बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

महालक्ष्मी लाईफ इन्स्योरेन्सको बिमा योजना देव विकास बैंकबाट पनि खरिद गर्न सकिने

बुधबार, ११ वैशाख २०७६, १३ : १८
बुधबार, ११ वैशाख २०७६

काठमाडौं–देव विकास बैंक लिमिटेड र महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडबीच बीमा सेवा दिने सम्बन्धमा सम्झौता भएको छ।

सम्झौता अनुसार  देव विकास बैंक लिमिटेडले देश भर रहेका आफ्ना ४७ शाखाहरुबाट महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडको जीवन बिमा योजनाहरु बिक्री गर्नेछ।

महालक्ष्मी लाईफ इन्स्योरेन्सले साबधिक बिमा योजना, डबल साबधिक बिमा योजना र लगानी फिर्ता बिमा योजना सार्वजनिक गर्दै २०७५ माघ २७ गतेबाट कारोबार प्रारम्भ गर्दै काठमाडौं,  पोखरा, बीरगंज, इटहरी, लहान, नारायणघाट, बुटवल, कोहलपुर, सुर्खेत, दाङ, धनगढी, बिर्तामोड, वानेश्वर, पेप्सीकोला, ललितपुर, कलंकी, हात्तीगौडा, चाबहिल र सामाखुशी बाट कारोबार प्रारम्भ गरिसकेको छ ।

सम्झौतामा देव विकास बैंक लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत विजय बहादुर श्रेष्ठ र महालक्ष्मी लाईफ इन्स्योरेन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईले हस्ताक्षर गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप