शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

हङकङमा नेपाल कम्युनिष्ट पार्टीको ७०औं स्थापना दिवस मनाइयो

बुधबार, ११ वैशाख २०७६, १२ : ०१
बुधबार, ११ वैशाख २०७६

हङकङ-नेपाल कम्युनिष्ट पार्टीको ७०औं स्थापना दिवस हङकङमा सम्पन्न भएको छ । सत्तारुढ दलको प्रवास संगठन ‘प्रवासी नेपाली एकता मञ्च हङकङ’ले उक्त कार्यक्रम जोर्डन स्थित चुम्लुङ हिममा आइतवार साँझ सम्पन्न गरेको थियो ।
“नेपाल कम्युनिष्ट पार्टीको ७०औं स्थापना दिवस तथा नेपाली नयाँ वर्षको शुभकामना आदान–प्रदान” भनि गरिएको उक्त कार्यक्रम नेकपा हङकङका कार्यदल सदस्य रबिन लिङदेनको अध्यक्षतामा सम्पन्न भएको थियो ।
कम्युनिष्टहरु विश्व परिस्थतिमा हराउदै गएको प्रचार भएता पनि दक्षिण एसियामा नेपाल कम्युनिष्ट पाटी सबै भन्दा ठुलो दल बन्न सफल भएको रविन लिङदेनले वताए । पूर्व नेकपा (माओवादी केन्द्र) हङकङका अध्यक्ष समेत रहेका लिङदेनले हङकङमा आफुलाई सामाजिक कार्यकर्ता ठान्नेहरु पार्टीबाट लाभ लिन खोज्ने तर पार्टीको कार्यक्रममा आउनु डराउने वताए । अहिलेको पार्टीको यो स्थितिलाई कायम राख्न अझ मेहनत गर्नुपर्ने बताउदै हङकङमा नयाँ ढंगले कार्यक्रमहरु गर्दै जानु पर्ने वताए ।
कार्यदलका अर्का सदस्य दलहाङ नेम्बाङले कम्युनिष्ट पार्टी २००६ सालमा स्थापना भए यता सवै खाले परिवर्तनहरुमा पार्टीको भुमिका उच्च स्थानमा रहेको वताए । 
नेकपा एमाले हङकङका पूर्व सचिव रहेका नेम्बाङले शुभकामना मव्यक्त दिदैं नेपाल कम्युनिष्ट पार्टीको ७० वर्षे इतिहास वारे वताएका थिए ।
कार्यक्रमका अर्का वक्ता जेबी ओख्राबु लिम्बुले ‘नेपालमा सुसानको प्रत्यक्ष अनुभुत गराउनु पर्ने’ भन्दै दुई तिहाइको सरकारबाट नेपाली जनताले धेरै कुराको आशा राखेकोे बताए । जनताले आशा गरेको सरकारबाट काम हुन नसके अर्को चुनावमा पार्टी खुम्चन सक्ने ओख्राबुले बताए । 
कम्युनिष्ट पार्टीको ७० वर्षको इतिहास र पविर्तन बारे चर्चा गर्दै कर्याक्रम संचालन गरेको धिरेन्द्र चाम्लिङले कम्युनिष्टहरुको बुझाईप्रति ब्यवहारमा सच्चिुन पर्ने वताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप