मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

टोट्टनहामलाई इरिक्सनले हारबाट जोगाए

बुधबार, ११ वैशाख २०७६, ०८ : ४७
बुधबार, ११ वैशाख २०७६

एजेन्सी - खेलको अन्तिममा क्रिस्टियन इरिक्सनले गोल गरेपछि टोट्टनहाम इङ्लिस प्रिमियर लिग फुटबलमा हारबाट जोगिएको छ । घरेलु मैदानमा मंगलबार राति भएको खेलमा टोट्टनहामले ब्राइटन एण्ड होभ अल्वियोनलाई १–० गोलले हरायो । कठिन जितसँगै टोट्टनहामले शीर्ष चारमा रहँदै च्याम्पियन्स लिगमा छनोट हुने आधार बलियो बनाएको छ ।

मैदानमा अधिकांश समय बलमा पकट जमाएपनि टोट्टनहामलाई गोल गर्न खेलको अन्तिमसम्म संघर्ष गर्नु परेको थियो । टोट्टनहामलाई जिताउन ८८ औं मिनेटमा इरिक्सनले गोल गरे । उनले डेल अलीको पासमा गोल गरेका थिए । जितसँगै तेस्रो स्थानमा रहेको टोट्टनहामले ३५ खेलबाट ७० अंक बनाएको छ । यसैगरी चौथो स्थानमा रहेको चेल्सीको ६७, पाँचौं स्थानमा रहेको आर्सनललको ६६ र छैटौं स्थानमा रहेको म्यानचेस्टर युनाइटेडको ६४ अंक छ । टोट्टनहामसँग हारेको ब्राइटन ३४ अंक सहित १७औं स्थानमा छ । उपाधिको दौडमा रहेको शीर्ष टोली लिभरपुलको ८८ र म्यानचेस्टर सिटीको ८६ अंक छ ।

फुटबल जगतमा नयाँ कीर्तिमान

यसैगरी सात सेकेन्डमै गोल भएको प्रिमियर लिगकै अर्को खेलमा वाटफोर्ड र साउथह्याम्टनले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् । खेलमा सुरुवाती गोल साउथह्याम्टनले गरेको थियो ।

खेल सुरु भएको सातौं सेकन्डमा साउथह्याम्टनका स्ट्राइकर सेन लङले गोल गरे । लङले इङ्लिस प्रिमियर लिगमा सर्वाधिक छिटो गोल गर्ने खेलाडीको नयाँ कीर्तिमान रचे । लङले यसअघि टोट्टनहामका लिड्ले किङको नाममा रहेको किर्तिमान तोडेका हुन् । यसअघि सन् २००० मा लिड्लेले टोट्टनहामबाट १० सेकेन्डमा गोल गरेका थिए ।

प्रतिस्पर्धात्मक खेलमा वाटफोर्डले दोस्रो हाफको इन्जुरी समयमा बराबरी गोल फर्काएको थियो । वाटफोर्डका लागि आन्द्रे ग्रेले बराबरी गोल गरेका थिए । बराबरीसँगै सातौं स्थानमा रहेको वाटफोर्डले ५० अंक बनाएको छ । १६औं स्थानमा रहेको साउथह्याम्पटनको ३७ अंक छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप