शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

बार्सिलोना उपाधिबाट एक खेल टाढा

बुधबार, ११ वैशाख २०७६, ०८ : ४१
बुधबार, ११ वैशाख २०७६

एजेन्सी - बार्सिलोना स्पेनिस ला लिगा फुटबलको उपाधि नजिक पुगेको छ । ला लिगाअन्तर्गत मंगलबार राति भएको खेलमा डिर्पाेटिभो अलाभेसलाई २–० गोलले पराजित गर्दै बार्सिलोना उपाधि नजिक पुगेको हो । बार्सिलोनाले अब एक खेल जिते लिग च्याम्पियन बन्ने निश्चित छ । उसले अझ चार खेल बाँकी छ ।

अलाभेसको मैदानमा भएको खेलमा बार्सिलोनालाई जिताउन कार्लेस एलेनाले ५४ औं मिनेटमा पहिलो गोल गरे । दोस्रो गोल ६० औं मिनेटमा लुइस स्वारेजले गरेका थिए । बार्सिलोनाले दोस्रो गोलपछि मात्र कप्तान लियोनल मेस्सीलाई खेलाएको थियो । पहिलो हाफमा बार्सिलोनालाई कडा टक्कर दिएको अलाभेस दोस्रो हाफमा भने निरिह देखियो ।

जितसँगै बार्सिलोनाले ३४ खेलबाट ८० अंक बनाएको छ । दोस्रो स्थानमा रहेको एट्लेटिको मड्रिडको ३३ खेलबाट ६८ अंक छ । बार्सिलोना एट्लेटिको भन्दा १२ अंकअगाडि छ । आठौं स्थानमा रहेको अलाभेसले ४६ अंक बनाएको छ ।

शीर्ष टोली बार्सिलोनाले अब लिभान्ते, सेल्टाभिगो, गेटाफे र इबरसँग खेन बाँकी छ । मंगलबार रातिनै भएको अन्य खेलमा रियल भालाडोलिडले गिरोनालाई १–० गोल र एसडी हुयस्काले इबरलाई २–० गोलले हराएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप