबाट समय बढी लाग्यो । कष्टकर पनि भयो । साथै समय बढी लागेकाले साह्रै झन्झटिलो पनि लाग्यो । एउटै कुरामा वर्षौंसम्म सुनिराखेका छौँ भन्ने पनि लाग्यो । तर मलाई हामी जस्तो सोचेका थियो । जस्तै संविधान, संविधानले गरेको व्यवस्था जे कुरा भनेका थियो, मूलतः हामी यही कुरामा छौँ, यही बाटोमा छौँ । हामी पटक पटक ठूलो दुर्घटनाबाट जोगियौँ । यो भन्र्दै गर्दा के पनि विर्सिनु हुँदैन भने नेपाल जस्ता थुप्रै मुलुकहरु यसरी वैशाख ११ को ठाउँमा पुगेका छन् । अनुदार शाषकलाई पराजित गरेको, विद्रोहीसँग सम्झौता गरेको ।

तपाईंले १३ वर्ष कस्तो रह्यो भन्नेर भन्दा ठूलो दुर्घटनामा पर्ने कुरामा तै विसेक भनेर सन्तोष मान्ने अवस्था छ । र भोलिका निम्ति हामी पूरा निरास भइहाल्नुपर्ने अवस्था छैन । एउटा आधार बनेको छ । तर त्यसलाई सतही ढङ्गले भन्दा आधार बनेको छ । गरिहाल्छौँ भन्ने छैन । हामीले गर्न सकेकै छैनौँ ।

हाम्रो त अलि विचित्रको छ नि एकै पटक अनदार शासक तानाशाहलाई परास्त गरेको र प्रजातन्त्रिक व्यवस्था मान्दिनँ भन्ने विद्रोही सँगसँगै आएका दुईवटैलाई एकै चोटि लिएर जानुपर्ने ? बडो विचित्रको हाम्रो अवस्था थियो । तर योभन्दा पनि कम पेचिलो अवस्थामा रहेका ती देशहरु वैशाख ११ को ठाउँमा पुगे । तर चाँडै उनीहरुले जोखिमतालाई सम्हाल्न नसकेर दुर्घटनामा पुगे । कोही जातीय युद्धमा फसे, कोही धार्मिक युद्धममा फसे, कोही तुरुन्तै अनुदार लोकतन्त्रमा रूपान्तरण भए । हामी हेर्न सक्छौँ । अहिले धमाधम संविधान संशोधन गरेर २०३० सम्म राष्ट्रिपति बन्ने व्यवस्था ल्याउँदै छन् । कोही नाम मात्रको निर्वाचन गर्दैछन् । यी सबै कुराबाट आएर मूल बाटोमा छु । यो एउटा सुखद कुरा हो । योसँग जोडिएको आर्को कुरा छ । १३ वर्ष भनेको थोरै समय होइन नि ? १३ वर्ष असाध्य लामो समय हो नि ? १३ वर्षअघि लोकतन्त्रको आन्दोलनमा आउँदै गर्दा त कस्तो सोचेर आएको थियो भने हाम्रो सत्ता सञ्चालन गर्नेसँग शासकीय क्षमता नै रहेन । त्यसले डेलिभरी गर्न सकेन । त्योसँग शक्ति छ, अख्तियार छ । तर त्यसको दुरुपयोग गर्यो । त्यसको सही विवेकसम्मत काम गर्न सकेन । त्यसले मेरो जीवनमा खुसीयाली ल्याउन सकेन । मलाई अवसर दिन सकेन भन्ने कुरा न थिए । लोकतान्त्रिक सत्ता आइसकेपछि यो बदलिन्छ । यसले मलाई अवसर दिन्छ, न्याय गर्छ, विभेद गर्दैन, सुशासन दिन्छ भन्ने आसा थियो नि ? ती अपेक्षाहरूको मानकमा दाजेर हेर्यौँ भने हामी कही खरो उत्रिएनौँ । १२, १३ वर्षमा मान्छेले यो सुशासनको अवधि हो भनेर सम्झन सक्छ, सम्झनै सक्दैन । यसले नयाँ अवसर सिर्जना गर्यो भनेर सम्झन पनि सक्दैन । यसले समाजभित्र रहेका विभेदका पर्खालहरुलाई पूर्णरूपमा नास गरिदियो भनेर पनि सम्झन सक्ने अवस्था छैन । यसले भ्रष्टाचारजस्ता कुराबाट अवतरण गरायो भन्ने अवस्था पनि छैन । यस्तै हाम्रा प्रशासनिक निकायहरु पहिले कम प्रभावकारी थिए, अहिले यसले एकदमै राम्रो बनायो भन्ने  अवस्था पनि छैन । बरु पहिलेको भन्दा कमजोर बनायो भन्ने अवस्थामा पग्यौँ हामी । तपाईंले १३ वर्ष कस्तो रह्यो भन्नेर भन्दा ठूलो दुर्घटनामा पर्ने कुरामा तै विसेक भनेर सन्तोष मान्ने अवस्था छ । र भोलिका निम्ति हामी पूरा निरास भइहाल्नुपर्ने अवस्था छैन । एउटा आधार बनेको छ । तर त्यसलाई सतही ढङ्गले भन्दा आधार बनेको छ । गरिहाल्छौँ भन्ने छैन । हामीले गर्न सकेकै छैनौँ ।

हाम्रो आसय काम नगर्ने भन्ने होइन तर हामीले डेलिभरी नै गर्न सकिराखेका छैनौँ । जनतालाई खुसीयाली दिनै सकिराखेका छौँ । किन गरिसकिरहेका छैनौँ भन्ने कुरामा एक दिन छलफल गर्ने होइन । आधारभूत कुरामा कहाँनिर समस्या भएको छ भनेर भिजिट गर्ने बेला भयो भन्ने लाग्छ मलाई ।

तपाईंले भन्नुभयो गलत मनसाय छैन । त्यसो भए विगतको अपेक्षाअनुसार काम किन हुन सकेन ? सडकमा हुँदा विकास भएन, हामी गर्छौं भनेर कुर्लिने नेताहरुलाई सिंदरबार छिर्दा के कुराले रोक्यो ? कारण के हो ?

कुनै एउटा मात्र कारण छैन । यसका बहु कारण छन्, बहु आयम छन् । ६२ सालको परिवर्तनको लगत्तै पछाडि राजनीतिक दल, ६२ वैशाख  अगाडि यस्तो खालका थिए, ६३ वैशाख पछाडि यस्तो रूपान्तरण भए । यो कुनै निरन्तरता होइन । रूपान्तरण भए भनेर भनेको भए के हुन्थ्यो भनेर एउटा हाइपोथेटिकल कल्पना गरौँ । रूपान्तरण भनेको के हो त ? व्यक्तिका हिसाबले पनि ठूलो समूहले बिदा लिएको, दल सञ्चालनका हिसाबले पनि कार्यसञ्चालनमा ठूलो बदला आएको, दलभित्र आबद्ध हुने एउटा दलको सदस्य जुन कारणले आबद्ध भएको हुन्छ । त्यो कारण आधारभूत रूपमै परिवर्तन भएको र एउटा सामाजिक आन्दोलनमा आबद्ध भएको भन्ने ढङ्गबाट सोच्ने अवस्था आएको, दलहरुको लक्ष्य, काम गर्ने क्षमता बदलिएको थियो । एक छिनलाई मान्नुहोस्, मानौँ हामी । यो भएको भए अघि मैले भनेको डेलिभेरीको ठाउँमा केके परिवर्तन आउँथ्यो । धेरै ठूलो परिवर्तन आउने रहेछ । पात्र त हामी नै हो । सबैभन्दा बढी चुकेको कहाँ हो भन्दा थुप्रै ठाउँमा छ । जहाँ परिवर्तन आउँदा सबैभन्दा प्रभाव पर्ने भनेको राजनीतिक दल मलाई लाग्छ हामी सबैभन्दा बढी चुकेको त्यहाँ हो । जस्तै हामीले अहिले हेरौँ भने दुईवटा स्टेटमेन्टलाई राखौँ । प्रधानमन्त्री भन्नुहुन्छ एक वर्षमा यति समृद्धि आएको छ, यो समृद्धि नदेख्नेले गान्धारीको जस्तो पट्टी लगाएकाले नदेखेको हो । मलाई कसले के बोल्छ, त्यसमा मतलब छैन । म वास्ता गर्दैन । मलाई आलोचनाले केही फरक पार्दैन । प्रधानमन्त्रीको टिप्पणी । प्रमुख प्रतिपक्षी दलका नेताको टिप्पणी, हिजो भोट हाल्ने बेलामा नहाल्ने अहिले आएर काम गरिनस् भन्ने हामी दुईवटै टिप्पणीलाई राखेर हेरौँ । प्रधानमन्त्री मलाई भोट नहाल्ने मान्छे मलाई मन्न पाउँदैनौँ भन्नु हुन्छ । प्रमुख प्रतिपक्षी दलको नेता पनि मलाई भोट नहाल्ने मान्छे मेरो बारेमा बोल्न पाउँदैनौँ भन्नु हुन्छ । हामीले हेर्दा यही त हो अहिलेको लेटेस्ट स्टेटमेन्ट । यो कुरा उहाँहरुको व्यक्तिगत टिप्पणीको कुरा मात्र भएन । यो हाम्रो केसँग जोडिन आउँछ भने हाम्रो राजनीतिक दलहरु रूपान्तरण भएन भन्ने कुरासँग जोडिन आउँछ । सबै कुरामा परिवर्तन आउने रहेछ । यदि राजनीतिक दल रूपान्तरण भएको भए । त्यसमा हामीले असाध्य कम काम गर्यौँ । गर्दै गरेनौँ भने पनि हुन्छ । किनभन्दा ६२, ६३ को आन्दोलनको नेताहरु उहाँहरु नै हुनुहुन्थ्यो । पार्टीको उच्च तह हामीले भत्काउन आवश्यक ठानेनौँ । त्यसको निरन्तरता रह्यो । त्यो नै ठूलो समस्या हो जस्तो लाग्छ मलाई ।

यो उपलब्धिलाई केही पनि होइन भनेर ढिसमिस गर्नु हुँदैन । मैले सुरुमा पनि भने फेरि पनि दोहोर्याउँछु ।

यो राजनीतिक दलको कुरा रह्यो । हामी ६२, ६२ सालमा जुन रूपमा लोकतन्त्रिक व्यवस्था आइसकेपछि राजनीतिक दल र नागरिकले तत्कालीन अवस्थाको तानाशाही शासनबाट मुक्ति पाउने आशा गरिएको थियो । व्यवस्था फेरिए पनि अहिलेको अवस्थालाई हेर्दा तपाईं त्यो अवस्थाबाट पूर्ण रूपमा मुक्ति पाएको देख्नुभएको छ ?

 ६२/६३ सालभन्दा पहिले नेपालमा एकातिर राजाको शासन चलेको, एकातिर माओवादीको शासन चलेको बेला त्यतिखेरको जुन स्पेस थियो त्यो स्पेस जत्रो साँघुरो भए पनि के मत्लब भनेर सोच्ने हो भने अहिलेर पहिलेको अवस्था उस्तै उस्तै लाग्छ । तर वस्तुगत ढङ्गले त्यो बेलाको विश्लेषण गर्ने भने नागरिक अधिकारको हिसाबले, राजनीतिक अधिकार र बाँच्न पाउने कुराका हिसाबले पनि भयावह अवस्था थिएन र त्यो ? मुलुक गृहयुद्धको अवस्थामा थियो । त्यत्रो ठूलो हिंसात्म एउटा राजनीतिको चरणमा रहेको नेपाल र अहिले शान्ति पूर्ण चरणमा रहेको नेपाल छ । यो उपलब्धिलाई केही पनि होइन भनेर ढिसमिस गर्नु हुँदैन । मैले सुरुमा पनि भने फेरि पनि दोहोर्याउँछु । हाम्रो व्यवस्थालाई समावेशी बनाउने कुरामा संवैधानिक व्यवस्था, कानुनी व्यवस्था संरचना बनाउने कुरादेखि लिएर सबै कुरा भएको छ । ती कुरा पनि गौण होइन । आजको दिनमा यी ठूला उपलब्धि हुन् । तर यति भनिरहँदा नेपालमा महिलाको आँखाबाट हेरैँ भने, दलितको आँखाबाट हेर्यौँ भने आज जे अवस्था छ, त्यो अवस्था ठीक छ, छैन । योभन्दा धेरै कुरा हुनुपर्छ । तर ०६२ अगाडिको अवस्था र अहिलेको अवस्थाको तुलना गर्यो भने स्वाभाविक रूपमा अहिलेको अवस्था ठीक छ नि ?

त्यति बेला अपेक्षा त यति मात्र थिएन होला नि ?

अपेक्षा योभन्दा धेरै बढी थियो । योभन्दा धेरै बढी गर्नुपथ्र्यो । यो १३ वर्षमा मलाई सोध्नुहुन्छ भने यो १३ वर्षमा योभन्दा धेरै कुरा विगार्न सक्थ्यो, विग्रेन भन्ने कुराबाट सन्तोष मानिरहेको छु । किनकि त्यसले आशालाई जीवित बनाउँछ । सँगसँगै भित्रैबाट के कुरामा आक्रोश छ, छट्पटाहाट छ, असन्तुष्टि भने यो १३ वर्षमा योभन्दा बढी गर्न सकिन्थ्यो । एक त यो १३ वर्षको सङ्क्रमण पनि एकदमै लामो भयो । हामीले ३, ४ वर्षभित्र टुङ्ग्याउनुपथ्र्यौ । हामीसँग यो ७, ८ वर्षमा केही उपलब्धि भइसकेको हुन्थ्यो, यी विषयका सन्दर्भमा । अझ यो १ वर्ष बढी विग्रियो । गएको १ वर्षमा सबैभन्दा बढी राम्रो काम हुनुपर्ने थियो । यत्रो सङ्क्रमणको मुख्य मुख्य काम सम्पन्न भएका थिए । शान्ति प्रक्रिया, संविधान निर्माण, चुनावलगायतका कुरा टुङ्गिएपछि सबैभन्दा अनुकुल अवस्थामा सरकार आइसकेपछि गएको एक वर्ष हामी झन् डिटोरिएट भयौँ, दुईवटा कारणले गर्दा । एकातिर सबै कुरा भइसकेपछि हाम्रो लोकतन्त्रलाई बलियो बनाउला, सङ्घीयतालाई बलियो बनाउला, गणतन्त्रलाई बलियो बनाउला भनेको त सबै कमजोर हुँदै गए । एक वर्ष पहिलेभन्दा अहिले सङ्घीयतामाथि मान्छेको विश्वास उठेको छ, गणतान्त्रिक संरचनामाथि विश्वास उडेको छ । जसले झनझन कमजोर बनाउँदै लगेको छ । आर्कोतिर डेलिभरीको पाटोको कुरा छ । मान्छेमा खुसीको कुरा, भविष्यको कुरा, आशावादी हुने कुरा डगमगाउँदै गएको देखियो । यसअघि बरु नागरिकमा स्थिर सरकार थिएन । सरकार बदलिरहने भएर हो भन्ने थियो । यो पटकको निर्वाचन पछाडि बलियो सरकार आइसकेपछि मान्छेको अपेक्षा चुलिएको थियो नि ? त्यो पूरा नहुँदा त्यसले सिर्जना गरेको नैराश्यता र त्यो भन्दा पछि डरलाग्दो कुरा चाहिँ अघि मैले उदारहण दिएर भने प्रधानमन्त्रीले नयाँ वर्षको दिनमा सम्बोधन गर्दैगर्दा यो एक वर्षमा सोचेको जस्तो गर्न सकिनँ । तपाईंका थुप्रै अपेक्षा पूरा गर्न सकेको छैन । केही कुरा गरेको छु । यो वर्ष नयाँ पूरा गर्ने प्रयास गर्ने छु भनेको भए पनि ठीक छ भन्ने हुन्थ्यो । प्रधानमन्त्री भने योभन्दा राम्रो हुनै सक्दैन भनिराख्नुभएको छ । यो उत्कृष्ट हो । यसले त मान्छेलाई थप निरास बनाउने भयो । योभन्दा राम्रो हुन सक्दैन, तिमीले राम्रो नदेखिरहेको हो भनेपछि मान्छे केका लागि कुर्ने भन्ने भयो । प्रतीक्षा पनि केका लागि गर्ने भन्ने हो ? त्यसैले नियत र क्षमताका हिसाबले पनि गएको एक वर्ष मेरो १३ वर्षभन्दा पनि १३औँ वर्ष निराशामय रह्यो । जुन सबैभन्दा बढी उपलब्धि मुलुक हुनुपथ्र्यो । यहाँ म समस्या देख्छु ।

अधिनायवाद सर्वसत्तावाद भन्ने शब्द उच्चारण गर्दा पनि गर्दिनँ,  त्यो मलाई लाग्दा पनि लाग्दैन । यो अधिनायवादी र सर्वसत्तावादी होइन । यो अनुदारवादी हो ।

तपाईंले समस्याको पहाड देखाउनुभयो । यो समस्याको समाधान हुन सकेन भने मुलुक कहाँ पुग्छ त ?

सङ्घीय गणतान्त्रिक व्यवस्थाको यात्रामा हामी अगाडि बढेका छौँ । यो यात्रै ठीक छैन । यसले गन्तव्यमा पुर्याउँदैन भन्ने शक्तिहरु को छन् त ? यसो हेर्यो भने विप्लव समूह छ, पूर्वराजाको समूह होला । उहाँहरुले यो यात्रा राक्न सक्नु हुन्छ, सक्नु हुन्न । यात्रा रोकिन्छ, रोकिन्छ । समस्या यहाँ हो भने यो यात्रा आफै अगाडि बढ्दैन यसको लागि त कोही न कोही चालक त हुन्छ । यो चालकको नियत पनि ठीक छैन । त्योसँग क्षमता पनि छैन र त्यो इमानदार पनि छैन । यस्तो बेलामा त्यसले ‘मुलुकको गाडी’ भीरबाट खसाल्न सक्ने भयो नि ? ऊ अलमलिएको छ, बरालिएको छ । समस्या म यहाँ देख्छु । यात्रामा प्रश्न उठाउने ठाउँ देख्दैन तपाईंले देश कता जाला भन्ने सन्दर्भमा । मेरा लागि सबैभन्दा ठूलो त्यसको आधार के कुरामा हो भने संरकार सञ्चालन गर्ने मान्छे, जसरी असहिष्णु बन्दै गएको छ, अनुदार बन्दै गएको छ । अधिनायवाद सर्वसत्तावाद भन्ने शब्द उच्चारण गर्दा पनि गर्दिनँ,  त्यो मलाई लाग्दा पनि लाग्दैन । यो अधिनायवादी र सर्वसत्तावादी होइन । यो अनुदारवादी हो । यसले क्षमता राखेको छैन । यो अनुदार र अयोग्य छ । कसैले अयोग्य छ भनेर यसलाई प्रश्न गर्यो भने मान्दैन । अनुदारले कहिले पनि अरूको आलोचना र सुझाव ग्रहण गर्न सक्दैन । बरु यो थप अयोग्य र अनुदार बन्दै जान्छ । नेपालको यो व्यवस्था डरलाग्दो पाराले अनुदारवादी लोकतन्त्रतर्फ जाने खतरा देखिरहेको छु ।

हिजोका दिनमा तानाशाहलाई ठेगान लगाउने दलहरुले आज अनुदारवादी लोकतन्त्र हाबी हुने सङ्केत देखिँदै गर्दा त्यसलाई ठीक पार्ने सामाथ्र्य दलहरुमा कति छ ?

सरकारले के गर्न चाहेको छ ? गएको एक वर्षमा सरकारले गर्न चाहेको सबै कुरा भएको, कहीँ कतै रोकटोक नभएको, प्रतिरोधका आधारमा सरकार बदलिनुपर्ने नभएको, सच्चिनुपर्ने नभएको र रोकिनुपर्ने नभएको भए केके हुन्थ्यो होला ? अदालत कस्तो हुन्थ्यो होला ? संसद कस्तो हुन्थ्यो ? संवैधनिक आयोग हुन्थ्यो होला ? सरकारले कानुन कसरी बनाउँथ्यो होला ? यो सबै कुरा कतातिर जान्थ्यो होला ? तर सबै कुरा किन भएन ? यसको अर्थ हो, व्यापक प्रतिरोध भयो । जनता, राजनीतिक दल, सञ्चार माध्यमबाट प्रतिरोधहरु भए । यसले गर्दा प्रतिरोध हँुदैन भन्ने देखाउँदैन । हामीले विश्व परिवेश हेर्याँै भने पहिलाको जस्तो डेमोक्रेसी कोही सैनिक तानाशाहले आएर लिएर जाँदैन । कसैले बन्दुकको बलमा विद्रोह गरेर पनि जाँदैन । बरु निर्वाचनबाट आएको शासक शासन गर्ने क्षमता राख्दैन, योग्यता राख्दैन, अनुदार हुँदै जान्छ भने त्यो ठाउँबाट उम्कने कुरा गाह्रो हुनेरहेछ भन्ने देखियो । हामी त सैनिकको बलमा प्रजातन्त्र हरेर लगेकासँग लडेर आएका हौँ । अहिले चुनाव लडेर आएको वैधानिक शक्ति छ । जननिर्वाचित छ । कसैले प्रश्न उठाउने ठाउँ छैन । तर उसको व्यवहार, काम गर्ने तरिका र प्राथमिकता अनुदार हँुदै जाँदा एकपछि अर्को समस्या सिर्जना गर्दै जान्छ भन्ने एउटा डर हो । यत्रो लामो सङ्क्रमण पछाडि हामी कुन ठाउँमा आइपुगेको हो भने अब हामी व्यवस्थाको विकल्प खोज्न नलागौँ, व्यवस्थालाई सुदृढ बनाउँ र यही व्यवस्थाभित्र विकल्प खोजौँ । पात्रको विकल्प हुन्छ, सङ्गठनहरुको विकल्प हुन्छ । डर चाहिँ हामीले ल्याएको व्यवस्था त अनुदारवादी लोकतान्त्रिक व्यवस्था होइन । व्यवस्थाको विकल्प खोजियो भने त्यो टिक्दैन । यदि त्यसो भयो भने प्रतिरोध हँुदै जान्छ, त्यसलाई पनि थिचोमिचो गरेर एक ठाउँमा पुर्याए पनि अझ ठूलो प्रचण्ड प्रतिरोध हुन्छ र हामी फेरि ठीक ठाउँमा फर्कन्छौँ । यसो हुँदा पुरानै नियति दोहोरिन्छ । हामीले प्रजातान्त्रिक सत्ता निर्माण गर्यौँ । त्यो खोसियो, अपहरित भयो । फेरि त्यसलाई पुनस्र्थापित गर्न वर्षौं लड्यौँ । अब फेरि त्यसमै जाने त हामी ? चिन्ता त्यो हो ।

राजनीतिक दलहरुमाथि नै प्रश्न गर्दै चिन्तासमेत प्रकट हुन थालेको छ । जुन प्रमुख पार्टीहरुभित्रै हुने अलोकतान्त्रिक व्यवहार  हो । दलहरुको यस्तो अलोकतान्त्रिक व्यवहारले मुलुकलाई कस्तो क्षति पार्नसक्ने देख्नुहुन्छ ?

मैले अस्तिको चुनावमा काँग्रेसलाई भोट हालेको होइन । अबको चुनावमा भोट हाल्न चाहन्छु । तर तपाईं मलाई के दिनुहुन्छ भनेर प्रश्न गर्दा १५ सालमा यसो गरेको थियो भन्ने जवाफ आउँछ । भविष्यको त कुरै छैन । यसले दलप्रति मानिसलाई निरास बनाउँछ ।

म यसमा आफ्नै पार्टीको उदाहरण दिन्छु । नेपाली काँग्रेसभित्र खलबली र अलमल देखिन्छ । यसमा दुईवटा पक्ष छन् । एउटा साङ्गठानिक पक्षको पाटो छ भने अर्को राजनीतिक पाटो । साङ्गठानिक पक्षको पाटो नयाँ भएन पुरानै हो । यो रोग जस्तै भइसक्यो । उपचार गर्न सकिएको छैन । झन् बल्झँदै, थपिँदै र गहिरिँदै गएको छ । हामी अहिले जनजागरण अभियानमा जाँदैछौँ तर पार्टीको विधान नै पारित हुन सकेको छैन । हाम्रो प्रदेश या पालिकाको संरचना नै छैनन् । योभन्दा पनि गम्भीर हुनुपर्ने राजनीतिक पाटोमा हो । काँग्रेसले जोखिम उठाएर, अलोकतान्त्रिक भए पनि परिवर्तनको नेतृत्व म गर्छु र ओनरसिप म लिन्छु भन्यो । त्यतिबेला सबै गिरिजाप्रसाद कोइरालाले चाहेको जस्तो त भएन । तर मूल रूपमा शान्ति प्रक्रिया टुङ्ग्याउने जिम्मा लियो, जोखिम उठायो । हामी को हौँ, के गर्छौं भन्ने राजनीतिक दृष्टिकोण प्रष्ट थियो । तर अहिले कन्फ्युजन देखिन्छ । संविधानकै विषयमा पनि कोही नेता सङ्घीयताको बारेमा बोलेको देखिन्छ । कोही नेताले धर्मको बारेमा बोलेको देखिन्छ । यसले कार्यकर्ता अलमलमा परेका छन् । अर्को समस्या पार्टीहरु असाध्यै अतितमुखी भए । व्यवस्थाभित्र विकल्प देखाउन हामीले आफूलाई नवीकरण गराउनुपर्छ । कसैले प्रश्न गर्यो भने सात साल नै सम्झने चलन छ । हामीले २०७४ को चुनावपछि अर्को निर्वाचन जित्न के गर्ने, कसरी जाने भन्ने नै सोच्दैनाँै । यसले मानिसलाई निराश बनाउँछ । यो सबै बाहिरबाट हेर्दा अस्तव्यस्त, खल्याबल्याङ नेताहरुको दन्तबझान देखिन्छ । राजनीतिक फ्रन्टमा हेर्दा कन्फ्युज । यो संविधानको ओनरसिप लिएको हो कि होइन ? संविधान आएकोमा हामी आफै दुःखी पो हो कि ? डेलिभरीको सम्बन्धमा विकल्प पो दिन्छ कि भन्दैगर्दा पुरानै कुरा गर्छ ।

मैले अस्तिको चुनावमा काँग्रेसलाई भोट हालेको होइन । अबको चुनावमा भोट हाल्न चाहन्छु । तर तपाईं मलाई के दिनुहुन्छ भनेर प्रश्न गर्दा १५ सालमा यसो गरेको थियो भन्ने जवाफ आउँछ । भविष्यको त कुरै छैन । यसले दलप्रति मानिसलाई निरास बनाउँछ ।

अहिले सरकार सञ्चालन गरेको दलकै कुरा गर्दा पनि दुईवटा जोडिएको खास दल नै बनेको छैन । निर्वाचन आयोगमा दर्ता भएको नेकपा मात्रै हो यो । सैद्धान्तिक आधार के हो यसको ? इतिहास पनि छैन । अहिले पनि एमालेको वेभसाइट खोलेर हेर्यो भने माओवादीलाई हतियारधारी जत्था भनेको भेटिन्छ । साझा इतिहास, प्रष्ट सिद्धान्त छैन, पूरै अलमलिएको छ । वर्तमानमा जिम्मेवारी पाएको छ, जिम्मेवारी पूरा गर्न सकेको छैन,  निराश छ । आफ्नै कथाव्यथा छ उसको तर उसँग निराश भए हामीसँग उत्साहित हुनुपर्ने होइन ? साङ्गठानिक व्यवस्था चुस्त, आशा र भविष्यमुखी गल्ती सुधार गर्दै हिँडेको भए न ए.. यसले गर्छ भन्ने विश्वास हुन्छ । सत्ता सञ्चालन गरेको दलसँग चरम निराशा, प्रतिपक्षले उत्साहित गर्न नसकेको आजको अवस्था हो । लोकतन्त्रको शुभकामना छापिँदै गर्दा विगत २०, २५ वर्षदेखि त्यही नेताको पढिरहेका हुनुपर्छ । यहाँ पनि नयाँ कुरा देखिँदैन । अनुहार र पात्र पुरानै हुन्छन् । दलहरुको तरिका हेर्यो त्यतै निराशा हुन्छ । प्रजातन्त्र आफैमा च्यालेन्जेबल हुँदै गएको छ ।

नेपालको राजनीतिमा पुरानै अनुहारको बाहुल्यता छ । यस्ता अनुहारबाट जनता निराश छन् भन्ने तपाईंको भनाइ रह्यो । नयाँ वा युवा अनुहार राजनीतिको नेतृत्वमा आउन नसक्नुको कारण के देख्नुहुन्छ ?

