बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

धादिङ केन्द्रबिन्दु भएर आजै तेस्रो पटक भूकम्पको धक्का

बुधबार, ११ वैशाख २०७६, १६ : १०
बुधबार, ११ वैशाख २०७६

काठमाडौं– धादिङ केन्द्रबिन्दु भएर बुधबार फेरि अर्को भूकम्पको धक्का गएको छ ।

दिउँसो ३ बजेर ५ मिनेट जाँदा नौबिसे आसपास केन्द्रबिन्दु भएर ३ दशमलव ९ रिक्टरस्केलको भूकम्पको धक्का गएको राष्ट्रिय भूकम्पमापन केन्द्रले जनाएकाे छ  । 

केन्द्रका अनुसार बिहान पनि नौबिसे आसपास नै केन्द्रबिन्दु भएर २ वटा भूकम्पको धक्का गएको थियो । 

बिहान ६ बजेर २९ मिनेट जाँदा ५ दशमलव २ रिक्टरस्केलको भूकम्पको धक्का गएकोमा त्यसको ११ मिनेटपछि पुन ४.२ रिक्टरस्केलको भूकम्पको धक्का गएको थियो । 

चार वर्षअघि अर्थात ०७२ बैशाख १२ गते गोरखा केन्द्रबिन्दु भएर विनाशकारी भूकम्प जाँदा ८ हजार बढी मानिसको ज्यान गएको थियो भने ७ लाख बढी घर भत्किएका थिए । 

त्यसयता ४ हजारबढी परापकम्प आइसकेको केन्द्रले जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप