केन्द्रीय संस्करण
सन्दर्भ : लोकतन्त्र दिवस

जनआन्दोलनका योद्धा मणि भन्छन्ः आन्दोलनकारीको अपेक्षा ‘जोकर’बाट शासित हुने थिएन

person explore access_timeबैशाख ११, २०७६ chat_bubble_outline0

कुनै बेला मणिका लागि आन्दोलन नै सबै थोक थियो । मणि अर्थात् २३, २४ वर्षका, मझौला कदका, तिखो बोली भएका युवक । उनी भन्थे, ‘आन्दोलन समग्र शासित वर्गको हो र मुक्तिको सपना सजााउने जति सबैको हो ।’ त्यतिखेर सडक कविका रूपमा मणिको अर्काे परिचय बनेको थियो । सडकमा कविता सुनाउँदै हिँड्ने कवि । यस्तो समय थियो ०६२/६३ को १९ दिने आन्दोलन अर्थात् दोस्रो जनआन्दोलन ।

आन्दोलनको एक अथक योद्धा, सडकको अनन्य मित्र, शासकको आँखाको कसिङ्गर बनेका ती मणि काफ्ले आज कहाँ छन् ? के सोच्दै छन् ? जीवन कसरी बिताउँदैछन् ? आन्दोलन सफल भएको पनि १३ वर्ष भयो, जसको पक्षमा आन्दोलित भयो, तिनीहरु अहिले कहाँ छन् ?

सिन्धुलीबाट स्नातक सकेर उच्च शिक्षाका लागि काठमाडौँ छिरेको एउटा ठिटो, जसलाई जेब्रा क्रसिङबाट बाटो काट्न डर लाग्थ्यो । तर परिस्थितिले लोकतान्त्रिक गणतन्त्रिक बाटोको हरियो बत्ती बाल्न सडकमा उत्रिन बाध्य पार्याे उनलाई ।

‘अहिले सिन्धुली घरमै छु । माछा पालेको छु । एउटा स्कुल पनि चलाएका छौँ । कृषिमा काम गरिरहेको छु’ भन्छन् मणि । अझ जोड दिएर भन्छन्, ‘म डिप्रेस्ड भएको छैन है ।’ उनको यो भनाइमा लुकेको अन्तर्य यस्तो छ कि देशको यो अवस्थामा थुप्रै मणिहरु डिप्रेस्ड भइरहेका छन्, हुनेवाला पनि छन् । अझ अघि बढेर भन्छन् मणि, ‘गरिखाने र सीमान्तहरूको पक्षमा अक्षरको माध्यमबाट जति गर्न सकिन्छ त्यति गरिरहेकै छु । हामी भाग्न मिल्दैन ।’ फ्रान्सेली उखान छ ‘धेरै परिवर्तन भयो, धेरै जस्तो उस्तै छ ।’ देशको अवस्था ठ्याक्कै यही उखानसँग मेल खान पुगेको छ ।

चैत २४ देखि वैशाख ११ सम्म अनवरत चलेको ६२/६३ को आन्दोलनका आँधीमय दिनहरू सम्झँदा रोमाञ्चित हुन्छन् सडक कवि । योजनाबद्ध कुनै कार्यक्रम हुँदैनथ्यो । योजनाबिनाका ती कार्यक्रम अटोमेटिक बन्थे । कतिखेर प्रहरीले लाठी चार्ज गर्छ ? कतिखेर अश्रुग्यास छोड्छ ? कतिखेर गोली चलाउँछ भन्ने कुराको योजना नै नभएपछि कार्यक्रमको पनि सेड्युुल हुने कुरै भएन ।

उनमा देशको अवस्था, विद्यमान शासन व्यवस्था र सांस्कृतिक, सामाजिक अवस्थाप्रति गहिरो घृणा छ । तर उनी स्वीकार्छन्, ‘हामीले चाहेको त यस्तो थिएन तर हाम्रो विश्वासको दुरूपयोग गरे । अप्रत्यक्ष रूपमा हामी पनि यो स्थितिको लागि जिम्मेवार छाँै ।’ कविता सङ्ग्रह निकाल्ने तयारीमा रहेछन् उनी । सायद नयाँ पुस्ताले पनि त्यो लयबद्ध कविताहरु पढ्न पाउलान्, जुन कविताहरूमा विम्ब र प्रतीकहरु हुँदैनथे तर तत्कालीन समयमा सर्वाधिक शक्तिशाली कविताहरु अन्तर्गत तिनीहरु नै पनि पर्थे ।

चैत २४ देखि वैशाख ११ सम्म अनवरत चलेको ६२/६३ को आन्दोलनका आँधीमय दिनहरू सम्झँदा रोमाञ्चित हुन्छन् सडक कवि । योजनाबद्ध कुनै कार्यक्रम हुँदैनथ्यो । योजनाबिनाका ती कार्यक्रम अटोमेटिक बन्थे । कतिखेर प्रहरीले लाठी चार्ज गर्छ ? कतिखेर अश्रुग्यास छोड्छ ? कतिखेर गोली चलाउँछ भन्ने कुराको योजना नै नभएपछि कार्यक्रमको पनि सेड्युुल हुने कुरै भएन ।

प्रशान्त महासागरको कुनै एउटा सानो टापुबाट हेर्दा नजरभरी पानी मात्र देखिए जस्तै मञ्चमा उभिँदा मानिसका टाउका मात्र देख्थे मणिले । अनि ऊर्जा अटोमेटिक रिचार्ज हुन्थ्यो उनीभित्र । रिचार्ज इनर्जीले तुरुन्त जन्माउँथ्यो कविता । मञ्चमा कविता सुनाउँदा जाँदा न उनीसँग कविता लेखिएको कागज हुन्थ्यो न मस्तिष्कमा कुनै धारणा । स्वतस्फूर्त कविताहरु जन्मन्थे । त्यतिखेर प्यारोडी गीतहरु पनि कविता हुन्थे । आन्दोलनकारीको मनोभावना, प्रहरीको धरपकड, पर्यावरणको अवस्था अनुसारका कविता तुरुन्त बन्थे । वाचन गरिसकेपछि कविताको अस्तित्व लगभग समाप्त हुन्थ्यो, भोलि अर्काे जन्मिहाल्थ्यो ।

कविता सुनाउँदाको अनुभूति यसरी व्यक्त गर्छन् उनी– ‘उद्घोषकले जब मणि काफ्ले भन्ने नामले उद्घोष गर्दथे, आन्दोलनका सहभागीहरु ‘साइड टक’ छाड्थे र आँखाहरु सीधै मञ्चतिर हुत्याउँथे । ‘पिन ड्रप साइलेन्स’ जस्तो हुन्थ्यो वातावरण । कहिलेकाहीँ त उसको व्याङ्ग्यात्मक प्यारोडी शैलीको लयबद्ध कविताको शक्तिले हाकिमको आदेश कहिले आउँला र अप्रिय मुठभेडमा उत्रिन पर्ने हो भनी सतर्कतापूर्वक बसिरहेका सुरक्षाकर्मीहरु समेत खुकुलो अवस्थामा उत्रिन्थे क्षणभंगुर नै सही, आफ्नो ड्यूटी बिर्सेर आन्दोलनकारीहरुको लयमा लय मिलाउँदै, मणिको कविताको रसस्वादन गर्दै मरिमरी हाँस्थे । चर्चित व्यंग्यकवि विमल निभाले त्यत्तिकै भनेको होइनन्, ‘पुलिस पनि कविता पढ्छन् ।’

कहिलेकाहीँको भेटमा उसको आन्दोलनप्रतिको त्यो योगदानको चर्चा गर्न थालेपछि उनी मीठो आक्रोशसहित हाँस्छन्, ‘अरे यार मणि त लाखौँ आन्दोलनकारीमध्ये एक हो । तिमीहरु एक बाहेक अरू लाखौँलाई बिर्सन पाउँदैनौँ ।’

त्यतिखेरका मणिमा पूर्ण रूपमा व्यवस्थित नभए पनि राजनीतिक चेतना थियो । तत्कालीन सामाजिक व्यवस्था ठीक थिएन । असमानता चुलीमा थियो, शासनसत्ता अमानवीय थियो । राजनीतिक व्यवस्थाले दास– मालिक प्रथाको प्रतिनिधित्व गथ्र्यो । ती सबै समस्याको समाधान राजनीतिबाट मात्र सम्भव छ भन्ने ज्ञानले उनको मस्तिष्कमा डेरा जमाइसकेको थियो ।

पारिवारिक पृष्ठभूमिले पनि उनलाई कम्युनिस्टप्रति झुकाव राख्न सिकायो । पूर्वको रोल्पा भनेर चिनिने सिन्धुली उनको घर थियो । आन्दोलनताका उनले समर्थन गरेको पार्टी माओवादी नै थियो । त्यतिखेर माओवादी साँच्चिकै मुक्तिदाता लाग्दो रहेछ । त्यो समयमा मणिलाई मात्र होइन, लाखौँ शोषित पीडितलाई यस्तै लागेको थियो । पत्रपत्रिकामा नै फोटो छापिन थालेपछि, निरन्तर विद्युतीय सञ्चारमा आउन थालेपछि बल्ल उनको परिवारले छोरो त खाँटी ‘विद्रोही कवि’ भइसकेछ भन्ने थाहा पाए । परिवारले उनलाई हतोत्साही गरेनन्, बरू थप ऊर्जा दिए । पारिवारिक ऊर्जा र आफूमा अन्तर्निहित ऊर्जाको संयोजनपछि उनी झन् सक्रिय भए । आक्रामक सहभागिता रह्यो आन्दोलनमा । त्यतिबेला राजनीतिको गन्ध पखाल्न बागमतीको गन्धेपानीमा हामफाल्न पनि सहज लाग्यो उनलाई ।

आन्दोलनमा सहभागी भएर आफूले ठीक गरेको र कहिल्यै पनि पश्चतापमा नपर्ने उनले बताए । उनको विचार छ– पश्चताप त तिनले गर्नुपर्छ जसले मुक्तिको सपना देखाए तर बन्धनलाई झन कसिलो बनाए । हाम्रो विश्वासको दुरुपयोग गरे । ससाना  अपेक्षा छन्, जस्तै बोक्सीको आरोपमा दिशा खुवाउनेहरु जेल गएको खबर सुन्न पाइयोस् । बलात्कारीले जन्मकैदको सजाय पाएको समाचार छापियोस् ।

कोक र फेन्टाका बोतल प्रहार हुन्थे आन्दोलनकारीको बीचमा तर प्रेमपूर्वक । अर्थात् कोक र फ्यान्टासहितको बोतल आन्दोलनकारीलाई पिउन भनेर फ्याँकिन्थ्यो । घरको छतबाट पानी बर्साइन्थ्यो ताकि आन्दोलनकारीलाई शीतल होस् भनेर । अनि त मणिलाई यस्तो लाग्थ्यो, ‘हामीलाई लाठीले ढाल्न सक्दैन, हामीलाई गोलीले छेड्न सक्दैन ।’

आन्दोलन जिम्मेवारी हो भन्ने त थाहा थियो तर उनलाई यस्तो लाग्थ्यो ‘वी आर सेलिब्रेटिङ दिस मोमेन्ट । रिङ रोड घेर्न जाँदा हामी साथीलाई भन्ने गथ्र्यौँ, आन्दोलन खेल्न जाऊँ ।’ रिङरोडभित्र निषेधित क्षेत्र थियो । मणिहरुलाई त्यहाँका मानिस पनि जाग्नुपर्छ भन्ने  लाग्थ्यो । अनि कीर्तिपुरबाट उनीहरु झर्थे बल्खु अनि कलङ्की । कहिलेकाहीँ त आन्दोलित हुँदै चाहविलसम्म पनि पुग्थे ।

तिनै सडक कवि अहिले पनि शब्दमार्फत राजनीति नै गर्दैछ । रफ्तार कम भयो होला तर ऊर्जा यथावत नै छ । आन्दोलनमा सहभागी हुँदाका बेलामा गरिएको अपेक्षा र अहिलेको अवस्थाबारे सोध्दा निकै भावुक बने । यसलाई व्यक्त गर्न उनले एउटा विम्ब प्रयोग गर्याे, ‘आकाश र धर्ती’ । उनको अपेक्षा र हालको अवस्थाको बीचमा यति नै फरक छ  । उनले निसङ्कोच भने, ‘कुनै पनि आन्दोलनकारीको अपेक्षा जोकरबाट शासित हुने थिएन । भ्रष्टाचारको गन्ध मन नपराउने सरकार चाहिँ हामीलाई चाहिएको थियो । तर भ्रष्टचारलाई नै सुगन्धित ठान्ने सरकारबारे त हामी सोच्नै सक्दैनथ्यौँ ।’ देशको अवस्था अन्धकारमा रुमल्लिएको उनको बुझाइ छ । भूपि सेरचनले यसै भनेका छैनन् ‘आफू कम गोटी बढी भएका छौँ ।’

मणि दोस्रो जनआन्दोलनको अथक योद्धा, थुप्रैका लागि आइकन नै पनि बने । तर उनले भने, ‘यो मणि कुनै आइकन होइन ।’ उनले प्रस्ट्याए ‘आइकन त ती हुन्, जसले स्कुलबाटै आमालाई चिठी लेखे र भने आमा नयाँ बिहानी ल्याउन म जनयुद्धमा जाँदैछु । आइकन त ती हुन् जसले गाउँबाट आमाले पठाइदिएको घिउ बाँडेर खाँदै किताब फ्याँकेर जनयुद्धमा लामबद्ध भए ।’ त्याग र योगदानबारे मणि निकै प्रष्ट छन् । उनी भन्छन्, ‘यदि तुच्छ र महान हुन्छ भन्ने मान्ने हो भने मेरो त्याग र योगदान दुवै तुच्छ नै हुन् । न मैले कुनै अङ्ग गुमाउनुपरेको छ, न शरीरमा गोली र बारुदको छर्रा बोकेर बाँच्न ।’

आन्दोलनमा सहभागी भएर आफूले ठीक गरेको र कहिल्यै पनि पश्चतापमा नपर्ने उनले बताए । उनको विचार छ– पश्चताप त तिनले गर्नुपर्छ जसले मुक्तिको सपना देखाए तर बन्धनलाई झन कसिलो बनाए । हाम्रो विश्वासको दुरुपयोग गरे । ससाना  अपेक्षा छन्, जस्तै बोक्सीको आरोपमा दिशा खुवाउनेहरु जेल गएको खबर सुन्न पाइयोस् । बलात्कारीले जन्मकैदको सजाय पाएको समाचार छापियोस् ।

तर सबै उल्टो छ । मणि निराश छैनन् बरु आक्रोशित छ तर विवेकसहितको आक्रोश हो यो ।

खैरो कोट लाउनेहरु माओवादी थिए, त्यो आन्दोलनमा । तिनलाई देख्दा आनन्द आउँथ्यो उसलाई । पछि त्यो खैरो कोट बालुवाटार, सिंहदरबार पनि पुग्यो । तर अचम्म उनीहरुले सिद्धान्तको रङ नै खैरो बनाए ।

मणि अझै पनि सम्झिन्छ, ती हरफहरु जुन आन्दोलनमा ताली पिट्दै मानिस चुपचाप सुन्थे :

एक बोतल पानी पिएर आएँ साथी

गणतन्त्रको सन्देश लिएर आएँ साथी

योभन्दा अर्काे लडाइँ लड्दा पनि लड्दिनँ साथी

गणतन्त्र नआएसम्म पढ्दा पनि पढ्दिनँ साथी

यी सबै सुनिसकेपछि मलाई लाग्यो– गुमनाम छैनन् मणि ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...