हामी जहिले पनि निश्चित उमेर, समूह र राजनीतिक दलले नेतृत्व गरेको नेतृत्वको विषयमा तुलना गर्ने गर्र्छौं । अहिलेका काँग्रेस, नेकपा जोसुकै भन्नुुस् त्यो उहाँहरुले नै निर्माण गरेको दल हो । त्यसकारण उहाँहरुले एउटा समयमा गजबसँग पार्टी सरकार सञ्चालन गरेको देखिन्छ । तर अहिले त्यही दल भीमकाय हुँदै गयो । पार्टीमा रिजेमेन्टेड जस्तो संरचना बन्दै गयो । जब्बर बन्यो । त्यहाँभित्र बसेर चिर्ने कुरा फरक कुरा हो । जब्बर संरचना फेर्नका निम्ति जुन खालको कौशलता चाहिने हो, त्यो हामीमा पनि भएन । हामी गर्न सक्छाँै भन्ने होइन कि भएन भनेर आलोचना गर्नमै बढी लाग्यौँ । जसका लागि एलायन्सहरु बनाउनुपर्ने, कामको तरिका बदल्ने र क्षमता राख्न सकेनौँ । हामीले गर्नसक्छाँै भन्ने आत्मविश्वास राख्यौँ, नेतृत्वमा गएपछि के गर्छांै भन्ने योजना बनायौँ तर त्यो जब्बर संरचना चिर्न प्रजातन्त्रमा राजनीतिक दलहरुको नेतृत्व चयन गर्ने कौशलता राख्नुपर्ने हो त्यो गर्न सकेनौँ ।

प्रजातन्त्रमा राजनीतिक दलहरुको नेतृत्व चयन गर्ने तरिका जमेको पोखरीजस्तो भयो भने त्यसले पार्टीभित्र नवीनता ल्याउँदैन । नवीनता नल्याएपछि डल हुन्छ । कहिले पात्रको कारणले गर्दा नवीनता महशुस गर्छ, आकर्षण हुन्छ । आशा पलाउँछ । कहिले पार्टी त कहिले नारा फेरिन्छ । केही न केही बदलिने न हो । त्यसपछि नयाँनयाँ कुराको आशा पलाउँछ । तर हामीले न दल बदल्न सक्यौँ, न पात्र बदलियो ? यो कोणबाट सोच्न जरुरी छ ।

यो लोकतन्त्रलाई परिष्कृत गर्न तपाईंहरुको पुस्ता कसरी अघि बढ्छ ?

आफ्नो पार्टीको रूपान्तरण भयो भने मल्टिडाइमन्सन इफेक्ट र रिप्पल हुन्छ । दोस्रो २०६२–०६३ अघिको नेपाल र पछिको नेपालको मूल्य एउटै हो ? गणतान्त्रिक नेपालको भ्यालुसिस्टम के हो ? हाम्रा नेताले काम गर्न नसक्नुको कारण उहाँहरुले बोक्ने भ्यालुज, मूल्य मान्यता र चेतनाले गाइड गर्छ । मुलुक सङ्घीय लोकतान्त्रिक गणतान्त्रात्मक चरणमा आइसक्यो तर नेतृत्व तहको चेतना र बुझाइ पुरानै रह्यो । हामी पनि कताकता त्योसँगै जोडिन पुगेका छौँ । हाम्रो के हो त ? हामी कसरी फरक ? उमेरका हिसाबले मात्र फरक हो ? सोच्ने तरिका, प्राथमिकतामा हामीले आफूमा आफैले कम छलफल गर्छौं । मैले मैमाथि काम गर्नुपर्छ त्यो गरेका छैनाँै । नेपालको महिला, दलित, कमजोर वर्गदेखि काम गर्ने क्षमता भएको युवालाई हेर्ने तरिका मेरो र अघिल्लो पुस्ताको एउटै भयो भने के फरक रह्यो ? त्यसका लागि काम गर्न सक्नुपर्छ । मेरा लागि यो लोकतन्त्रको सङ्कल्प आफैमा पनि काम गर्नुपर्छ भन्ने हो ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...